-

  • नयाँ खबर

    16 October, 2016

    गरीब के दाना ह सतुवा – व्यापारी


    मध्य नेपाल सन्देश, 
    मध्य तराईको गर्मीमा चनाको सातुको बिक्री उति कम हुँदैन । एक समयमा बुढा पाकाहरुले भन्ने गर्थे ‘गरीब के दाना ह सतुवा ।’ अब भने यो भनाई यतिमा नै सिमित रहेन । चना महँगो त भयो । तर सय ग्रामको १८ रुपैया पर्ने चनाको सातुमा कागतीको रस मिसाई चिसो पानीमा घोलिएपछि तयार हुन्छ गर्मीको लागि गजबको आहारा । 
    सातुको व्यापारले व्यवसायीहरुलाई राम्रो लाभ पनि दिने गरेको छ । गर्मी मौसममा बढी विक्री हुने सातु गर्मीमा मात्र सिमित छैन । फागुन देखि कार्तिक महिना सम्म ९ महिना नै खुब बिक्री हुने गरेको छ । यो अवधिमा सातु खाने ग्राहकहरुको भिड हुने गरेको स्थानीय व्यवसायी  मेघु साहले बताए । घण्टाघर छेउमा ठेलामा व्यापार थालेका ४५ वर्षीय कुशवाहाले ७ वर्ष अघि सातुको व्यापार शुरु गर्दा सातु किलोको २८ रुपैयामा मात्र पथ्र्यो । त्यतिवेला एक किलो सातु आउने दाममा अहिले दुई सयग्राम पनि आउदैन उनी भन्छन् । जामाना नै महंगो भयो । अहिले त्यहि एक किलो सातुको मूल्य १ सय ५० मा किनमेल हुन्छ उनी सम्झन्छन् । 
    साह जस्तै शुदर्शन कुशवाहा पनि अर्का सातु व्यापारी हुन् । तर उनको भने बिहान ठेलामा सजिएको सातुको ठेलामा साँझ पख भने चाउमिन र ममको भाडोले स्थान ओगटेको हुन्छ । यो व्यवसायकै सहारामा उनले आफ्ना ४ सन्तानको लालन पालन पनि गर्दै आएका छन् । एउटा छोरी र अर्को एउटा छोराको विवाह पनि यसै व्यवसायकै आधारमा उनले गरिसकेका छन् । दुई छोराछोरी भने क्याम्पस पढ्दै गरेको उनले बताए । महिनामा ५ देखि ७ हजार सम्म सातुको कमाइलाई बचत गर्न भ्याएको उनको तर्क छ । अहिले सातुको अन्तिम सिजन भए पनि यसवर्ष खासै गर्मी कम नभएकोले अहिले पनि दैनिक ग्राहकहरुको लाइन लाग्ने गरेको उनि बताउँछन् । जे होस्, एउटा ठेलाका आधारमा श्रम गरेर चलेको छ जिन्दगी । वीरगंजमा पचास भन्दा वढि स्थाई सातु बिक्री गर्ने स्थिर दोकान छन् । यतिकै संख्यामा सिजनल ठेला पनि यो बजारमा थपिने गरेको सातु व्यापारीहरुको भनाइ छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गरीब के दाना ह सतुवा – व्यापारी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top