-

  • नयाँ खबर

    03 October, 2016

    मध्य नेपाल — साताको बोलि !

    चाडपर्वको समय नजिकैदै छ । अन्य समयको तुलनामा यो समयमा हरेक घरपसलबाट बढीफोहार बाहिर निस्कन्छ । यको साथै निरन्तरताको लागि पनि नगरको सुन्दरतामा ध्यानदिन के – के गर्नुपर्छ ?



    मिराज

    पानीटंकी, वीरगंज

    पुरान गाडीहरु नगर प्रवेशमा रोक लगाउने । घर तथा पसलबाटनिस्केको फोहोर एक ठाउँमा मात्र राख्ने र नगरपालिकाले सफाउठाउने । आ–आफनो घर अगाडीको सरसफाई गर्ने । 







    पिन्टु तिवारी

    श्रीपुर, वीरगंज

    वीरगंजलाई सफा राख्न सवैले आ–आफनो घर अगाडी सफा राख्ने । बाहिर दिसा पिसाव गर्न भएन । सरसफाई कर्मचारीले आफनो जिम्मेवारी पूरा गर्नुपर्छ । पानीको उचित व्यवस्थापन गर्नुपर्छ । 








    प्रतीक यादव

    मुर्ली बगैँचा, वीरगंज

    हाम्रो वीरगंज नगर एकदमै फोहोर भइसकेको छ । यसलाई सफा राख्न सर्वप्रथम सडक राम्रो बनाउनु प¥यो । जथाभावी फोहोर फाल्नु हुदैन । चर्पीको उचित ढंगले प्रयोग गर्नुपर्छ । सफा गर्नु भन्दा सफा राख्ने प्रयास गर्नु पर्छ । सफाराख्नलाई अरुलाई पनि प्रेरित गर्नुपर्छ । फोहोर फाल्ने कलकारखानालाई पनि थप सचेत गराउनुपर्छ । नटेरे कार्वाही प्रकृया पनि अपनाउनु पर्छ । 





    माया पन्तवीरगंज

    सरसफाइको लागि सबैजना जुटनु पर्छ, एक जनाले हुदैन । बाटो बाटोमा दिसापिसाब गर्ने पुृरानो शैलीलाइ अब परिवर्तन गर्नुपर्छ । पहिले त्यसलाई सम्झाई बुझाइ र अटेर गरे कार्वाही पनि गर्नुपर्छ । 





    सुरज साहश्रीपुर 

     घर तथा पसलबाट निस्केको फोहोर एक ठाउँमा मात्र राख्ने र नगरपालिकाले फोहोर उठाउने गर्नुपर्छ । आ–आफनो घर अगाडीको सरसफाई पनि स्वयम्ले पनि गर्नुपर्छ । 




    राजेन्द्र प्रसाद कलवारब्रम्हचौक , वीरगंज

    घरको फोहोर जम्मा गरेर नगरपलिकाले तोकेको समय तथा स्थानमा राख्नु पर्छ । सबैेले आ–आफनो स्थानबाट सरसफाइको कार्यका लागि सहयोग पनि गर्नुपर्छ ।






    खुशीलाल यादवश्रीपुर, वीरगंज

    आ–आफनो घर अगाडीको सरसफाई आफैले गर्ने । घरको फोहोर जम्मा गरेर राखी उपमहानगरपालिकाबाट फोहोर उठाउन आएपछि सबैले त्यसमा नै आफ्नो घर पसलबाट निस्किएको फोहोर फाली दिने । 





    संजय कुमारघण्टाघर, वीरगंज

    खाने कुरा बेच्ने ठेलाहरुले आफ्नो कारण निस्किएको फोहोरको व्यस्थापन पनि आफै गर्ने । ढल तथा नालाको सरसफाई तथा व्यस्थापनमा उपमहानगरपालिकाले पनि उचित ध्यान दिने । नगरवासीले आफ्नो घर आँगनमा जम्मा गरेको फोहोर संकलन गरी उचित ठाउँमा व्यवस्थापन गर्ने । 

                                                                                                                                                                        तस्बिरहरु : मध्य नेपाल सन्देश

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मध्य नेपाल — साताको बोलि ! Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top