फाईल फोटो |
गीता भण्डारी, |
मध्य नेपाल सन्देश ।
साधारणतया गाउँघरमा भन्दा शहर बजारमा अलिबडी चहल पहल अनि भिडभाड हुनु अस्वभाविक होइन । त्यसमा पनि कुनै चाड पर्वको बेला हुने गरेको भिडभाडलाई हामीले सामान्य रुपमै मान्ने गछांै । किनकी चाडपर्वमा सधैं झैं घरमा चाहिने आवश्यक सामानको भन्दा अलिबडी सरसामान किनी जोहो गर्ने प्रचलन छ । नयाँनयाँ कपडा, खाद्यपर्दाथ, अति आवश्यक सामानदेखि केही विलाशीता सामानसम्म किन्ने र बेच्ने पर्वको सानो विशेषता पनि हो । यसको अलावा सो समयमा चोकबजार तिर जाने आउने भिडभाडले पर्व भित्रिएको थप अनुभव समेत गराउँछ । पर्वको यस समयलाई हामी सामान्य भाषामा किनबेचको सिजन पनि भन्ने गछौं । किनकी यहि समयमा २।४ पैसा कमाएर केही दिन भए पनि पेटभरी खान पाउने आशादेखि लिएर ठूल्ठूला व्यवसाहीहरुको लागी एउटा अवसर पनि हो चाडपर्व । त्यसैले भए नभएको ऋणपान गरेर नै भए पनि हामीलाई चाहिने आवश्यक समान बिभिन्न ठाउँबाट आयात अनि निर्यात गरी हाम्रा आवश्यकताहरु पूर्ति भईरहेका हुन्छन् । तर चाडपर्वको नाममा हुने किनमेलको भिडलाई नियाल्ने हो भने खास गरी सीमावर्ति जिल्लाहरुमा नेपालमाभन्दा सीमा पारीका बजारहरुमा मालसामान किन्ने अनि बेच्नेको घुर्इंचो बढी मात्रामा देखिन्छ । यसरी बडेको भिडलाई हेर्दा नेपालको खास गरी वीरगन्ज, बिराटनगर भैरहवा र काकडभिट्टा जस्ता सीमावर्ति क्षेत्रभित्र पर्ने बजारहरु खालीखाली जस्ता देखिन्छन् ।
यताका बजारको तुलनामा सीमापारीका व्यवसायीहरुलाई फूर्सद छैन । बेला बेलामा आउने यस्ता सिजनमा पनि दुःख सुखगरी जोहो गरेर व्यवसाय सुरु गरेका नेपालका व्यापारी तथा व्यवसायीहरुले उचित मात्रामा लाभ उठाउन नसकेको देखिन्छ । यो एउटा सोचनीय विषय पनि हो । सँगैको सीमावारीको बजार सुनसान र सीमापारीको बजार खचाखच हुनु त्यो पनि यताकै ग्राहकहरुको करणले । कताकता सयम सान्दर्भिक भने देखिदैन । यो कुरालाई अन्देखा गर्नु र सँगैको नेपाली बजार सुनसान भई पारीको बजार यताका ग्राहकले खचाखच भरिने कुरालाई सीमा वारीका व्यापारी व्यवसायीहरु र स्थानीय प्रशासनले पनि केही नीति अख्तियार गर्न भने कमजोरी गरेको हो कि भन्ने भान हुन्छ । सानो र बेरोजगार बढी भएको मुलुकका जिम्मेवार निकाय र व्यक्तिहरुले यता तर्फ ध्यान दिन आवश्वयक देखिन्छ । किन की हाम्रो जस्तो सानो देश त्यसमा पनि बेरोजगारीले थलिएको यस अवस्थामा यसरी आफ्ना आवश्यकतालाई पूरा गर्न सीमा पारी जानु पर्ने बाध्यतालाई समयमै बुझ्न सके सानोतिनो व्यापार गरेर हात मुख जोर्नेहरुले राहत पाउने कुरामा कुनै सन्देह हुँदैन । केही पैसा सस्तो पाउने आशमा अनेकौ हन्डर खादै अनावश्यक झन्जट अनि चेक जाचँको क्रममा भोग्दै आएको सास्ती, धँुवाधुलो सगै कतिपय ठाउँमा विभिन्न नाउँमा हुने गरेको ठगी जस्ता समस्याहरुबाट हुने हानीको मूल्याँकन भने भएको पाइदैन । नेपाली ग्राहक देखेपछि यसै रेट बढाई यताकै दाम बराबर गरेका कति उदाहरण पनि नभएका भने होइन । तर पनि यो पर्याप्त बुझाईको कमीका कारण केही सस्तोमा पाइन्छ भन्ने आशामा थप रकम कटौति भएको भने धेरै ग्राहकले पत्तै पाएका हुँदैनन् । अर्काे कुरा नेपालमा व्यापार व्यबसाय गरेर बस्नेहरु र यहाँका सरोकारहरुले पनि यस्था क्रियाकलापलाई रोक्नको लागी बजार प्रबद्धनलाई उति व्यवस्थापन गर्न सकेको छैन । केही भरपर्दाे र विश्वासिलो तथा उचित मूल्य कायम गर्न सके दुई पैसा बचाउने नाउँमा दिनप्रतिदिन यसरी किनमेलकै सन्दर्भमा सिमापारी जानेहरुको भिडलाई आफ्नै चोक, गल्ली तथा बजारमा भित्र्याउन सके सानो आर्थिकले संचालन गरिएका व्यापार व्यवसायले प्राथमिकता पाउने थियो । अनि ग्राहक वर्गहरुले पनि अनावाश्यक झन्झट बिना नै आफ्ना आवश्यकता पूरा गरी चाडपर्वको समयमा गरिने अर्थ कारोबारलाई आफ्नै देशमा खर्चिदा केही मात्रामा भए पनि आत्मनिर्भरतालाई प्रोत्साहनसगै केही समयकै लागी भए पनि रोजगार पाएका स्थान अनि हाम्रा चोक बजारले प्राथमिकता र आफ्नो व्यापार फष्टाएको महशुस हुने थियो । साथै यस्ता कुरालाई सरोकारवालाले समयमा नै बुझ्न र सहज व्यवस्थापन गर्न सके सिमापारी धाउनु पर्ने बाध्यतालाई केही हद सम्म कम गरी चाडपर्वको यस्तो सिजनमा लाभ उठाई आफ्नै ठाउँका हाट बजार ले प्राथमिकता पाउने थियो ।
0 comments:
Post a Comment