-

  • नयाँ खबर

    16 October, 2016

    साप्ताहिक राशिफल - असोज ३० गते देखि कार्तिक ६ गतेसम्म


    ज्यो. पं. छविरमण सुवेदी बारा
    मध्य नेपाल सन्देश,
    मेष :- साता रमाइलो सँग वित्नेछ  । मान सम्मान र पुरस्कार पाउने योग छ । तपाईको बोली र व्यक्तित्व बढ्ने मीठो खानाको अवसर मिल्नेछ । धनलाभ हुने अतिथि सत्कारमा धन खर्चको योग छ । पुराना साथीभाई सँग भेटघाट हुने मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । 

    बृष :- साताको मंगलबार सम्मको समय प्रतिकुल रहनेछ । यी दिनमा बेचैनी व्यर्थभ्रमण र अनावश्य खर्च योग छ । बुधबारदेखि शनिबार सम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा यश कीर्ति बढने अन्न लाभ हुने योग छ  । आम्दानी  खर्च बराबर हुनेछ । कोही कसैबाट अपमानित हुनुपर्ने ग्रह योग छ । पूर्वाद्धभन्दा साताको उत्तराद्र्ध अनुकुल रहनेछ । 

    मिथुन :- साताको सुरुमा प्रशस्त धनलाभ हुने मनोरञ्जन  गर्दै समय बित्नेछ । मनमा शान्ति मुटारमा कान्ति  र शरिरमा स्फुति देखा पर्नेछ । बुधवार, विहिवार दिनमा अनावश्यक खर्च। व्यर्थभ्रमण, बेचैनी खिन्नता हुन्सक्छ । शुक्रवार, शनिवारका दिनमा  काममा सफलता, बोलिमा प्रभाव देखा पर्नेछ । पारिवारिक जमघटका बीच रमाइलो गर्दै मीठो पनाको अवसर मिल्नेछ ।

    कर्कट :- साताका विहिवार सम्मका दिनहरु अनुकुल रहनेछन् । यी दिनमा भाग्यले साथ दिनेछ । ईश्वरक्तिमा मन जानेछ । सरकारी कामकाजमा सफलता मिल्नेछ । प्रशस्त धनलाभको गयृयहयोग देखिन्छ । शुक्रवार, शनिवारका दिनमा अनावश्यक खर्च, मनमा  खिन्नता काममा अलमल   हुनेछ ।

    सिंह :- साता रमाइलो संग बित्नेछ ।तीर्थ भ्रमणको योग बनेकोछ । रोकिएको काममा प्रगति हुनेछ । अधुरा काममा सफलता मिल्नेछ । सरकारी उल्झन सुल्झने छ । मनोरञ्जन हुने प्रशस्त धनलाभ हुनेछ ग्रहयोग देखिन्छ । बुद्धिपु¥याएर काम गर्नु भए साता फलदायी रहने योग छ । 

    कन्या :- साताको सुरुमा कोही कसै संग वादविवाद हुने स्वास्थ्य समस्या, आर्थिक सङकट देखा पर्ला । केही राहत मिल्ने छ । ईश्वरभक्तिमा मन जानेछ । अधुरा काम बन्ने, राज्यपक्षबाट लाभ समर्थन पाउने योग छ । वैदेशिक काममा सफलता मिल्नेछ ।  

    तुला :- साताको सुरुमा व्यापार(व्यवसायमा लाभ(प्रगति हुनेछ । नारी सहयोगले काममा सफलता मिल्नेछ । प्रेममा सफलता, मनोरञ्जनात्मक यात्रा हुने योगछ । साताको मध्य र अन्तयतिर आफन्तसंग वैरभाव शारीरिककष्ट मनमा द्विविधा, खिन्नता र काममा अलमल हुने देखिन्छ ।

    वृश्चिक :- साताको विहिवार सम्मको समय अनुकुल देखिन्छ । यी दिनमा वादविवादमा जित हुनेछ । कडा शारीरिक परिश्रम हुने योग छ । परिश्रम गरे अनुसार सफलतामा कमी देखिन्छ । मनोरञ्जनात्मक रमाइलो यात्रा हुनेछ । व्उापारमा लाभ व्यवसायमा प्रगतिको योग छ । शुक्रवार शनिवारका दिनमा आर्थिक सङकट , शारीरमा पीडा, आलस्यता देखा पर्ने , काममा अलमल पनि हुनेछ । यसर्थ यो साता गणेश उपासना गर्नाले भाग्यले साथ दिनेछ । 

    धनु :- साताको राम्रो छ । न्तान सुख मिल्ने, आफन्तको सहयोगबाट काम बन्नेछ । कडा शारीरिक परिश्रम हुने, परिक्षा आदि प्रतिस्पर्धामा सफलता मिल्नेछ । व्यापार(व्यवसायमा लाभप्रगति हुने योग छ । 

    मकर :- साताको सुरुमा मनमा भय, घरेलु समस्या आफन्तसंग विरोध हुनसक्छ । साताको मध्य(अन्तयतिर शिक्षामा सफलता, पढाइमा अभिरुचि बढनेछ । कडा शारीरिक परिश्रमबाट काममा सफलताको योग छ । 

    कुम्भ :- साताको सुरुमा मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । प्रशस्त धनलाभ हुने सरकारी कामबाट फाइदा हुने देखिन्छ । साताको मध्यतिर मनमा भय, खानपानको  लापर्वाहीले गर्दा परेको समस्या देखा पर्ला साताको अन्त्यतिर ज्ञानविज्ञानको चर्चा परिचर्चामा समय वित्नेछ । विदेशी आफन्तको सुसमाचार प्राप्त हुनेछ । 

    मीन :- साताको विहीवारसम्मको समय रमाइलोसंग वित्नेछ । यी दिनमा घरमा पाहुनाको स्वागत(सत्कारमा धनखर्च हुने, प्रशस्त आम्दानी पनि हुनेछ । पुराना साथीसंग भेटघाटको अवसर प्राप्त हुनेछ । राज्यपक्षबाट लाभ(समर्थनको योग छ । मुद्दामामिलामा विजय योग देखिन्छ । शुक्रवार, शनिवारका दिनमा घरायसी समस्या, ववाहनमा खर्च , मनमा भय र शरीरमा आलस्यता देखा पर्ला ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल - असोज ३० गते देखि कार्तिक ६ गतेसम्म Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top