मध्य नेपाल सन्देश,
– सन्ध्या पौडेल
एकादेशमा एउटा ठूलो जंगल थियो । त्यहा एक महान दार्शनिक एकान्तमा बसेका थिए । त्यती खेरै त्यहीको बाटो भएर त्यस राज्यका राजा जाँदै गर्दा एउटा विद्वानलाई देखे । राजा उनको नजिक गई सोधे : तिमी को हौ ? यस्तो घनघोर, सुनसान र एकान्त बनमा किन बसेका छौ ? राजाको कुरा सुनेर दार्शनिकले जवाफ दिए : म राजा हँु ।
दार्शनिकको कुरा सुनेर राजा रिषाउदै भने , तिमी कसरी राजा भयौ ? यस्तो जंगलमा बसेको छौ अनि आफुले आफुलाई राजा भन्छौ । तिम्रो भेषभुषा हेर्दा त , जोगी जस्तो देखिन्छौ । राजको कुरा सुनेर दार्शकिले प्रश्न गरे , तिमी को हौ ? यहाँ किन आयौ ? तिम्रा पछाडी भएका व्यतिmहरु को हुन ? राजाले भने ः म यस राज्यको राजा हँु ।
जंगलमा सिकार खेल्न आएको हँु । मेरा पछाडि भएका सवै व्यतिmहरु मेरा सेना हुन । र , राजा त्यही हो जो संग धेरै धन र अनेकौ सेवकहरु हुन्छन । राजको कुरा सुनि सकेपछि दार्शनिकले भने सेवक त उनीहरुलाई चाहिन्छ जो अल्छी हुन्छन । राजाले भने : तिमी संग सेना छन ? किनकी सेना बिना राजा सम्भव छैन ।
दार्शनिकले भने सेना त उनीहरुलाई चाहिन्छ जसको शत्रु हुन्छन । यो संसारमा मेरा कोहि शत्रु छैनन त्यसले मलाई सेनाको आवश्यकता छैन । राजाले फेरी अर्को प्रश्न गरे : तिमी संग धन बैभव कति छ ? दार्शनिकले भने धन र बैभवको आवश्यकता उनीहरुलाई हुन्छ जो दरिद्र हुन्छ । राजाले भने तिम्रो भेषभुषा हेर कस्तो छ । तिम्रो लुगा कति पुराना र नराम्रा छन । हेर्दा त जोगी जस्तो देखिन्छौ । त्यस पछि दार्शनिकले भने ः सुन्दर र राम्रा भेषको आवश्यकता उनीहरुलाई हुन्छ जो कुरुप छ उसले आफनो कुरुपता लुकाउनको लागि सुन्दर भेष धारण गर्छ । त्यस पछि राजाले फेरी प्रश्न गरे के तिम्रो महल छ ? तिम्रो राज्य र प्रजा छन ? त्यस पछि दार्शनिकले जवाफ दिए । महलको खाचो त त्यसलाई छ जो व्यतिm भोग बिलासी हुन्छ । र ,राज्य र प्रजा पनि त्यसलाई आवश्यकता पर्द छ जसको कोहि हुदैन । म जहा बस्छु त्यो नै मेरो महल हो र यो संसार नै मेरो राज्य र यहका सारा प्राणाीहरु मेरा प्रजा हुन ।
दार्शनिकको यस्तो कुरा सुनेर राजालाई लाग्यो की वास्तवमै साँचो राजा त उ नै हो । राजाले दार्शनिकको पाउँ छुदै भने सच्चा राजा त तपाई हो म आफनो सुख शैल र एश्व आराममा यति मस्त थिए की मैले गल्त र सहिको फरक छुटयाउन सकिन । तर , आज तपाईका यी शब्द र बिचारले मेरा आखा खोली दिए त्यस पछि दार्शनिकले राजालई उठाउँदै भने यदि तिमी साचो अर्थमा आफु राजा हुँ भन्ने ठान्दछौ भने आफुमा र हरेक व्यतिmमा समानताको भावना राख ।
धनको घमण्ड नगर र निश्वार्थ भावनाले आफनो राज्यको सेवा गर । दार्शनिकको कुरा सुनि राजाले त्यहीबेला देखि उनकै मार्गनिर्देशन अनुरुप चल्ने वाचा गरी आफनो राज्य तिर लागे ।
0 comments:
Post a Comment