-

  • नयाँ खबर

    16 October, 2016

    पर्सामा फेरी डेंगु ज्वरोको प्रकोप


    मध्य नेपाल सन्देश
    पर्सा जिल्लामा डेंगु ज्वरोको प्रकोप देखिएको छ । गएका बर्षहरुमा झैं यो बर्ष पनि डेंगु ज्वरोको प्रकोप देखिएको हो । जिल्लाका ग्रामीण क्षेत्रहरुमा डेंगु ज्वरोका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
    विगत ३ वर्ष अगाडीदेखि डेंगुको बिरामी भेटिन थाले पनि केही समय देखा नपरेको डेंगु फेरी साउनको झरी सकिने बितिकै डेंगु रोगको प्रकोप देखिन थालेको छ । पर्सा जिल्लाको सदरमुकाममा लामखुट्टे मार्ने औषधी छर्केने गरे पनि ग्रामीण भेगका वासिन्दाहरुमा डेंगुको रोगी देखा परेको कार्यालयको भनाइ छ । पर्सा जिल्लाको गाविस हरिहरपुर र रामगढवा गाविसमा बिरामीहरु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निम्ति प्रमुख सचिता नन्द सिंहले बताए । 
    लामखुट्टेको टोकाईबाट डेंगु रोग लागेका बिरामीहरु वीरगंजको नेशनल मेडिकल कलेजमा उपचाररत रहेका छन् । पर्साको गा.वि .स हरिहरपुर वडां न १ का कमल राउत कुर्मी र रामघडवाका असलम अंसारी डेंगुको सिकार भई उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निम्ति प्रमुख सिंहले बताए । 
    उनले भने उपचाररत रहेका बिरामीहरुलाई भेटघाट गरी अवस्था बारे जनकारी लिनुको साथै रोगबाट प्रभावित गाविसमा स्थलगत निरक्षण गरी सो क्षेत्रका स्थानीयहरुसंग सरसफाई र लामखुट्टेबाट बच्ने उपायहरुका बारेमा जनचेतना समेत फैलाउने उनले दावी गरेका छन् । तिन वर्ष अगाडी यस्तै वर्षासंगै देखिएको डेंगुको प्रकोपले एक सय ८ जना बिरामी फेला परेका थिए भने एक जनाको मृत्यु समेत भएको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पर्सामा फेरी डेंगु ज्वरोको प्रकोप Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top