-

  • नयाँ खबर

    16 October, 2016

    सनस्क्रिन प्रयोग छाला जोगाउने राम्रो उपाय


    – बिमला गुप्ता 
    मध्य नेपाल सन्देश,
    जाडो होस् या गर्मी, हामी जहिले पनि घामको सम्पर्कमा आउने गर्दछौँ । घामले सूर्यको अल्टूाभाइलेट किरणले हाम्रो छालामा नराम्रो असर पु¥याउने गर्दछ । छालामा कालो दाग, रुखोपन, चाउरिपन जस्ता समस्याले प्रायः पीडित हुने गर्दछौँ । यस्तो बेलामा हामीले समयमै ध्यान पु¥याएनौँ भने झन समस्या बढ्दै जान्छ । गर्मीमा काम बिशेषले बाहिर निस्कँदा घामको समस्या र जाडोमा न्यानोको खोजीमा घाममा बस्नुपर्ने बाध्यता सबैलाई हुने गर्दछ । यस्तो बेलामा हाम्रो छालाको सुरक्षा कसरी गर्दा उपयुक्त होला ? धेरैले जानेको नहुन सक्छ । छालाको सुरक्षाको एउटै उपाय हो, सनस्क्रिन लोसन । जसलाई छालाको कवच पनि भन्न सकिन्छ । सनस्क्रिनमा रहेको Sun Rotection Fact) ले घामबाट छालाको सुरक्षा गर्दछ । झन अहिले बजारमा आएका धेरै राम्रा कम्पनिहरुमा त घामबाट बचाउने तत्व बाहेक छालालाई आवश्य पर्ने भिटामिन ‘ए, वि, सी’ तथा ‘ई’ जस्ता तत्वहरु समेत पाइन्छ गरेको छ । सनस्क्रिनकै बारेमा थपजनकारीका लागि मध्य नेपाल सन्देशका लागि बिमला गुप्ताले सौन्दर्य क्षेत्रमा राम्रो दखल राख्ने फेमिन ब्यूटी होमकी बरिष्ठ व्यूटिसियन गुड्डी जोशीसंग गरेको विशेष कुराकानी । 
    अहिले बजारमा कस्ता प्रकारका सनस्क्रिनहरु पाइन्छ् ?
    – अहिले प्रतिस्पर्धाको बजार हो । विभिन्न कम्पनीहरुले विभिन्न प्रकारका सनस्क्रिनहरु बजारमा ल्याएका छन् । बजारमा अहिले मुख्यतः म्याट, जेल र क्रिमगरी तीन प्रकारका सनस्क्रिन पाइन्छ । यी तीन सनस्क्रिनमध्ये म्याट तयलीय (ओयली) स्क्रिनका लागि राम्रो हुन्छ, जेल सनस्क्रिन पनि तयलीय (ओयली) स्क्रिनको लागि हो र अर्को क्रिमसन स्क्रिन चाही डूाइ स्क्रिनको लागी राम्रो हुन्छ । 
    अहिले बजारमा विभिन्न कम्पनीका सनस्क्रिनहरु पाइन्छन् कुन रोज्ने र खरिद गर्ने ?
    – सनस्क्रिन खरिद गर्दा फ्लेवर र क्एँ माध्यान दिनुपर्छ । पहिला आफुूलाई कुन फ्लेवर मन परेको छ, त्यो रोज्ने र आफ्नो छालाकुन सनस्क्रिनका लागि उपयुक्त छ । त्यही अनुसारको क्एँ खरिद गर्ने । क्एँ १५ देखि ६० सम्मको आउछ । गोरो छाला, मध्यम छाला र कालो छालाको लागि फरक फरक क्एँ प्रयोग गर्नुपर्ने हुदाँ खरीद गर्दा यस माध्यान पुरु¥याउनु पर्ने हुन्छ । आफूलाई यस विषयमा जानकारी छैन भने एउटा राम्रो ब्यूटिसियनसंग सल्लाहलिनु उत्तम हुन्छ ।
    सर्वप्रथम गोरो छालाको लागि कुन सनस्क्रिन राम्रो हुन्छ ?
    – गोरो छालाको लागीत सनस्क्रिन एकदमै आवश्यक हुन्छ । किनभने यो स्क्रिन धेरै नै सेन्सेटिभ हुने भएकोले घामले चाडै कालो हुने डर हुन्छ । गोरो छालाको लागि ४०, ५० र ६० क्एँ भएको सनस्क्रिन लगाउनु पर्दछ ।
    अनि मध्यम छालाको लागि कुन सनस्क्रिन राम्रो होला ?
    – गोरो छालाभन्दा मध्यम छालालाई घामको कम प्रभावहुने भएकोले यसमा क्एँ कम हुन्छ । यो स्क्रिनको लागि २०, २५ र ३० क्एँ को सनस्क्रिन लगाउनु पर्दछ ।
    कालो छालाको लागिकुन सनस्क्रिन राम्रो हुन्छ ?
    – कालो छालामा सूर्यको किरणको त्यति प्रभाव हुदैन । तर पनि स्क्रिन अझै डार्क नहोस् त्यसको लागि क्एँ १५ को सनस्क्रिन लगाउनु पर्ने हुन्छ ।
    सनस्क्रिनकुन समयमा र कसरी प्रयोग गर्ने ?
    – कतिपय महिलाहरुमा गलत धारणा के हुन्छ भने, सनस्क्रिन बाहिर जादाँ मात्र लगाउनु पर्दछ । तर त्यस्तो गर्नु हुदैन । सनस्क्रिन हामीले बाहिर जादाँपनि र घरमा बस्दा पनि लगाउनु पर्दछ । घरमा कुच्चो लगाउदा, घर सफागर्दा हाम्रो छालामा आँखाले नदेखिने फोहरका कणहरु टासिने हुन्छ । भान्सामा खाना पकाउँदा पनि ग्याँसबाट निस्कने रेज, तरकारी झान्ने बेला निस्कने रेजले समेत हाम्रो स्क्रिनलाई नराम्रो असर पार्ने गर्दछ । जसले गर्दा हाम्रो छाला डल भएर जान्छ । त्यही भएर घरभित्र सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसको लागि अलग्गै २ किसिमको सनस्क्रिन हुन्छ । घरमा लगाउनका लागि सनस्क्रिनक्रिम राम्रो हुन्छ र घर बाहिर जाँदा सनस्क्रिन लोसन प्रयोग गर्नुपर्दछ 
    सनस्क्रिनप्रयोग गर्दा कुनकुन कुरामाध्यानदिनु पर्छ ?
    – सनस्क्रिनहामीले दिनको ३ पटक प्रयोग गर्नुपर्छ । नसके कम्तीमा दिनको दुईपटक प्रयोग गर्नुपर्छ । किनभने एक पटक प्रयोग गरेपछि सनस्क्रिनले दिनभरीको लागी काम गर्दैन । यसको अवधि एक घण्टा मात्र हो । हामीले घाममा धेरैवेर काम गर्नुपर्छ । त्यो बेला बिचबिचमा मुख पखालेर सन स्क्रिन लगाउनु पर्दछ । विशेष ध्यान दिनुपर्ने कुरा एकदमै थोरै मात्रामा नलगाउने र यदि ब्यूटिशियनको सल्लाह मान्ने हो भने मिडियम साइजको चम्चामा आधि चम्चा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । 
    सनस्क्रिन खरिद गर्दा कस्तो ब्राण्डहरुमा ध्यान दिनुपर्छ ?
    – बजारमा अहिले धेरै ब्राण्डका सनस्क्रिन आएका छन् । तर राम्रो क्वालिटी भएको ब्राण्ड प्रयोग गर्दा झनै राम्रो हुन्छ । कुन ब्राण्ड राम्रो छ त्यसको बारेमा जानकारी छैन भने व्यूटिसियनसंँग जानकारी लिएर अनि मात्र खरिद गर्दा राम्रो हुन्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सनस्क्रिन प्रयोग छाला जोगाउने राम्रो उपाय Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top