-

  • नयाँ खबर

    29 October, 2016

    नेपाली विदेशिनुको पीडा


    – कमला गिरी 
    मध्य नेपाल सन्देश 
    धन कमाउने उद्देश्यले संसार जित्ने ठूला ठूला सपनाहरु आँखामा बोकी आफ्नै समस्या निराकरणका लागी घर परिवारको त्याग र समर्पणका सपना लिई एजेन्टको माध्यमबाट विदेशिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुको पीडा र व्यथाले सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीको मन नछट्पटाई रहन सक्दैन ।  घरबाट हिडेको महिना दिन विती सक्दा पनि छोटो समयमा नै दुःखमा लम्वेतान बुन्न विभस नेपाली मन क्षणिक सुखको आशामा तड्ईि रहेको हुन्छ । त्यो मनमा सुखको भन्दा कम अनुभूति राख्दै मिठो संगितको धुन बजेजस्तै स्पन्दनमा बजाएर उत्सुकताका साथ विदेश पुगेका नेपालीहरुको पीडाले नेपालमा बस्ने नेपालीहरुको छातीमा धारिलो शब्दले छाती दुखिरहन्छ । घर गाउँमा फोन समेत नभएको अवस्थामा टाढाटाढा पुग्नुपर्ने फोनमा बोलाउन फोन गर्ने अनि फोन आउने दिन अन्य काम छोडेर हिड्नु पर्ने अति अभाव झन्झन् झेल्न परिरहेको हुन्छ । नेपालीहरुले खाडी मुलुकमा गई विदेशको धनले स्वदेशमा घर घडेरी जोड्ने लोभलालचले निकै ठूलो कष्ट गरिरहेको अवस्थाले त झनै नेपालीहरुको मन निकै कड्किएको थियो । अझ दूर्गम जिल्लामा त फोन आयो भन्ने समाचार सम्म पु¥याएको चार्ज १ सय रुपैया दिनुपर्ने अवस्था कम चानचुने होइन ।
    यो पैसा भन्ने चिज हुनेलाई पनि पिरै पिर र पैसा नहुनेलाई पनि अझ ठूलो पीर । साँच्चै भन्ने हो भने पैसा चिन्न नसक्नु जस्तो मूर्खता सायद केही रहेन छ । कमाएको पैसा जोगाउन नसक्नु अझ ठूलो मूर्खता हो । आफ्नो जन्मभूमि प्यारो माटो छोडी विदेशको टन्टलापुर घाममा पैसा कै लागि तानिएर विदेशिनु पर्ने बाध्यता ।
    घर परिवारको खुशी उमङ्ग, तरङ्गित हरेक समस्याको हल गर्नका लागि सबै कुराको एकै नदिजस्तो एका परिवारको एकदुई जनाव्यक्ति वा घर परिवार भित्रका सदस्य सबै कुरालाई समेट्ने कुराले खुशीको संगम बनी विदेशिनु पर्ने यथार्थ स्वदेशमा नै बस्नेहरुको मनमा पनि अनिश्चयको बादल जस्तो नै हुन्छ । कहिले काही आफूले कमाएको पैसाको सुखद् समाचार फोनबाट सुनाउन नपाउने पीडालाई सम्झँदा निकै चिन्तित विदेशिएकाहरु प्नि । घरपरिवार र गाउँ घर शहरबजारको सम्झना मायाबोकी आँखामा उनै लेखबेंसी भञ्ज्याङ्ग, सुसेली चिसो पानीको प्यास ओठमा लाली गुँरासको निश्चल हाँसो, नाकमा घरमा आँगनको सुगन्ध अनि वन जंगलका चराचुरुङ्गी गाई गोठको मिठामिठा गुन्जन छाडी विदेशको अस्तव्यस्त ठाउँमा आफ्ना घरपरिवारको चाहना पूरा गर्ने कोशिशमा दिनरात विताई रहेका नेपालीहरुको व्यथा कम कठोर छैन । भोक लागोस् नलागोस् निन्द्रा लागोस् या नलागोस्, जाँगर चलोस् नचलोस् त्यहि विरानो कोठाले साथ दिएको छ । मन सधैं अमिलो पारी घामपानी जस्तै सुख दुःख दुवै एकैचोटी भोगीरहेका नेपालीहरुलाई नेपालमा बिहान बेलुका दाल रोटीको व्यवस्था गर्नै समस्या । हातमा हरियो रंगको राहदानी, केही कागज पत्रहरु,  अनि मुलुक तिर पृथक उत्सुकता संगाल्दै नेपाल निकै टाढा पुगेका नेपालीहरु नेपालबाट टाढा घाम देखिन्थ्यो भने अहिले विदेशबाट नेपालीहरुलाई टाढा देख्न थालेका छन् । निकै गज्जबको ठाउँ रहेछ विदेश । टाउको माथिबाट घाम उदाउने रहेछ । यस्तो ठाउँमा नेपालीहरु बाच्नु र मर्नुको घोर कष्ट भोगिरहेको थाहा पाउँदा आफैलाई आफैले धिक्कारी रहेका छन् । साथै आफ्ना घरपरिवारको खुशीका लागि विदेशिएका नेपालीहरु आफ्नो पसिना र रगत बगाई नेपालमा बेरोजगारीको कारण विदेशमा मेहेनत ंगरी विदेशमा धन सम्पति कमाउन बाध्य भएका छन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली विदेशिनुको पीडा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top