-

  • नयाँ खबर

    25 October, 2016

    भेटी मन्दिरमा होईन अशक्तको झोलीमा चढाऔं


    गीता भण्डारी, 
    मध्य नेपाल सन्देश । 
    सामान्यतः मन्दिरको वरिपरि बसेर माग्ने व्यक्तिलाई अती न्यूनस्तरको व्यक्ति भएको आम धारणा छ । यसलाई बोलीचालीको भाषामा अर्थात सरल भाषामा (भिख माग्ने) व्यक्ति पनि भन्ने गरिन्छ । मठमन्दिरमा माग्न बसेको देखेर कसैलाई पनि अँचम्म लाग्नुपर्ने यो विषय होईन् । किनकी यस्ता  दृष्यहरु  सजिलैसित जोकोहीले पनि मठमन्दिरमा देख्न पाउँछन् ।  मठमन्दिरमा विशेषगरी चाँडपर्वको बेलामा बढी घुईचो लाग्ने गर्दछ । अर्थात दशै, तिहार, दिपावली लगायतको चाँडपर्वको बेला दर्शन गर्न जाने हरेक ब्यक्तिको ईच्छा आँकाक्षा  हुन्छ । र सबैले  बढोश्रद्धाले हातमा फुल, नरिवल, लडय, पेडा बोकेर घन्टौ लाम लागेर भएपनि पुजाआर्चना गरी देबी देउतालाई चढाउँछन् । आस्था र विश्वासको कारणले देउताको नाममा विभिन्न खानेकुराहरु, नीर्जीव वस्तुलाई चढाएर जाने गर्दछन् । तर, त्यही बसेका अशक्तहरुलाई कसैले वास्ता गरेका हुदैन्न । पैसा र खानेकुराको अभावमा कैयोदिन भोकै बस्न उनीहरु बाध्य हुन्छन् ।
    शारिरीक र मानसीक रुपमा अशक्त भएकोले मात्र आफुहरु यस्तो गर्न बाध्यभएको उनीहरु बताउछन् । पैसा आउने अरु कुनै माध्यम नभएकाले बाध्यताबस भोकैपेट बिहानै उठ्ने बित्तीकै मन्दिरको परीसरमा बस्नुपर्नेे उनीहरुको ठम्याई छ । उनीहरु भन्छन(‘काठमाडौको पशुपतिनाथ होस या वीरगंजको गहवामाई मन्दिर, यसमा पुजा गर्न आउने जोकोहीले पनि २÷४ रुपैया दिएर जाने गर्छन ।’ तर, त्यो मानवताको भावनाले नभएर धर्म कमाउने उद्देश्यले मात्र दिने गरेको हुन्छन् । ‘कति जनाले हाम्रो मुख समेत नहेरेरै पैसा दिएर जान्छ उनीहरु भन्छन, के यो मानवता हो ? यसरी दिएको रुपैयाँ बाध्यता बस लिएपनि यसले आफूहरुको आत्मालाई खुसी समेत नमल्निे गरेको उनीहरु बताउँछन् । गहवाँ माई मन्दिर नजिकै माँग्न बसेकी फुलमती देबी भन्छिन्( भगवानलाई चढाँएको भेटीमा धर्म नभएर अशक्तको झोलीमा सहयोग गरे धर्म हुन्छ ।  
    प्राय हात डुडो भएको, खुट्टा काटीएको, शारिरीक अवस्था कमजोर, थाम्न नसकेर भुईमा छटपटाईरहने महिला÷पुरुषहरु मन्दिरको वरिपरि बस्ने गर्दछन । दुःख, पिडा सहेर पनि यस धर्र्तीमा बाच्नुपर्ने उनीहरुको बाध्यता छ । आवाज निकालेर सहयोगका शब्दहरु समेत भन्न सक्ने अवस्था रहेको उनीहरु खुट्टाले हिडेर समेत आफ्नो गन्तव्य पुग्ने स्थितीमा  हुदैन्न ।  यस्तो अवस्थामा रहेका यी अपाङ्ग बेसाहारालाई कुनै संघसस्था मार्फत उद्धार गरेर पहल गर्नसके ठुलो धर्म हुने धर्मगुरुहरु बताउँछन । उनीहरुको आत्माले दिएको आर्शिवाद मन्दिरभित्रमा पुजा गरकोे फलभन्दा कम नहुने धर्मगुरुहरुको भनाई छ । बेसाहरामा परेका र गरीबिले थलिएर घिस्रन नसकेका यी व्यक्तिहरुलाई केहि हदसम्म राहत दिएर औषधी उपचार गरिदिए साच्चिकै ‘सेवा नै धर्म’ हो भन्ने शब्दले पुर्णता पाउने थियो होला !

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भेटी मन्दिरमा होईन अशक्तको झोलीमा चढाऔं Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top