-

  • नयाँ खबर

    26 October, 2016

    साप्ताहिक राशिफल

    ज्यो. पं. छविरमण सुवेदी बारा
    २०७३ कात्तिक ०७ गते देखि १३ गतेसम्म
    मध्य नेपाल सन्देश  ।
    मेष :- साताको सुरुमा घरेलु समस्या, स्वास्थ्य बाधा देखा पर्नेछ । मनमा डर, चिन्ता, हुनेछ । बुधवार, विहीवारका दिनहरुमा सरसमान हराउने काममा अलमल हुने ग्रहयोग छ । शुक्रवार र शनिवारका दिनमा कसैसँग विवाद, शत्रुभय हुने देखिन्छ । ऊँ गँ गणपतये नमः मन्त्रको जप गर्नु भए अशुभ फलमा कमी    आउनेछ । 

    वृष :- साताका मंगलबार सम्मका दिनहरु रमाइलोसँग बित्नेछन् । साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्ने, सोचेको काममा सफलता पाउने र राज्यबाट लाभ सहयोग मिल्ने ग्रहयोग देखिन्छ । बुधवारदेखि शनिवार सम्मका दिनहरु त्यति शुभ छैनन् । यी दिनहरुमा घर, वाहन र भूमि सम्बन्धी विवाद, समस्या देखापर्ने, अपमान, अपजसमिल्ने र पढाइमा अरुचि बढ्ने ग्रहयोग छ । 

    मिथुन :- साता मिश्रित फलदायी रहनेछ । साताको सुरुमा साञ्चिल धनको खति, कोही कसैबाट अपमानित हुनुपर्ने, प्रतिष्ठामा आँच आउने देखिन्छ । बुधवार र विहीवारका दिनमा प्रशस्त आम्दानी हुनेछ । रोकिएका अधुरा काम बन्ने ग्रहयोग बनेको छ । शुक्रवार र शनिवारका दिनहरुमा सन्तानका लागि धन खर्च, आफन्तसँग मनमुटाव शारीरिक समस्या देखापर्ने हुँदा सतर्कता आवश्यक छ । 

    कर्कट :- साताको पूर्वाद्र्धमा जस, यश पाउने, तपाइको बोलि र व्यत्तित्व बढ्ने, मानसम्मान, पुरस्कार पाउने योग परेको छ । बुधवार, विहिवारका दिनमा झूटा आरोप लाग्ने धन हानि हुने र आफ्नो प्रतिष्ठा सम्मानमा आँच आउने देखिन्छ । शुक्रवार, शनिवारका दिनमा सरकारी काममा सफलता, मित्र सहयोग, प्रशस्त धनलाभ हुने ग्रहयोग रहेको छ । 

    सिहं :- साताको सुरुमा अनावश्यक धन खर्च, व्यर्थ भ्रमण हुने देखिन्छ । तपाईमा रीसको मात्रा बढ्नेछ । रीसमा नियन्त्रण आवश्यक छ । बुधवार, विहिवारका दिनमा तपाईको बोलि व्यत्तित्व बढ्नेछ । मीठो खानाको अवसर आउने देखिन्छ । शुक्रवार, शनिवारका दिनमा मानहानि, धन खतिको योग छ । यो साता कालझै खडो दर्शन गर्नु भए राम्रो हुनेछ । 

    कन्या :- साताको सुरुमा मनोरञ्जन गर्दै समय वित्नेछ । प्रशस्त धनलाभ हुने ग्रहयोग बनेको छ । बुधवार, विहीवारका दिनमा मनमा वेचैनी अत्याधिक अनावश्यक खर्च, व्यर्थ भ्रमण हुने देखिन्छ । शुक्रबार र शनिवारका दिन रमाइलो गरि वित्नेछन् । यी दिनमा मान सम्मान पुरस्कार पाउने, यश, जस र सफलता मिल्ने ग्रहयोग रहेको छ । 

    तुला :- साताका विहिवार सम्मका दिनहरु रमाइलो गर्दै वित्नेछन् । यी दिनहरुमा सरकारी कामकाजमा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्ने मनोरञ्जन, प्रशस्त धनलाभ हुने, खुशीयाली छाउने देखिन्छ । शुक्रवार, शनिवारका दिनमा अनावश्यक खर्च, मनमा बेचैनी र अाँखाको समस्या देखापर्ने हुँदा सूर्यलाई जल अर्पण गर्नु भए अशुभ फलमा कमी आउनेछ । 

    वृश्चिक :- साताको मंगलवार सम्मका दिनहरु ऋलमलमा वित्नेछन् । यी दिनमा राज्यबाट डर, भय हुनेछ । गरेको काममा जस मिल्ने छैन । शरीरमा अलस्य अल्छीपन देखापर्नेछ । भने बुधबार देखि शनिवार सम्मका दिनहरुमा सुख, शान्ति, सफलता, प्राप्त हुनेछ । प्रशस्त धनलाभ हुने मनोरञ्जन गर्दै समय वित्नेछ । 

    धनु :- साताका विहीवार सम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनहरुमा आर्थिक सङ्कट, कसैसँग विवाद, शरीरमा कष्ट हुने ग्रहयोग रहेको छ । शुक्रवार र शनिवारका दिनहरुमा सुख, शान्ति र काममा सफलता मिल्नेछ । 

    मकर :- साताको मंगलवारसम्मको समय अनुकुल देखिन्छ । यी दिनहरुमा व्यापार व्यवसायका क्षेत्रमा लाभ, प्रगति हुनेछ । यात्रा फलदायी रहनेछ । बुधवारदेखि शनिवारसम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनमा शरीरिक कष्ट, मानसिक चिन्ता, अपजस, काममा अलमल हुने हुँदा यी दिनहरुमा खाँदा, हिड्दा र बोल्दा सतर्कता आवश्यक छ । 

    कुम्भ :- साताको सुरुमा शत्रुभय हुने, काममा अवरोध देखापर्ने, मनमा अलमल हुने ग्रहयोग देखिन्छ । साताको मध्यभागमा नारी सुख मिल्ने, प्रेममा सफलता, व्यापारमा लाभ र व्यवसायमा प्रगति हुनेछ । साताको अन्त्यतिर शरीरमा कष्ट, आर्थिक सङकट, कोही कसैसँग झगडा हुन सक्छ, सतर्कता आवश्यक छ । 

    मीन :- साताको विहीवार सम्मका दिनहरु प््रतिकुल छन् । यी दिनहरुमा घर, वाहन र जग्गा जमीनको काममा विवाद, समस्या देखापर्नेछ । सन्तानमा खर्च अशुभ समाचारले मनमा खिन्नता चोटभय हुने योग छ भने शुक्रवार, शनिवारका दिनमा फलदायी यात्रा हुने, नारी सहयोगबाट काम बन्ने र व्यापार व्यवसायमा लाभ, प्रगति देखापर्ने ग्रहयोग बनेको छ । “यहाँहरुको यो साता मङ्गलमय बितोस् ।” अस्तु । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top