-

  • नयाँ खबर

    03 October, 2016

    साप्ताहिक राशिफल

    ज्यो.पं. छविरमण सुवेदी
    मेष :– साताको सुरुमा धरेलु समस्या, स्वास्थ्यमा बाधा देखा पर्ने । मनमा डर, त्रास, चिन्ता हुनेछ । 
    बुधबार, बिहिवारका दिनहरुमा सरसामान हराउने काममा अलमल हुने ग्रहयोग छ । शुक्रवार र शनिवारका दिनमा कसैसंग विवाद शत्रुभय हुने देखिन्छ । ‘ॐ गं गणपतये नम ः’ मन्त्रको जाप गर्नु भए अशुभ फलमा कमी आउनेछ ।

    वृष :– साताका मंगलवार सम्मका दिनहरु रमाइलोसंग बित्नेछन् । साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्ने छ । सोचेको काममा सफलता, राज्यबाट लाभ सहयोग मिल्ने ग्रहयोग देखिन्छ । बुधवार देखि शनिवार सम्मका दिनहरुमा घर, वाहन  र भूमि सम्बन्धी विवाद समस्या देखा पर्ने, अपमान अपजस मिल्ने र पढाईमा अरुची बढ्ने ग्रहयोग छ ।

    मिथुन :– साता मिश्रित फलदायी रहनेछ । साताको सुरुमा सञ्चित धनको खति, कोही कसैबाट 
    अपमानित हुनुपर्ने, प्रतिष्ठामा आँच आउने देखिन्छ । बुधवार र विहिवारका दिनमा प्रशस्त आम्दानी हुने, रोकिएका अधुरा काम बन्ने ग्रहयोग छ । शुक्रवार र शनिवारका दिनहरुमा सन्तानका लागि धनखर्च , आफन्तसंग मनमुटाव शारीरिक समस्या देखा पर्ने हँुदा सतर्कता अपनाउन आवश्यक छ । 

    कर्कट :– साताको पूर्वाद्र्र्धमा जस, यश पाउने तपार्ईको बोली र व्यक्तित्व बढने् मान सम्मान,पुरष्कार पाउने 
    योग परेको छ । बुुधवार बिहिवारका दिनमा मूmटा आरोप लाग्ने, धन हानी हुने र प्रतिष्ठा( सम्मानमा आँच आउने देखिन्छ । शुक्रबार, शनिवारका दिनमा सरकारी काममा सफलता मित्र सहयोग प्रशस्त धन लाभ हुने ग्रहयोग रहेको छ । 

    सिंह :– साताको सुरुमा अनावस्यक धन खर्च, व्यर्थभ्रमण हुने छ । रिसमा नियन्त्रण हान्ल आवस्यक छ । बुधवार, विहिवारका दिनमा तपाईको बोलि व्यत्तित्व बढ्ने छ । मिठो खानाको अवसर मिल्ने छ । शुक्रबार, शनिवारका दिनमा मानहानि, धन खतिको योग छ । यो साता कालभैरवको दर्शन गर्नु भए राम्रो हुनेछ । 

    कन्या :– साताको सुरुमा मनोरञ्जन हुने प्रशस्त धनलाभको योग बनेको छ । बुधवार, बिहिवारका दिनमा 
    मनमा बेचैनी अनावश्यक खर्च, व्यर्थभ्रमण हुने देखिन्छ । शुक्रबार, शनिवारका दिनमा मानसम्मान, पुरस्कार र यश , जस एवं सफलताको योग रहेकोछ । 

    तुला :– साताका बिहिवार सम्मका दिनहरु रमाइलो गर्दै बित्नेछन् । यी दिनहरुमा सरकारी कामकाजमा 
    सफलता, आफन्तबाट सहयोेग मिल्ने प्रशस्त धन लाभ हुने खुसीयाली छाउने देखिन्छ । शुक्रबार शनिवारका दिनमा अनावश्यक खर्च मनमा बेचैनी र आँखाको समस्या देखा पर्ने हुंदा सूर्यलाई जल अर्पण गर्नु भए अशुभ फलमा कमी आउनेछ । 

    वृश्चिक :– साताको मंगलवार सम्मका दिनहरु अलमलमा बित्ने यी दिनमा राज्यबाट डर, भय, हुने, 
    काममा जश नमिल्ने र शरीरमा आलस्यता देखा पर्ने छ । बुधवार देखि शनिवार सम्मका दिनहरुमा सुःख, शान्ति सफलता मिल्ने प्रशस्त धन लाभ हुने मनोरञ्जन गर्दै समय बित्नेछ ।

    धनु :– साताका बिहिवार सम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनमा आर्थिक शङ्कट वादविवाद शरीरमा कष्ट हुने ग्रहयोग रहेको छ । शुक्रवार शनिवारका दिनमा सुःख, शान्ति प्राप्त हुने काममा सफलता मिल्नेछ ।

    मकर :– साताको मंगलवार सम्मका दिनहरु अनुकुल छन् । यी दिनहरुमा व्यापार व्यवसायका क्षेत्रमा लाभ, प्रगति हुने यात्रा फलदायी रहनेछ । बुधवारदेखि शनिवारसम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनमा शारीरिक कष्ट, मानसिक चिन्ता, अपजस र काममा अलमल हुने हुंदा यी दिनहरुमा खाँदा, हिड्दा र बोल्दा सर्तकता आवश्यक छ । 

    कुम्भ :– साताको सुरुमा शत्रुभय, काममा अवरोध, मनमा आशंका हुने देखिन्छ । साताको मध्य भागमा 
    नारीसुख मिल्ने, प्रेममा सफलता, व्यापारमा लाभ र व्यवसायमा प्रगति हुनेछ । साताको अन्त्यतिर शरीरमा कष्ट आर्थिक शंकट र वादविवाद हुने हुंदा सतर्कता आवश्यक छ ।

    मिन :– साताको बिहिवारसम्मका दिनहरु प्रतिकुल रहनेछन् । यी दिनहरुमा घरेलु समस्या, वाहन कष्ट र जमिनको काममा विवाद वा समस्या देखा पर्ने छ । 
    सन्तानमा खर्च अशुभ समाचारले मनमा खिन्नता, चोर भय हुनसक्छ । शुक्रवार र शनिवारका दिनमा फलदायी यात्रा हुने नारी सहयोगबाट काम बन्ने एवं व्यापार व्यवसायमा लाभ प्रगति हुने ग्रहयोग रहेको छ ।  

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top