– ईश्वरी श्रेष्ठ
मध्य नेपाल सन्देश
शान्त अनि निश्चल स्वभावका ६ वर्षिय पुष्कर कटेल नवदिप एकेडेमीमा कक्षा एल.के. जि. मा पढछन् । उ बाबा र आमासँग आफ्नै घर वीरगंज गहवामा बस्छन् । आमा रेनुका कटेल र बुबा पन्कज कटेलका एक मात्र छोरा हुन पुष्कर, आमा रेनुका अरुको घरमा काम गर्नुहुन्छ । बुबा पन्कज भने कलैया वीरगंजको टेम्पुको इन्चार्ज हुनुहुन्छ ।
पुष्करलाई पढ्न धेरै मन पर्छ । आफ्नो गृहकार्य आफै गर्छु । ममिले धेरै माया गर्नुहुन्छ पुस्करले भने । धेरै बदमासी र जिद्दी गर्यो भने कहिले काही ममीले पिट्नु पनि हुन्छ । धेरै पढेर बैंक मा जागिर गर्ने पुस्करले बताए । उनले भने धेरै पैसा कमाउँछु अनि ममीलाई माया गरेर पाल्छु । स्कूल आउँदा सधैं गृहकार्य गरेर आउँछ । क्लासमा ज्ञानी भएर पढ्छ । स्कूलमा सिकाएका कुराहरु राम्रोसँग सिक्छ । हामीले बच्चाहरूलाई खेलाइ खेलाइ पढाउछौ । कहिले मोन्टेसोरी, कहिले डान्स, कहिले डूोइङ त कहिले राम्स । हाम्रो कक्षामा जम्मा ५० जना विधार्थीहरु छ्न् । जस्मा पुष्कर ९ आंै स्थानमा पर्छ । उसलाई घरमा पनि गाइड गर्यो भने उ पहिलो स्थानमा आउन सक्छ । पुष्कर पढाइमा मात्र नभएर खेलमा पनि राम्रो छ भन्नुहुन्छ उसको क्लास टिचर ललिता गुरुङ र सुस्मा मण्डल । उसको आमा रेनुका भन्नुहुन्छ, म बिहानै उठेर घरको काम सकाएर अरुको घरमा खाना पकाउने ,घर धन्दा गर्ने काम गर्छु । आँखा भरी आँसु गर्दै भन्नुभयो । दिनदिनै महगाई बढ्दै छ । श्रीमान्ले पनि साथ दिनु हुन्न । कहिले घर आउनु हुन्छ कहिले आउनु हुन्न मनलागे पैसा दिनु हुन्छ, नलागे दिनु हुन्न । रक्सी पिउनु हुन्छ । आफ्नै दुनियामा रमाउनु हुन्छ । हामीहरुलाई वास्ता गर्नु हुदैन । खानै पर्यो, लाउनै पर्यो , छोरालाई पढाउनै पर्यो , स्कूलमा पैसा तिर्नै पर्यो । त्यसैले अरुको घरमा काम गरेर छोरालाई पढाउदै छु । छोराको पढाई राम्रै छ जस्तो लाग्छ ।
मलाई पढ्न आउदैन । तर पनि छोरालाईसँगै बसालेर गृहकार्य गराउने गर्छु । छोरा ज्ञानी छ भनेको सबै कुराहरु मान्छ । कहिले काहीँ अलि जिद्दी गर्छ । कहिलै पनि यो खान्न त्यो खान्न भन्दैन । जे दियो ज्ञानी भएर खान्छ । छोराले बुझेको छ । आमाले दुःख गरेर पढाउदै हुनुहुन्छ । म बरु एक छाक खाएरै भए पनि छोरालाई बोडिङ पढाउछु । सरकारी स्कूलमा पैसा कम लागे पनि पढाइ र हेरबिचार बोडिङ स्कूलकै राम्रो हुन्छ । छोरालाई धेरै पढाएर राम्रो मान्छे बनाउने इच्छा छ । उसको लागि जति दुःख गर्नु परेनि गर्छु । मैले दुःख गरेको उसले देखेको छ । कहिले काहीँ रुँदा छोराले भन्ने गर्छ ममी नरुनु म ठूलो भएर बैंकमा जागिर गर्छु । धेरै पैसा कमाउछु । अनि हजुरलाई पाल्छु । छोराको यस्तो वचन सुन्दा खुशी लाग्छ । श्रीमान्ले साथ नदिए पनि छोरो छ । अब मेरो भन्नू छोरा र छोराको भन्नू मै हुँ ।
तिम्रो मिल्ने साथी को हो ?
बिकि ठाकुर ।
तिमीलाई मनपर्ने बिषय ?
नेपाली ।
तिमीलाई मन नपर्ने बिषय ?
अंग्रेजी ।
तिमीलाई अंग्रेजी किन मन नपरेको ?
आउँदैन त्यसैले ।
तिमीलाई धेरै के खान मन लाग्छ ?
जुस ।
म्यामले क्लासमा पिटनु हुन्छ कि हुदैन ?
पिट्नु हुन्न माया गर्नु हुन्छ ।
तिमीलाई धेरै माया कुन म्यामले गर्नु हुन्छ ?
ललिता र सुस्मा म्यामले ।
तिमीलाई होमवर्क कस्ले सिकाउनु हुन्छ ?
म आफै गर्छु ।
ठूलो भएर के बन्ने ? किन
बैंकर । बैंक मा धेरै पैसा हुन्छ ।
तिमीलाई कस्को धेरै माया लाग्छ ? ममी कि बाबा ?
ममीको
तिमीलाई मन पर्ने आफ्नो बानी ?
ममीले भनेको सबै मान्छु ।
0 comments:
Post a Comment