-

  • नयाँ खबर

    03 October, 2016

    चाडपर्वलाई लाई लक्षित गर्दै निःशुल्क शिप विकास तालिम


    – ईश्वरी श्रेष्ठ
    मध्य नेपाल सन्देश 
    वीरगंज महिला जागरण समाज पर्साले निःशुल्क रुपमा २० जना महिलाहरुलाई घरायसी सजावटका सामग्री बनाउने शिप विकासको तालिम दिइरहेको । 
    महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले जागरण समाज पर्साले १५ दिने निःशुल्क तालिम दिइरहेको हो । महिलाहरुलाई आत्मनिर्भर बनाई महिला उद्यमी तयार गर्नका लागि तालिम सञ्चालन गरेको वीरगंज महिला जागरण समाजले जनाएको छ । 
    तालिम पश्चात बेरोजगार रहेका महिलाहरुलाई स्वरोजगार बनाउँदै थप व्यवसाय संचालन गर्न सक्ने बनाउनु आयोजकको उद्देश्य रहेको उनाको भनाइ छ । 
    शिपको अभावमा विदेशबाट लाखौँ मूूल्यका समाग्री भित्रिरहेको अवस्थामा थोरै भए पनि यहाँको   शिप विकासलाई प्राथमिकतामा राखेर शिप सिकाइ रहेकोमा आफू पनि सहभागी हुन पाउँदा निकै खुशी लागेको शिप सिकिरहेका महिलाहरुले बताएका छन् । सरस्वती भट्टराई, सिलु गौतमले प्रशिक्षण दिई रहनु भएको तालिम आफूले पनि धेरै कुरा सिक्न पाएको श्रीपुर १४ की पिंकी कुमारी वर्णवालले बताईन् । 
    सो शिप विकास तालिममा कुसन तथा घरायसी सजावटका समाग्री र खेलौँना लगायतका सामान बनाउन सिकाउँदै गरेको उनको भनाइ छ । तालिममा सिमा साह, सलोनी गुप्ता, सुमन खरेल, पिंकी बर्णवाल, सबनम भट्टराई, विमला गुप्ता, शोभा धमला, पुर्निमा कुमारी साह, ज्योति कुमारी वर्णवाल, अमृता यादव, निशा जैशवाल, सन्धया पौडेल, निकिता गुप्ता, दिपिका श्रेष्ठ, सावित्री देवी, शुसिला राई, रचना यादव लगायत सहभागी भएका छन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चाडपर्वलाई लाई लक्षित गर्दै निःशुल्क शिप विकास तालिम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top