-

  • नयाँ खबर

    29 October, 2016

    भण्डारी र यादवबीच टिकाटालो


    – रसना ढकाल 
    राष्ट्रपतिकी कान्छी पुत्रि निशा कुसुम भण्डारी र नेपाली काग्रेसकी सासद किरण यादवका पुत्र अभिशेष यादव बिच राष्ट्रपति कार्यालयमा आइतवार टिकाटालो  भएको छ । 
    निशाकुसुम भण्डारी प्रथम महिला राष्ट्रपति विद्यादेव भण्डारी तथा नेकपा एमालेका जननेता स्वर्गीय मदन भण्डारीकी कान्छी पुत्री हुन् भने अभिशेष गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका पुत्र हुन । किरण महोत्तरी जिल्ला क्षेत्र नं २ बाट नेपाली काग्रेसकी सांसद हुन । 
    आइतवार विहान १० देखि १२ बजेसम्म चलेको टिकाटालो कार्यक्रममा भण्डारी र यादव परिवारविचका केहि सदस्यहरुको उपस्थिीति थियो । पूर्व राष्ट्रपति रामवरण यादव उपचारको क्रममा अमेरिकामा रहनु भएकोले टिकाटालो कार्यक्रममा सहभागि हुन सक्नु नभएको पारिवारिक श्रोतले जनाएको छ । 
    निशाकुसुम भण्डारी पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन । उनीहरु विचमा ७ वर्षदेखि प्रेम सम्बन्ध थियो । बैवाहिक कार्यक्रम माघमा  हुने जनाइएको छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भण्डारी र यादवबीच टिकाटालो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top