-

  • नयाँ खबर

    16 October, 2016

    खुसीको पर्वलाई स्वागत जस्तै गह्रौं विदाइ

    गीता भण्डारी,
    मध्य नेपाल सन्देश,
    हाम्रो धर्म र सँस्कृतलाई जोगाई राख्न अनि परिस्थितिको कावुमा रहेर परिवारबाट विछोडिई देश विदेशमा भएका परिवारका सदस्यहरुको जमघट गराउने पर्व सबै नेपालीको घरआँगनमा भित्रिसकेको छ । यसलाई हिन्दुहरुको महान् पर्व बडादशैं पनि भन्ने गरिन्छ । यो पर्वलाई नेपालको धेरै ठाउँका नागपरिकले एक आपसमा आर्शिवाद लिने दिने पर्वको रुपमा पनि मनाउने गरेको पाइन्छ । आफन्तसंगको भेटघाट र थोरै समयको लागी भए पनि आफ्ना दुःख पीडालाई भुली खुसी आदन प्रदान गर्ने प्रचलनले गर्दा खुसीको पर्व भन्दा खासै फरक पर्दैन । सुखानुभूति नै त हो पर्व भनेकोभन्दा अत्युक्ति नहोला । 
    नेपालीको घरआँगनमा भित्रिसकेको यस पर्वलाई हामीले गर्ने स्वागत र विदाई ुआफ्नो घाँटी हेरी हाड निल्नु पर्छु भन्ने उक्तिलाई पनि मनन् गर्दै मनाउँदा अझ बाञ्छनीय हुन्छ । क्षणिक खुसीको लागी जे पनि गर्न तयार हुने मानसिकताबाट बाहिर आउन अब जरुरी छ । चार्डपर्वका नाममा भइरहेको अप्रत्यासित खर्चले पर्वलाई विदा गरिसक्दा आउदो छ महिनाको लागी उठ्नै नसक्ने भार बोकी बिदा गर्न हुन्न । गरीब देश तर महँगीले आकाश छोएको यस सँघारमा आफ्नो आय स्रोतको ख्याल गर्दे जसरी खुसी बोकेर आएको छ पर्वले त्यसैरी नै विदा गर्ने माहोलको सृजना गर्नुपर्छ । हुन त चाडपर्व हो, मिठो खाने, राम्रो लाउने रहर जोकोहीलार्ई हुन्छ, यो स्वभाविक कुरा पनि हो । तर चाडपर्वको नाममा सर्वसाधारण परिवारमा उत्पन्न हुने संकटलाई हामीले बुझ्न जरुरी छ । आफ्ना छोराछोरीको ईच्छा पुरा गर्न र अरुको देखासिखी गरी हुँदा खाने र हुने खानेहरु बीच बराबरी गर्न प्रयास गरिए यसले नराम्रो पारिवारिक भार बोकाउन सक्छ । यसबाट बच्न र ऋणमुक्त हुन हुँदा खानेहरुले हुनेखानेहरुसँग देखासिखी नगरेकै बेस । चाडपर्व मान्नु पर्छ, मीठो मसिनो खानु पर्छ, तर आफ्नो सामथ्र्य र अवस्था अनुसार खर्च गर्ने बानीको विकास गर्न पनि उतिकै आवश्यक छ । यसले आगामी सम्भावित दूर्घटनाबाट बच्न सकिन्छ । 
    पर्व भन्ने बित्तिकै टाडा टाडाका आफन्त सँगको भेटले पनि उतिकै महत्व राख्दछ । परिवारका सदस्यसँग बिभिन्न कारणले टाडिएका आफन्तलाई यस पर्वले एकै ठाउँमा केन्द्रित गराउँछ । तर टाडिएर रहेका आफन्तहरु एक ठाउँमा भेला हुने यात्रा गर्ने बाटोको अवस्था भने उति सोचेजस्तो सहज छैन ।  कच्चा सडक, यात्रुहरुले भरिएको खचाखच भिड सवारी, मादकपदार्थ सेवन गरी चालकले गर्ने काम विभिन्न कारणले भइरहेको अत्याधिक सडक दुर्घटनालाई हेर्दा बरु यो चाड पर्व नआएकै भए हुन्थ्यो भने झंै आम मानिसमा निराश छाउने वातावरण बन्नु हुँदैन । देश विदेश तथा बिभिन्न ठाउँबाट हर्ष उल्लास बोकेर आफ्नो जन्म थलो फर्किने सपना सझाएर फर्किएका आफन्तहरुको सडक दुर्घटनाका कारण अल्पआयुमै ज्यान गए यो असहज पक्षको जिम्मेवारी राज्यले लिनुपर्छ । देश विकाशको नाममा झुटा सपना बाँडेर सत्ताको मोहमा लीन राजनीतिकर्मीहरुले फेरी पनि निर्वाचनमा जनताकै शरणमा आउनुपर्छ भन्ने कुरा भुल्न हुँर्दैन । निर्वाचनमा भोट दिने जनताको हितमा काम गर्ने व्याक्तिलाई चुन्न जनताले पनि चनाखो त हुनु पर्छ नै । आफ्नै गाउँटोलको विकासमा ध्यान नदिने र खाली विदेशीको चाकडी गर्ने लफ्फाजीहरुलाई पर्वको समयमा भोग्ने सास्तीले पनि पाठ सिक्न आवश्यक छ । गाउँ समाज र देशको विकास नभए सम्म हामीले जोखिम उठाएर एकबर्ष गरेको सफल यात्राको कुनै अर्थ रहन्न । पर्वकै वहानामा कुनै नेपालीको दूर्घटनामा मृत्यु हुने वातावरण अन्त्य भएर खुशीको जिन्दगी बिताउन सकेमात्र पर्वको पनि अझ सार्थकता चुलिन्छ । यो अवस्थालाई सरोकारवाला राज्यका निकाय र राजनीतिको सयर गर्नेहरुले राम्रोसँग बुझी समयमै ध्यान पु¥याउन सकेमात्र सम्भावित त्रास र जोखीमबाट नेपालीमन अझ प्रसन्नतामा रमाउन पुग्छ । 
    यात्राको क्रममा हुने बिपत्ति र दूर्घटनाबाट आम नागरिकलाई बचाउन राज्य पक्षले सडक निर्माण, अधिक चाप नियन्त्रण र लागुऔषध तथा मदिरा सेवन रहित चालकले गर्ने कार्यसम्पादनलाई व्यवस्थित गर्न आवश्यक छ । दूर्गामाताले सर्वप्रथम उनीहरुलाई सद्बुद्धि दिउन् । अनि आफ्ना आफन्तसँग रमाउने र ठूलाजनको आर्शिवाद लिन आउने जाने आफन्तहरुको खुसी र उमंगमा पनि दूर्गामाताको आर्शिवाद चाहिन्छ । तब मात्र हरेक नेपालीको घरघरमा भित्रिसकेको महान् पर्व तथा परम्परा र संकृतीको जर्गेनाले  पनि निरन्त्रता पाइरहन्छ । नत्र खुम्चिएको मनमा आउने हरेक पर्वले पुरानो घाउको खाटा उक्काउने अवस्था आए पर्वको आगमनमा आउने उमंग मात्र होइन यसले पाउने सम्मानमा पनि कमी आउन सक्छ । त्यसैले खुशी साथ आउने पर्वलाई खुशीसाथ विदाइ गर्न पाउन व्यवस्थित बजारभाउ र अस्तव्यस्ततालाई चीर्न आवश्यक छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खुसीको पर्वलाई स्वागत जस्तै गह्रौं विदाइ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top