रसना ढकाल, |
मध्य नेपाल सन्देश ।
महिला हक अधिकारको सवालमा लगाइएका नाराहरु पुरुष विरोधि होइन । यो त पितृसत्तात्मक सोचको विरुद्ध हो । जसको कारण महिला दिनदिनै हिंसाको शिकार भै रहेका छन् । पितृसत्तात्मक सोचले महिलालाई दोस्रो दर्जा र पुरुषलाई पहिलो दार्जामा राख्यो । यो सोचको कारण एक प्रकारको रोग बस्न गयो । महिला दोस्रो दर्जाका मानव हुन , यिनिहरुलाई हेप्नै पर्छ, यातना दिनै पर्छ सो कारणले गर्दा महिलालाई दोस्रो दर्जाको रुपमा हेरियो । तर अब समय परिवर्तन भएको छ ।
आजको समयले महिलालाई पनि पुरुष सरह व्यवहार र हक अधिकार पाउनु पर्छ भन्ने एक खाले तर्क जन्माएको छ । फलश्वरुप महिलाको पक्षमा धेरै उल्लेखनीय सुधार भएका छन् । जस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदद्धारा पारित प्रस्ताव नं १३२५ लाई बाध्यकारी कानुन बनाएर सदस्य राष्ट्रहरुलाई अनुमोदन गरी आफनो देशमा लागु गर्नु भनेर एउटा ठूलो कानूनको रुपमा स्थापना ग¥यो । १३२५ ले महिला अधिकार र शान्ति सुरक्षाको विकासमा एउटा महत्वपूर्ण खुडकिलो तयार पारेको छ । यसले द्धन्द्धको समय र त्यसपछिका अवस्थामा महिलाको अधिकारको सम्मान गर्न र शान्ति सम्झौता प्रक्रियाको महिला सहभागिताको सम्मान गर्न माग गरेको छ । जस्मा महिलाका सरोकारका थुप्रै कुरालाई पनि समेटेको छ । त्यस्तै गरी महिला माथि हुने सबैखाले हिंसा उन्मुन गर्न सिड जस्ता अन्तराष्ट्रिय कानून बनायो ।
जसलाई सदस्य राष्ट्रहरुले पालना गर्नै पर्ने बाध्यता बनायो । त्यस्तै गरी राष्ट्रिस्तरमा राज्यको नीति निर्माणमा पनि महिला समावेश गरिनु पर्छ भन्दै सकारात्मक विभेदमा आरक्षण कोटा राखिएको छ भने ३३ प्रतिशत समावेशिका कुराहरु चालाईएको छ । महिलाको पक्षमा सुधारका कार्यहरु नभएका होइनन् धेरै नै भएको छन् । तर सुरुका दिन महिला अधिकारको वकालत गर्दा गलत तरिकाले प्रचार प्रसार भयो । जुन अत्यन्तै दुखत कुरा महिलाको पक्षमा भयो । अधिकारलाई उल्टो पाराले बुझाइयो । जसको कारणले महिला र पुरुषविचको दूरी बढयो । आफना पुरुष सँग अधिकार माग्दा उसलाई चिढाएर होइन कि विश्वास जितेर लिन सक्नु पर्छ र त्यो विश्वासलाई हमेसा कायम राख्न महिलाको पनि उत्तिनै ठूलो भूमिका हुन्छ । फलश्वरुप पूरुषको नजरमा महिला यस्तै हुन्छन भन्ने एक खाले गलत तर्क आउन लाग्यो , भने महिलाले हाम्रो अधिकार पूरुषले कुण्ठित पारेको छ यसबाट आफनो अधिकार खोसिहाल्नु पर्छ भन्ने हिसात्मक अधिकारको रुपमा दुवै तर्फ जुहारी चल्यो र आजको मिति सम्म आइपुग्दा पनि कहिकतै यस्ता सोच भएका महिला र पुरुष भेटाउन सकिन्छ ।
महिला हक अधिकारको कुरा गर्दा के पुरुष नै मुख्य रुपमा बाधक हो र रु यो हाम्रो लागि गहन विषय हुन जान्छ । र हाम्रो लागि पुरुष बाधक होइन । उसमा गाडिएको पितृसत्तात्मक सोच हो भन्ने बुझनु पर्छ । हाम्रो सम्मस्या भनेको पुरुषको सोच र पुरुषले महिला प्रति गर्ने व्यवहार होइन किनभने त्यो पुरुष जाहाँ जन्मियो , जुन परिवारमा हुर्कियो र परिवारले उसलाई कस्तो शिक्षाँ दियो त्यसमा भर पर्छ । किन की त्यो पुरुषको मनसस्थितिमा त्यस्तै प्रकारको सोच हावी हुन्छ । र त्यो पुरुष जन्मेर हुर्केको घरमा उसलाई त्यसतै प्रकारले शिक्षा दिइन्छ । त्यो पितृसत्तात्मक सोचले जकडिएको समाज, जहाँ तिमि पुरुष हौ , तिमी घरपरिवार समाजको ठूलो व्यक्ति हौ , तिमिले परिवारलाई आफनो बसमा राख्नु पर्छ भन्ने सोचाई र हुर्काईको क्रममा उसले पाउने शिक्षा नै त्यहि हुन्छ । त्यसैले सोचको जरो चारैतिर फैलिएको कारणले गर्दा समाजमा पुरुषभन्दा महिला माथि धेरै हिंसा हुन्छ ।
अब हाम्रो चासोको विषय भनेको महिला माथिहुने हिंसा सामाजिक अपराध हो । यसमा हिंसा पुराउने व्यक्तिलाई परामर्शको अवाश्यकता छ भनेर महिला पुरुष नै हिडनु पर्छ । रथका दुई पंग्रा बनेर हिडने महिला र पुरुषको सोचाईमा त भन्दा म के कम होइन कि यो समाजको विकास र राष्ट्रको विकासको लागि हामी एक अर्का नै कम छैनौ , भन्ने हुनु पर्छ । अनि मात्र महिलाको विकासमा धेरै टेवा पुग्न सक्छ ।
0 comments:
Post a Comment