-

  • नयाँ खबर

    25 October, 2016

    स्वास्थ्य संस्थामा अनुगमन आवश्यक — सम्पादकीय

    नागरिकको सेवा प्रवाहमा राज्यद्वारा परिचालित उसको मातहतका निकायका रुपमा रहेको ग्रामिण स्वास्थ चौकीहरुको चुश्त कार्यसम्पादनका अभावमा तराईका धेरै जिल्लाका नागरिक पीडित रहेको देखिन्छ । यसमा बारा पर्सा जिल्लाका नागरिक पनि अछुतो रहन सकेका छैनन् । उनीहरु पनि राज्यको स्वास्थ्य सेवा प्रवाहको चुश्त सेवा प्रवाहबाट केही बञ्चित भएको पाइन्छ । यो कुरालाई स्वयम् राज्य र उसको मातहतको जिल्ला जनस्वास्थ्य कार्यालयले समेत ध्यान पु¥याएको पाइदैन । सधैं झैं यो बर्ष पनि चैत बैशाखदेखि असोज सम्मको गर्मीसँगै विभिन्न किसिमका रोगहरुले गाउँका सर्व साधारण नराम्ररी प्रताडित भए । यो कुरा स्थानीय जिल्ला जनस्वास्थ्य कार्यालयहरुले बुझ्ने प्रयास पनि गरेको छैन । जिल्लामा स्वास्थ्य क्षेत्रका लागि राज्यको मातहतको पहिलो निकाय जिल्ला जनस्वास्थ्य कार्यालय नै हुन्छ । त्यसैको मातहतमा गाउँमा रहने सबै स्वास्थ्य चौकीहरु पर्दछन् ।  स्वस्थ्य मानिस नै आफ्नो परिवार र समाज तथा देशको हितमा सधैं काम गर्न तत्पर रहन्छ । यो कुरालाई राज्यले राम्रोसँग बुझेको भने छैन कि भन्ने स्थानीय नागरिकलाई समेत भान पर्न थालेको छ । त्यसैले आफ्नै सकृयतामा उसका मातहतका निकायहरु निर्माण गरिए पनि चुश्त सेवा प्रवाहमा भने राज्यका आफ्नै निकाय गम्भिर हुन सकेका छैनन् ।  स्थानीय स्तरमा तिनै राज्यका मातहतका निकायहरुले नागरिकलाई सेवा प्रवाह गरेका हुन्छन् । तर राज्यको मातहतका निकायमा हुने कर्मचारीहरुको गैरकार्य सम्पादनले कहिलेकाही आम नागरिक प्रभावित हुने गर्दछन् । त्यसमा कर्मचारीहरुको व्यक्तिगत स्वार्थले पनि प्रवेश पाएको हुन्न भन्ने अवस्था भने छैन ।  यो कुरा जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि राम्रोसँग थाहा छ । तथापि उसले आफ्ना मातहतका स्वास्थ्य चौकीहरुको अनुगमन गरेको पाइदैन । स्वास्थ्य चौकी अनुगमन नहुँदा ती स्वास्थ्य चौकीमा कार्यरत धेरै कर्मचारीहरु आफ्नो ड्यूटी समयमा स्वास्थ्य चौकीमा बस्दैनन् । कति त तिनचारदिनमा एकै पटक गएर हाँजिर गर्ने गरेको कुरा स्थानीय नागरिकलाई राम्रोसँग ज्ञात भएकै कुरा हो । स्वास्थ्य चौकीमा कर्मचारी नबस्दा सामान्य विरामी पनि सदरमुकाम आउन बाध्य छन् भने कति सिकिस्त बिरामी समयमा उपचार नपाएर मृत्यको मुखमा पर्न समेत विभस छन् । अनि नियमित औषधी खाँदा ठिक हुने ठूलो रोगका विरामी समयमा औषधी खान नपाएर विचल्लीमा परेका उदाहरण सामान्य जस्ता भइसकेका छन् ।  आफूलाई नपरी मानिसको चेत खुल्दैन भन्ने भनाइ बारा पर्सा लगायत मध्य तराईका स्वास्थ्य कर्मीका हकमा भने लागु नभएसम्म आम नागरिकको सेवा प्रवाहले सुधारात्मक रुप लिदैन कि भन्ने मानिस पनि भेटिन थालेका छन् । यसमा आम मानिसका कुरा गलत भन्न सक्ने अवस्था पनि छैन । जिल्लाको ग्रामिण भेगमा रहेका स्वाथ्य चौकीहरुमा भएको कमी कमजोरी अब जिल्ला जनस्वास्थ्य कार्यालयले हटाउन तत्परता देखाउनुपर्छ । राज्यको जिम्मेवारी बोध र आफ्नो अभिभारा पूरा गर्नका लागि स्थानीय जिल्ला जन स्वास्थ्य कार्यालयहरुले अब सकृयता देखाउन जरुरी छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वास्थ्य संस्थामा अनुगमन आवश्यक — सम्पादकीय Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top