-

  • नयाँ खबर

    16 October, 2016

    वीरगंजको विकास र यहाँको महिलाको हितमा काम गर्छु : नेतृ देवकोटा


    – निलम पन्त,
    मध्य नेपाल सन्देश,
    वि.सं. २०३२ सालमा पञ्चायतकालीन सरकारले सर्वस्वहरण गरेको परिवारकी सदस्य निर्मला देवकोटाले सिन्धुलीबाट वि.सं. २०४६ सालमा एस.एल.सी पास गरेकी हुन् ।  पंचायतकालीन सरकारको परिवार प्रतिको व्यवहारले सानै उमेरदेखि कम्युनिष्ट विचार धाराबाट प्रभावित उनी आफ्ना बाबु आमाकी कान्छी छोरी हुन् । वि.सं. २०२५ सालमा बाबु खगेन्द्र प्रसाद देवकोटा तथा आमा भद्रकुमारी देवकोटाको कोखबाट सर्लाही जिल्लाको भक्तिपुर गा.वि.स.मा जन्मिएकी देवकोटाका १ दाजु र ३ दिदी(बहिनी छन् । उनको परिवार सुरुदेखि नै पञ्चायत व्यवस्थाको विरुद्धमा आन्दोलन गर्दै जाँदा वि.सं. २०३७ साल फागुन १२ गते तत्कालिन व्यवस्थाले दाजु ऋषि देवकोटाको ज्यानै लिएको परिवार पनि हो । पछिल्लो राजनीतिक भाषामा भन्ने हो भने देवकोटा परिवार शहीद परिवार हो । अहिलेका राजनीतिकर्मीहरु तथा परिवारले राज्यद्वारा सर्वस्वहरण गरी गाउँतथा देश निकालाको पीडा भने भोग्नु परेको छैन । यो भने राम्रो पक्ष हो । 
    देवकोटाको विवाह वि.सं. २०४३ साल फागुन २९ गते ओखलढुङ्गाको ( हाल ) सिन्धुली बस्ने कुमार कोइरालासंग आफनै रितीरिवाज अनुसार मागी विवाह भएको हो । विवाह पश्चात श्रीमान्को घरमा बुहारी र श्रीमतीको भूमिकामा रही माक्र्सवाद र लेलिनवादको राजनिती भने उनले अझै गर्दै आइरहनु भएको पाइएको हो । घर परिवार हेर्दै, समाज परिवर्तनका लागि राजनीतिमा लागिरहनका निम्ति विभिन्न कालखण्डलाई उनले पार गर्दै १ छोरी र २ छोराको आमाले निभाउनु पर्ने भूमिका रामैसँग निभाउँदै आउनु भएको छ । जेठो छोरीको विवाह गरिसकेपश्चात अरु बच्चाहरुको पनि राम्ररी लालनपालन गरिसके पछि उनी अहिले पूर्णकालीन राजनीतिमा लागेकी छन् । पर्साको वीरगंजमा भएको आन्दोलनहरुमा कम्युनिष्ट महिला नेतृको रुपमा वि.सं. २०५२ साल देखि उनी चर्चित छन् । अहिले उनी प्रदेश नं.२ को सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यका रुपमा पार्टीको जिम्मेवारी वहन गर्दै आइरहेकी छन् । तिनै निर्मला देवकोटासँग मध्य नेपाल सन्देशका लागि गरिएको संक्षिप्त कुराकानी :-
    – तपाई कति वर्ष देखि यो पार्टीमा काम गर्दै हुनुहुन्छ ?
    मेरो घर(परिवार सुरुदेखी नै कम्युनिष्ट आन्दोलनमा लागेकाले वहाँहरुकै प्रेरणाबाट प्रेरित भई विधार्थी जिवनदेखि नै म यो पार्टीमा लगातार लागिरहेकी छु ।
    – मधेशी दलले संविधान संसोधनको प्रस्ताव गरिरहेका छन् । तपाईको पार्टी सविंधान संसोधनको पक्षमा छ कि छैन ?
    अब यो हाम्रो समग्र पार्टीको कुरा हो । यसमा के धारणा छ भन्दा पनि संविधान संसोधन गर्ने नगर्ने भन्ने कुरा त्यो के(के मा कमी कमजोरी छ ? वा संविधानमा संसोधन गर्नु पर्ने प्रमुख मुंद्दा के हुन् सो पहिले क्लियर हुनुप¥यो । हाम्रो पार्टीले नेपालीलाई अहित हुने गरी संविधान संसोधन नगर्ने भन्ने कुरै हुँदैन । हाम्रो एमालेको निती भनेको सम्वृद्ध नेपाल बनाउने हो । सम्वृद्ध नेपाल बनाउनको लागि संविधान संसोधन गर्नु हुन्न भनेर एमालेले कहिल्यै भन्दैन । सम्वृद्ध नेपालको निम्ति आवश्यकता परे अनुसार हाम्रो पार्टी सविंधान संसोधनको पक्षमा रहेको छ । हाम्रो पार्टी विचार र सिद्धान्तमा स्थापित पार्टी हो । 
    – मधेसमा नेकपा एमालेको पकड खस्किरहेको छ नि, यसमा तपाईको भनाई के छ ?
    एमाले नै प्रमुख पार्टी हो । एमाले नभएको प्रायः कुनै घर छैन । र पहिलो संविधान सभाको चुनावमा एमाले कम सिट ल्याएपछि दोस्रो संविधान सभामा एमालेले बढी सिट जित्नु नै एमालेको जनाधार भएको प्रमाणित हुन्छ । एमालेको विरुद्दमा षडयन्त्र भए पनि भखरै बारा जिल्लाको अधिवेसनमा हजारौ मधेसी जन समुदायको उपस्थिती ले प्रमाणित गरेको छ । मधेसमा एमालेको जनस्तर घटेको होइन । बरु जनलहर बढेको हो । यो एमालेको विरोध गर्नेहरुले भन्ने भाषा मात्र हो । 
    – तपाई नेकपा एमालेमा भएर तराईको महिला उत्थानको लागि के(के गर्दै हुनुहुन्छ ?
    तराईमा महिला हिसां बढेको छ । अहिले पनि मधेसमा घुंघट प्रथा अन्त्य भएको छैन । सो प्रथाबाट उन्मुक्तिको लागि महिलाहरुलाई सर्वप्रथम बाहिर ल्याउने मेरो प्रयास रहन्छ । र महिला हिंसा बन्द गर्ने सन्दर्भमा आफ्नो ठाउँबाट पहल गरिरहेको छु । तराईका महिला आफै पनि माथि उठ्ने प्रयास गर्नुपर्छ । यो सबैको लागि पहिलो कुरा चेतनाको स्तर माथि उठ्नु पर्छ अगुवाहरुको काम चेतना जगाईदिने हो ।
    – मधेसको महिलाहरुको लागि गर्ने कार्ययोजना र तपाईले आफनो पनि जीवन को लक्ष्य के छ ? अन्त्यमा बताईदिनुस न ?
    मेरो लक्ष्य भनेको देश र जनताको लागि कार्य गर्ने हो । अब जागिर त खाने होइन् । जागिर त पहिला नै वनको ६ महिना खाएर छोडेर राजनितीमा आएकी छु । योजना भनेको मेरो घर वीरगंज हो । मैले गर्ने राजनीति थलो पनि वीरगंज नै हो । वीरगंजको विकासको साथै यहाँको महिलाको लागि पनि थप काम गर्ने नै हो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजको विकास र यहाँको महिलाको हितमा काम गर्छु : नेतृ देवकोटा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top