-

  • नयाँ खबर

    16 October, 2016

    सहरी वातावरणीय सुधार परियोजनाको काम पुनः शुरु


    मध्य नेपाल सन्देश, 
    एशियाली विकास बैङकको ऋण सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहर एकिकृत सहरी वातावरणिय सुधार परियोजनाको काम पुनः शुरु भएको छ । 
    वर्षाका कारण र गिट्टी बालुवाको अभावमा स्थगित भएको परियोजनाको काम पुनः सञ्चालनमा आएको हो । नगरका विभिन्न ७ स्थानमा परियोजनाको काम चलिरहेको परियोजनाको वीरगञ्ज व्यवस्थापक ठाकुर ढकालले जानकारी दिनुभएको छ । सुरुवाती चरणमा ७ वटा स्टेशनमा मात्रै काम शुरु भएको भएपनि दशैं लगतै नगरका हरेक स्टेशनमा काम सञ्चालन गरिने उनले बताए ।
    लगभग २ अर्ब ८० करोडको लगानीमा वीरगञ्जमा सञ्चालित परियोजनाको काम हाल सम्म ५० प्रतिशत सम्पन्न भईसकेको वीरगञ्ज उपमहानगरपालिका कार्यालयका निमत्ति कार्यकारी अधिकृत प्रकाशमान अमात्यले बताए । उनका अनुसार नाला, विस्तार, ड्रेनको काम, सडकका भित्रि भागको कामहरु लगभग सम्पन्न भईसकेको छ । 
    यसैगरि अबको योजनामा रोड पिच गर्ने, रिट्रिटमेन्ट पार्क, रिजुलेसन पार्क, ट्वाईलेट तथा घर भान्साको पानी नालामा जोड्ने लगायतका कामहरु बाँकी रहेकाले दशैं सकिएपछि कामलाई तिब्रता दिने योजना रहेको उनले बताए । नगरपालिकाले तिर्नुपर्ने म्याचिङ फण्ड जुटाउन कठिनाई भईरहेको छ । उनले भने नगरपालिकाले तिर्नुपर्ने लागतको ८ प्रतिशत म्याचिङ फण्डमा १२ करोड बुझाईसकेको र बाँकी १२ करोड २०७४ असार मसान्तभित्र बुझाईसक्नुपर्ने चुनौति रहेको निमित्त कार्यकारी अधिकृत अमात्यले जनकारी गराए । म्यमचिङ्ग फण्डका लागि नगरपालिकाले नेशनल मेडिकल कलेज, साल्ट ट्रेडिङ्ग लिमिटेड लगायतका संघ संस्था तथा व्यक्तिसँग रहेको बक्यौता कर अशुल्न ताकेता गरिरहेको बताए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सहरी वातावरणीय सुधार परियोजनाको काम पुनः शुरु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top