-

  • नयाँ खबर

    16 October, 2016

    चडपर्वमा फेसको बनावट अनुसार कपालको कटिङ्ग र स्टाईल

    बिमला गुप्ता,
    मध्य नेपाल सन्देश,
    नारीको सुन्दरता नै कपाल हो । नारी जति नै राम्री किन न होस् तर कपाल पात्लो रुखो भएमा नराम्रो देखिन्छ । हुन त लामो, कालो, बाक्लो, सलसलाउदो कपालले नारीको सौन्दैर्य बढेको देखिन्छ । तर कपाल लामो, कालो, बाक्लो भएर पनि फेसको बनावट अनुसार असुहाउदोँ देखिन्छ । महिलाहरुमा कोहिलाई लामो कपाल राखेको सुहाउँछ तर आजकल फैसनको जमान भएकाले त्यहिँ कपाललाई हेयर कटिङ्ग गरेर अझै राम्री देखाउन सकिन्छ । तर कटिङ्ग गर्दा भने ध्यान दिनु पर्दछ, यसका लागि राम्रो अनुभवि ब्यूटिशियन छनोट गर्दा राम्रो हुन्छ । जसले कपालको क्वालिटि, क्वान्टीटि, लेन्थ र मुख्य कुरा फेस कटिङ्ग हेरेर उसलाई कस्तो सुहाउँछ त्यहि प्रकारको कपाल कटिङ्ग गरिदिन्छन् । 
    अर्को कुरा फेसको कटिङ्ग मात्रै होईन शरिरको बनावट, होचो, अग्ली, कति छोटो, कति लामो लेन्थ काट्नु पर्दछ, त्यो पनि विचार पुर्याउनु पर्ने हुन्छ । अहिले चाडपर्वको बेला हो । दशैँमा राम्रो पहिरन लगाईन्छ । धेरैजसोले हेयर कटिङ्ग गर्न समेत रुचाउँछन् तिनिहरु पार्लर आउदाँ ब्यूटिशियनले पनि कसरी र कुन हेयर कटिङ्ग गर्दा राम्रो देख्छ त्यहि प्रकारको कटिङ्ग गरिदिनु पर्दछ । हेयर कटिङ्ग थुप्रै किसिमका हुन्छ । खासगरी कुन फेसका लागि कुन कटिङ्ग राम्रो हुने गर्दछ यसका बारेमा मध्य नेपाल सन्देशका लागि विमला गुप्ताले संतोषि ब्यूटिपार्लर की संचालीका बरिष्ठ ब्यूटिशियन पुष्पा राण ज्यूसंग गरेको कुराकानि :-
    आजकल चलिरहेको हेयकटिङ्गको स्टाइल कस्तो छ ? 
    हेयर कटिङ्ग थुप्रै किसिमका छन् । कति ग्राहकले हालमा चलिरहेको स्टाइल काटिदिनु भन्छन् । तर केही व्यटिसियनले उनीहरुलाई सुहाउने स्टाइल सम्झाएर काटिदिए उचित हुन्छ । किनभने सबैको अनुहारमा एकै किसिमको कटिङ्ग नसुहाउन सक्छ । यो कुरामा व्यूटिसियनले ध्यान पु¥याइदिनु पर्छ । 
    कस्तो अनुहारलाई कस्तो कटिङ्ग गर्नु राम्रो हुन्छ । सारांशमा बताइदिनुस् न । 
    लामो फेस कटिङ्ग हुनेलाई र कपाल लामो र बाक्लो छ भने पछाडी कम्बरसम्म लामो लेन्थ लिएर डिप भि गर्दै अगाडी चिउँडो सम्म पुग्ने गरी ( लेयर ) कट गर्ने । पछाडी देखि नै कपाल बाक्लो छ भने लङ्ग स्टेप गरिदिने र पातलो छ भने स्टेप नगर्ने । 
    गोलो मोटो फेसमा पछाडी लम्बाइ चुचो राखेर अगाडी अलि घाँटी ( कुम ) सम्म राख्ने, स्टेप गर्नु परेमा तलतल हल्का स्टेप गर्ने । 
    निधार ( फोरहेड) सानो छ भने अगाडीको कपाल नकाट्ने । निधार लामो ठूलो छ भने अगाडी फ्रिजकट ( साधना ) जसलाई निलम कट भनिन्छ, त्यो काट्ने । 
    कसैको केश धेरै मोटो छ भने पहिला थिनिङ्ग या रेजर गरी पातलो गर्ने । त्यसपछि लेन्थ र स्टेप गरिदिनुपर्छ । 
    केश स्यागी काट्दा सिल्की केश छ भने स्टेप काटी सकेपछि रेजरले रेज गरिदिने । 
    रेजर कट काटेको केशको सबै केशको टुप्पोसम्म चपिङ्ग गर्दा पनि केश चुच्चो राम्रो देखिन्छ । यस्तो स्टाइल मंगोलियन फेसमा धेरै राम्रो देखिन्छ । 
    केश पातलो छोटो छ भने एउटै लेन्थमा काटेर जरादेखि टुप्पो सम्म परमामेन्ट कर्ली ( पर्म ) गरिदिने । यो हेयर स्टाइल पातलो लामो अनुहारमा राम्रो देखिन्छ । 
    गोलोमोटो या मिडियम मोटो अनुहारमा केश परमानेन्ट स्ट्रेट गरेमा राम्रो देखिन्छ । स्टेट गरेको केशमा कतैकतै या केशको टुप्पोमा हाइलाइट गरे झन राम्रो देखिन्छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चडपर्वमा फेसको बनावट अनुसार कपालको कटिङ्ग र स्टाईल Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top