-

  • नयाँ खबर

    16 October, 2016

    सुन्दरताका लागि केशमा पम



    राधिका केसी
    मध्य नेपाल सन्देश,
    आफूसंग भएको कुरा नराम्रो देखिने र अरुसंग भएको कुरालाई राम्रो देखिने मानवीय स्वभाव हो । त्यस्तै केशको सम्बन्धमा पनि जसको केस घुम्रिएको हुन्छ अथवा करली हुन्छ त्यसलाई सीधा केस मन पर्छ । जसको केस सीधा हुन्छ उसलाई घुम्रिएको मन पर्छ । केस विभिन्न प्रकारको हुन्छ र केसलाई चिन्न सजिलोको लागि दुई प्रकारमा विभाजन गरिएको पाईन्छ । एक सीधा केस दुई घुमरिएको केस । सीधा केस घुमाउरो बनाउन र घुम्रिएको केसलाई सीधा बनाउन प्राचीन काल देखि नै महिलाहरुले विभिन्न प्रयोग गर्दै आइरहेका छन् । 
    आजकाल सीधा केसलाई केही महिला करली बनाउनका लागी व्यूटिपार्लरमा पम गरिन्छ । पम राम्रोसंग गरिएको छ भने केसमा केही दिन पछि मात्र पम जान्छ ।  हाल पम गरिएको छ भने केहि महिनामा जान्छ । केस पम गर्दा केमिकलको प्रयोग गरिने भएको हुनाले पम लोसन केसको जरामा सके सम्म पार्न हुदैन । यसले केसको जरामा नोक्सान पुरयाउछ । 
    पातलो केसलाई हलका पम गर्दा बाक्लो र राम्रो देखिन्छ ।  पम गर्ने केस सबैभन्दा पहिला त सफा हुन जरुरी छ ।  फोहोर र चिल्लो केसमा पम बस्दैन । पम गर्दा केसलाई विभाजन गरेर गर्दा राम्रोसंग बस्दछ । यसरी केसलाई भाग लगाउदा राम्रोसंग कोरेर अगाडी निधार देखि पछाडी छातीसम्म एक भाग दुवै तिर कान देखि माथि सिउँदो सम्म एक भाग, बाँकी पछाडी दुई तिरको दुई भाग यसरी चुच्चे काईयोको सहायताले पाँच भागमा विभाजन गर्नु पर्दछ । अब निधार माथि शुरु गरेर काईयोद्धारा अलि अलि केस लिएर त्यसलाई पम लोसनले भिजाएर नेपाली कागज वा अन्य पातलो कागजले बेरेर पम रडमा राम्रोसंग बेरेर अडकाउनु पर्छ । यसरी चारै तिरको केस पम रडमा बेरिसके पछि एक पटक फेरी पम लोसन सवै कपालमा हाली दिनुपर्छ ।  त्यसरी करिब २÷३ घण्टा राखी सकेपछि न्यूटिलाइर्जरले केस भिजाउनु पर्छ । केसलाई कडा बनाउनु छ भने, तीन चार घण्टा नरम राख्नु छ भने एक दुई घण्टामा पम रड खोलेर केस पखाली दिनु पर्छ । हामीले सुविधा अनुसार व्यूटिपार्लरमा गएर केस कँल गर्न सकिन्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सुन्दरताका लागि केशमा पम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top