-

  • नयाँ खबर

    16 October, 2016

    मानव साङ्गलो बेथितिको विरोधमा बोल्ने सशक्त माध्यम


    दिप ज्योति श्रेष्ठ,
    मध्य नेपाल सन्देश,
    फेसबुक चलाउदै थिएँ मेरा आँखा एक्कासी वीरगन्जको एउटा समाचारमा गएर टक्क अडियो । अरुलाई त्यो समाचारले कत्ति छोयो छोएन थाहा भएन । तर मलाई मधेशको यो एउटा समाचार खोलेर पढ्न मनमा उत्सुकता बढ्यो । समाचार थियो ‘अस्पताल सुधारको माग गर्दै मानव साङ्ग्लो’, त्यो पनि उपक्षेत्रीय अस्पताल वीरगन्जमा । पोहोर साल पनि सायद यही मौसम तिर मधेशमा आन्दोलनको दौरान मानव साङ्गलो बनाईएको थियो । 
    सधैं सुनिन्छ मधेशको समाज पीडित छ ( सामाजिक, आर्थिक, राजनीतिक सबै तवरले । सार्वजनिक सेवाहरुमा भ्रष्टाचार छ, आम नागरिकको पहुँच सजिलो छैन, राजनीतिक हालीमुहाली छ, आदिइत्यादी । तर मधेशमा सार्वजनिक सेवामा भएको बेथितीको बारेमा कोहि बोल्दैनन् , बोल्ने आँट गर्दैनन् कि जस्तो लाग्थ्यो मलाई । मौनताले गर्दा सर्वसाधारणको सेवाको लागि भनिने गरेको सार्वजनिक सेवा झन् भ्रष्ट भईरहेको छ, झन् जवाफदेहिता विहिन भईरहेको छ कि भन्ने भान हुन्थ्यो । मलाई लाग्थ्यो मधेशका अधिकांस नागरिकहरुमा शिक्षाको कमी छ, जनचेतनाको कमी छ । तर अहिले मधेशमा भएका दुवै मानव साङ्गलोलाई आधार मान्ने हो भने मानिसहरु बिस्तारै उठ्दैछन्, बोल्दै छन् आफ्नो हक अधिकारको लागि, आफ्नो सेवासुविधाको लागि । 
    हुन त मधेश आन्दोलनमा देखिएको मानव साङ्गलोलाई विभिन्न तरिकाले अर्थ्याए, व्याख्या गरे तर म भने पहिला पनि यसको पक्षमा नै थिएँ र अहिले पनि छु । यसको कारण हजारौंको एकतामा बनेको त्यो मानव साङ्गलोमा एउटा उत्साह थियो र उमंग थियो आफ्नो थिचोमिचोको प्रतिकार गर्ने । अहिले पनि सार्वजनिक सेवासुविधामा भएको बेथितीको बारेमा दबाब दिनको लागि बनेको यो मानव सङ्गलोको बारेमा कुरा सुन्दा मनमा एक किसिमको रमाइलो लाग्यो । 
    मानव साङ्गलो भनेको सम्भवतस् मानिसहरुबाट बनिएको साङ्गलो हो । यसको लागि धेरै मान्छेहरु चाहिन्छ अवश्यपनि र कसैको आफ्नो इच्छा बिना यतिकै उभिन आउदैनन् होला । इच्छा हुनु भनेको बेथिती विरुद्द बोल्ने आँट र हौसला बढ्नु हो । हो, एउटा दुईवटा यस्ता मानव साङ्गलोले सायद चुट्की बजाए जसरी परिवर्तन नल्याउला तर यो एउटा सांकेतिक माध्यम हो आफ्नो कुरा राख्ने । 
    हुनसक्छ मानव साङ्गलो एउटा प्रतिनिधी उदाहरण मात। हो बेथितीको विरोधमा बोल्ने जुन मधेशका नागरिकहरुले सुरु गरे - पहिले आफ्नो हक अधिकारको लागि र पछि जिल्लाको स्वास्थ्य सेवामा सुधार, आर्थिक अनियमितता नियन्त्रणको लागि । यद्यपी यो सराहनीय छ । यसले आफ्नो मागहरु शान्तिपूर्ण तरीकाले राख्ने नयाँ माध्यम दिएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मानव साङ्गलो बेथितिको विरोधमा बोल्ने सशक्त माध्यम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top