-

  • नयाँ खबर

    03 October, 2016

    रक्सौलको रेलमार्ग माथि ओभरब्रिज नबन्दा व्यापारी र सर्वसाधारण मारमा

     – कविता खड्कामध्य नेपाल सन्देश  नेपाल भारतलाई जोडने भारतको राष्ट्रिय राजमार्ग अन्तर्गत रक्सौलमा रेलमार्ग माथि ओभरब्रिज नबन्दा, दिन प्रतिदिन सयौं सवारी आवत जावतमा समस्या भइरहेको छ । गएका २÷३ बर्षबाट भारत सरकारले सो ठाउँमा ओभर ब्रिज निर्माणका लागि बजेट विनियोजन गरे पनि अझै सम्म  ओभरब्रिज भने निर्माण कार्य गति लिन नसकेको पाइएको हो । ओभरब्रिज नबन्दा भारत र खासगरी नेपाल आउने सयौं सवारी साधन रक्सौल स्थित रेलमार्ग आसपासमा घण्टौं जाममा पर्ने गरेका छन् । रेलमार्ग क्रस गरी सीमा पारीकै डंकन अस्पताल लगायतका क्षेत्रमा आउने भारतीय नागरिक र सवारी तथा नेपाल आउने सयौं सवारी साधन समस्यामा पर्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । नेपालका लागि मात्र प्रत्येक दिन आउने ३ सय ५० देखि ५ सय सवारीहरु ओभरब्रिज निर्माण नहुँदा अझ समस्या पर्ने गरेको कारोवारीहरुको भनाइ छ । प्रत्येक दिन रेल आवत जावतका लागि ढाठ (ढाला) लाग्ने हुँदा १३ घण्टा सम्म सवारीहरु जाममा पर्ने गरेको एक स्थानीयले बताए । रक्सौलको कस्टम र परेमवा नाकाका लागि अलग्ग अलग्ग बजेट भारत सरकारले छुटयाइ सकेको उनीहरुको भनाइ छ । यस्तो जामको प्रत्यक्ष मार नेपालका लागि व्यापारिक सामान आयात निर्यात गर्ने देशभरीकै सयौँ व्यापारीहरुलाई पर्ने गरेको वीरगन्जका एक व्यापारीले बताए ।  रक्सौल रेल्वे लाइनमा (ढाट) ढालाको विकल्प ओभरब्रिज निर्माणका लागि इस्वि सम्वत २०१४ को आर्थिक बजेटमा भारत केन्द्र सरकारले बजेट विनयोजन गरेको खेम चन्दतारा महाविद्यालयका प्रोफेसर डा.अनिल सिन्हाले बताए । केन्द्र सरकारले ३४ करोड र त्यसै अनुसार विहार सरकारले पनि ३४ करोड रुपैया बजेट विनयोजन गरेको उनको भनाइ छ । प्रास्तावित बजेट अनुसार भारतीय कष्टम चोक देखि पोष्ट अफिस सम्म ओभरब्रिज बनाउनका लागि आनुमानित सर्वेको काम सुरु भई सम्पन्न भएर विहार सरकार समक्ष पेश भइसकेको भए पनि सर्वे अनुसार ठेक्का पट्ठाको काम भने हुन बाँकी रहेको छ । साथै निर्माण प्रकृया अगाडि बढाउनका लागि विहार सरकारले दिनुपर्ने नो अबजेकसन सर्टिफिकेट ( एनापतीय प्रमाण पत्र) दिन समेत ढिलाई भएका कारण अन्यौलता थपिएको खेम चन्दतारा महाविद्यालयका प्रोफेसर सिन्हाले बताए ।  केन्द्र सरकार, भारतीय जनता पार्टी र बिहार सरकार जनता दल यूनाईटेडको आपसी समन्वय नभएका कारण अझै अन्यौलता थपिएको भारतका एक सञ्चारकर्मीले बताए । उनले भने दुवै एउटै सरकारले गर्ने भए कामलाई तिब्रता हुने थियो । तर आन्तरिक प्रतिस्पर्धाका कारण ओभरब्रिज परेको उनको भनाइ छ । यसैपनि ईस्वी सम्बत २००४ मै मुख्य मन्त्रि भएका बेला लालु प्रसाद यादवले रेल्वे स्टेशन नजिकै ओभरब्रिज निर्माणका लागि शिलन्यास गरिसकेका छन् । तर काम भने अझै शुरु हुन सकेको छ्रैन । शिलन्यासको काम लालु प्रसादले गरेपनि नेपाल भारतको व्यापार व्यवसाय सहजताका लागि केन्द्र सरकारले ओभरब्रिज निर्माणका लागि पहल ग¥यो । त्यसयता विहार सरकारले पनि हात बढाएको थियो । तर केन्द्र सरकारको वाहवाही हुने भनेर विहार सरकारले यो कार्यलाई पेन्डिीङ्गमा पारि दिएको रक्सोलका जानकारहरु बताउँछन् । 

    प्रत्येक दिन रक्सौल हैदरावा, हाबरा, लोकमान्यतिलक, र मालगाडी यसका साथै सत्याग्रहको तातीले नेपाल भारतका नागरीकहरु घण्टौ सास्ती भोग्ने गरेका छन् । अझै रेलको विस्तार भएर रामगढवा मोतिहारीको ट्र्याक जोडेको खण्डमा अझै सास्ती थपिने उनीहरुको भनाइ छ । ओभरब्रिज नबन्दा नेपाली व्यापारीहरुका साथै रक्सौलका स्थानीय व्यापारीहरु समेत निकै सास्ती भोग्ने गरेको रक्सौलका स्थानीय विनय प्रसाद गुप्ताले बताए । उनले भने हिजोका दिनमा चितवन, भरतपुर, पोखरा लगायतको ठाउँबाट नेपालीहरु किनमेलका लागि आउने गर्दथिए । तर दिनप्रति दिन बजार सुनसान हुदैँ गएको छ । व्यापार पुरै रुपले प्रभावित छ, हामीले चाहेर पनि यसबाट निदान पाउन सकेका छैनौँ । प्रत्येक महिना विजनस व्यापार घाटामा जादैछ रक्सौलका अर्का व्यापारी दिपक कुमारले भने । पहिला यहाँका व्यापारीहरुले एकछिन फुर्सद पाउदैन्थे । तर नेपालको मधेश आन्दोलन पछि उताको टाढाटाढाका व्यापारीहरु आउन छाडेका छन् । ओभरब्रिजको समस्याले दिनभरी ढाला खसाएको हुन्छ । आउने ग्राहक पनि दिक्कले आउनै छाडेको उनले प्रतिक्रिया दिए ।  जामले गर्दा एकदमै गाह्रो छ । बारा महागढीमाई नगरपालिकाका राकेश यादवले भने यहाँ ओभरब्रिजको कुरा उहिले सुनेको थिए । तर अहिले सम्म केही अतोपतो छैन । बिरामी बोकेका एम्बुलेन्स आए भने ८÷९ घण्टा पार गर्न लाग्छ । उपचार गराउनु भन्दा अन्यत्रै लाने अवस्था छ । काम विशेषले बाध्य भएर मात्रै हामी पनि आउने गर्दछौँ होईन भने सास्ती खेप्न किन आउनु ? यादवले भने ।  ओभरब्रिज निर्माणका लागि समस्या भने यति मात्र होइनन् । विहार सरकार र केन्द्र सरकारले बनाएको डिजाइन पनि फेर्नुपर्ने माग राखेर स्थानिय व्यापारीहरुले विवाद श्रृजना गर्ने गरेको बुझिएको छ ।  प्रास्तावित भारतीय कष्टम चोक देखि पोष्ट अफिस सम्मको बाटोलाई छोट्याउदै बजार सम्म मात्रै राख्नुपर्ने उनीहरुको माग रहेको बुझिएको छ । अर्को तर्फ नेपालको मुख्य नाकाको रुपमा रहेको रक्सौल नाकालाई विस्तार गर्दै विकल्पका लागि नेपाल भारतको सहयोगमा पर्साको अलौँमा निर्माणधिन एकृकित सुरक्षा चेकजाँच चौकी (आई.सि.पि) को काम समेत समयमा पुरा नहुँदा भारत र भारत भएर तेस्रो मुलकबाट आयात गर्ने ट्रकको भाडा तेबर तिर्नुपरेको नेपालका व्यापारीहरु बताउँछन् । यो सडक अन्तर्गत पर्ने परेमवा ब्रिजको काम समेत अलपत्रमा छ । आई.सि.पि निर्माण भए पनि यो बाटो भएर आउने गाडीले समेत घण्टौ सास्ती भोग्नु पर्ने अवस्था रहेको व्यापारीहरुको भनाइ छ ।  रेलको रुट अनुसार समय मिलेन भने ७÷७ दिन सम्म रक्सौलकै जाममा बाध्य भएर सवारी थन्काउनु पर्ने हुन्छ । ओभरब्रिज निर्माण भइदिएको खण्डमा नेपालका व्यापारी र रक्सौलका व्यवसायिहरु धेरै लाभान्वित हुने दुवैतर्फका व्यापारीहरुको भनाइ छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रक्सौलको रेलमार्ग माथि ओभरब्रिज नबन्दा व्यापारी र सर्वसाधारण मारमा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top