-

  • नयाँ खबर

    16 October, 2016

    छुटमा ३० हजार मेट्रिक टन चिनी आयात



    मध्य नेपाल सन्देश,
    नेपाल सरकारबाट १४ प्रतिशत झण्डै ३० हजार मेट्रिकटनको २७ करोड ६८ लाख रुपैया भन्सार छुट गरेर भारतबाट साल्ट ट्रेडिङ्ग लिमिटेडले चिनी आयात गरेको छ । 
    चाडपर्वका बेला हुने अभावलाई परिपूर्ति गर्न र कालो बजारीले प्रसय नपाओस् भनी नेपाल सरकारले भारतबाट ३० मेट्रिकटन चिनी आयात गरेको छ । सर्व साधारणलाई चाडपर्वको समयमा कुनै समस्या नहोस् भनी देशभरकै लागि ३० हजार मेट्रिकटन चिनी आयात गरेको हो । जेठ १३ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साल्ट ट्रेडिङ्ग लिमिटेडलाई जेठ पहिलो सातादेखि कार्तिक मसान्तसम्म भारतबाट चिनी आयात गर्नका लागि १४ प्रतिशत भन्सार महशुल छुट दिई १ प्रतिशत मात्रै महशुल लाग्ने गरी ३० हजार मेट्रिकटन चिनी आयात गर्न निर्देशन दिएको साल्ट ट्रेडिङ्ग लिमिटेड वीरगंजका निमित प्रमुख बाशुदेव उपाध्यायले बताए । विगतका दिनहरुमा चाडपर्वका बेला अभावकै कारण सरकारले निकै अपहेलना खेप्नु परेको अवस्थालाई मध्य नजर गरी यसो गरेको हुन सक्ने उनको भनाइ छ । 
    यो अभावलाई कम हुन नदिन र बजारमा आफ्नो बलियो उपस्थिति गराउनका लागि चिनी आयात गरिएको निम्ति प्रमुख उपाध्यायले बताए । भारतको श्री रेणुका सुगर मिल्स लिमिटेड वेष्टबङ्गाल कम्पनीबाट हाल सम्म ५ याक झण्डै १२ हजार ५ सय मेट्रिक टन चिनी आयात भइसकेको साल्ट ट्रेडिङ्ग लिमिटेडले जनाएको छ । ३० हजार मेट्रिक टनका लागी १२ याक चिनी हुन आउँछ ५ याकको लगभग १२ हजार ५ सय मेट्रिक टन आएर मन्त्रालयको निर्देशन अनुसार देशको विभिन्न भागमा पठाईसकेका छौँ र अझै ३ याक बाटोमा आउदैछ बाँकी रहेका ४ याक असोजपछि आउने उनले बताए । 
    नेपाल सरकारले समय छदै चिनी आयातका लागि प्रकृया अगाडी बढाए पनि यसबाट जनताले भने छुट नपाउने भएको खुलेको छ । नेपालमा उत्पादन हुने कुल १ लाख ८० हजार मेट्रिकटन मध्ये यस बर्ष उखुबालीको उत्पादन घटेर जम्मा १ लाख ४० हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ । जबकी नेपाललाई चाहिने चिनी लगभग ४० हजार मेट्रिकटन अपुग छ । त्यहि अपुगको फाईदा उठाउँदै कालो बजारी हुन सक्ने सम्भावित सम्भावनालाई मध्य नजर गर्दै सरकारले चिनी आयात गरेको बुझिएको हो । 
    नेपाल सरकारबाट १४ प्रतिशत झण्डै ३० हजार मेट्रिकटनको २७ करोड ६८ लाख रुपैया भन्सार छुट गरेर भारतबाट साल्ट ट्रेडिङ्ग लिमिटेडले चिनी आयात गरे पनि भारतमै चिनीको उत्पादन आफै अपुग भएकाले भारत सरकारले अन्य मुलुकमा चिनी निर्यात गर्न वैशाख मसान्तमै १० देखि १२ रुपैया मुल्य बढाएको थियो । समय छदै नेपाल सरकराले चिनी आयातका लागि प्रकृया बढाए पनि भारतले अन्य मुलुकका लागि चिनी निर्यात गर्न मुल्यवृद्धि गरेका कारण आफै महंगो मूल्यमा चिनी आयात गरेको साल्ट ट्रेडिङ्गले जनताका लागि सहुलियतमा चिनी उपलब्ध गराउन नपाए पनि महंगोमा पनि विक्री वितरण गर्ने छैनन् मन्त्रालयले संयोजन गर्ने मूल्यमा विक्री वितरण हुने साल्ट ट्रेडिङ्गका निमित प्रमुख उपाध्यायको भनाइ छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: छुटमा ३० हजार मेट्रिक टन चिनी आयात Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top