मध्य नेपाल सन्देश
सिम्रौनगढ आन्दोलनका शहिद जयनारायण पटेलको परिवारलाई कुर्मी क्षेत्रिय सेवा समिति बाराले नगद ९ हजार सहयोग गरेको छ । समिति बाराका अध्यक्ष रामचन्द्र सिंह क्रान्तिकारीको नेतृत्वमा शहिद पटेलको घर सिम्रौनगढ पुगी सो सहयोग गरेका हुन् ।
हिन्दूहरुको महान् पर्व एवं मधेसको प्रमुख पर्वको रुपमा रहेको दिपावली र छठ पर्वमा केही सहयोग होस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको समिति बाराका अध्यक्ष क्रान्तिकारीले बताए । कलैया सिम्रौनगढ रोड विकासको लागि आन्दोलन हुदाँ २०७१ असोज २५ गतेका दिन प्रहरीको गोली लागी पटेलको मृत्यु भएको थियो ।
0 comments:
Post a Comment