– गीता भण्डारी |
मध्य नेपाल सन्देश
भनिन्छ, सबै कुरा लुकाउने ठाउँ पाईन्छ तर डर लुकाउने ठाउँ कतै पाईदैन, कुरा सत्य हो । जन्मेदेखि नमरुन्जेल मानिसले गर्ने अनेक काम, कर्तव्य, स्वभाव र चरित्रको चित्रण गर्ने हो भने संसार भरकै मानिसहरु प्रायः अलग भेटिन्छन् । यिनै विभिन्न स्वभाव भित्र हर कसैको चाल चलन, बुद्धि विवेक आँट धैर्यता बोलीचाली पनि पर्दछ । यस्तै स्वभाव मध्ये जो कोहीसगं बोल्दा पनि डराएर, लजाएर, शिर निहुराई बोल्ने आफूलाई डरपोक र कमजोर ठान्ने बानी त्याग्नु नै श्रेयकर रहन्छ । पूर्वी पहाडको शिवुया गाउँकी शुशीला देवी आफ्नो पौरख र आँटले गर्दा एउटा उदाहरण बनेकी छन् । सुरुमा कसैसामु बोल्न डराउने उनी अहिले आफू बसेको ठाउँको वडाकै अध्यक्ष भएर विकाश गर्दै छन् । यो उनको लगनशिलतासँगै आँट र हिम्मतले नै गर्दा हो । सानै उमेरमा आमा गुमाएर टुहुरो बाल्यकाल बिताएकी उनी बाबुले सौतेनी आमा भित्राएपछि खान लाउन समेत अर्काको घरमा श्रम गर्दे जुठा भाडाँ माझी बनिबुतो गरी कमाएको २।४ पैसाले एउटा स्यानो होटल व्यावसाय शुरु गरी आफनो जिवन यापनमा जुटिन् । स्कूल जाने पढ्ने लेख्ने कुरा त एकादेशको कथा झै बन्यो उनको जीवनमा । बाल्यकाल अति दर्दनाक बिताएकी उनी अहिले त्यही गाउँमा बसेर समाज सेवा गर्दैछन् । यो उनले कहिले सोचेको नहोला सडावासीलाई मैले पनि सेवा गरांैला र यो वडाकै प्रमुख व्यात्तिको रुपमा सम्मानित हुँला भनेर । भनिन्छ दुःख पछि सुख आउछ दुःखमा सर्घष गर्न सक्ने मानिस नै एक दिन सफल बन्न सक्छ, भन्ने कुराको प्रत्यक्ष उदाहरण शुशीला देवीबनी बनिन् ।
‘सर्घष हो जिवन’ भन्ने भनाई सावित भएको छ । एक अक्षर सम्म पनि पढ्न नपाएकी उनी अहिले कुनै पढेलेखेका शिक्षीत व्यत्ति भन्दा कम छैनन् । उनलाई यो अवस्थासम्म आउन बाटो भने शिक्षाकै ज्याति भने हो । जुन वर्तमानको प्रौढ शिक्षा अनि बिभिन्न तालिमहरु, घरेलु सिप बिकासको साथै एक दिन यो गाउँमा बसेर नै केही गर्छु भन्ने दृढ सँकल्पले भने सार्थकता पाएको हो ।
दिनरातको मिहनेत र लगनशिलताको परिणाम आज सो वडामा निवेदन लेख्न कतैबाट आएको चिठी पत्र पढिदिन मात्र हैन कतै कुनै समस्या आई पर्दा शुशीला दवबीलाई नै खोज्दा आफुलाई गर्व महशुश हुने बताउछिन् । म जस्तो दुःख भोगी उचित शिक्षाबाट बन्चित भएर अरु कसैको पनि बाल्य अवस्था अन्धकारमा बिताउन नपरोस् भन्दै आफूले वडाको अध्यक्ष भएपछि पहिलो पहल स्वरुप गाउँकै बिचमा पर्ने गरी एउटा पाठशाला समेत खोली टुहरा अनि गरिबीले थलिएका हरुको उद्धार गर्नु नै प्रमुख दायित्व सम्झदै पठन पाठनको समेत व्यवस्था मिलाएको उनको तर्क छ । उनको जस्तो उच्च सोच, अदम्य प्रयास अनि गरेदेखि के असम्भब हुँदोरहेछ भन्ने कुराको नमूना बनेकी शुशीला देबी वास्तवमै गाउँघरमा बसेर आफु जन्मिएको ठाउँलाई शिक्षीत हरबरा बनाउन सक्षम भएकी छन् । आफूले भोगेका ति दुःखलाई सम्झदै आसुँले भरिएका आखाँ टाल्ने कोशिस गर्दे भन्छिन्, यदि यस गाउँमा प्रौढ शिक्षा, बाल शिक्षा, लगायतको ज्ञानरुपी चेतनाको क्रियाकलापसँगै बिभिन्न तालिम नलिएको भए सायद म पनि त्यहि गाउँको जमिन्दारकै घरमा जुठो भाडा माझिरहेकी हुन्थे होला, अनी कोही मानिसहरु आउदा पहिले झै शिर निहुराई ह÷ना मा सोधेका प्रश्नको जवाफ दिन्थे होला ।
परिवर्तित समय सँगै आफुलाई परिवर्तन ल्याउन सफल हुनुमा आत्मा विश्वास, लगनशिलता र दृढ संकल्प नै हुन आवश्यक छ । जो आज मलाई अर्काको घरमा काम गर्ने नोकर्नीबाट शुशीला देवी ज्यु सम्म डोर्याउन सफल बनाएको छ । यसरी नै सहर बजारमा मात्र हैन, गाउँ गाउँमा चेतनासगै समय अनुकुल सिप विकासका कार्यक्रम पु¥याउन सके हातमा उच्च तहको प्रमाण पत्र नहुनेले पनी आफ्नो विवेक र ज्ञान अनुसारको विकास गरी लेखपढ गर्न बिभिन्न कारणले असक्षम हुन पुगेका खास गरी महिला वर्गमा आत्मबल र साहस बढ्ने थियो होला । साथै एउटा महिलाले अवसर पाएँ पुरुष सरहको जिम्मेवारी बहन गर्दे रुढीबादी परम्परा अनि दाशताको अन्त्यसँगै आमुल परिवर्तन ल्याउनमा सहयोग पुग्ने थियो ।
बोल्न चाल्न डराउने मनस्थिति अन्त्य गर्दे धैर्यता र आत्मविश्वासले झिनो सोचलाई तराजुमा राखेर बाच्ने कि बचाउने भन्ने सार्थकतालाई ब्यूताई जीवन जिउनुको वास्तविकतालाई गहन गर्न सके पढे लेखेका शिक्षित अनि सहरीया मात्र राम्रो ओहोदामा पुग्न सक्दा रहेनछन् भन्ने सन्देश थियो ।
0 comments:
Post a Comment