-

  • नयाँ खबर

    29 October, 2016

    म जुन तिमी तारा आउँदै


    मध्य नेपाल सन्देश, 
    वीरगंजका मोडेल युवराज केसरीको नयाँ नेपाली म्युजिक भिडिओ  म जुन तिमी ताराको छायाँकनको शुरु भएको छ । 
    यस अघि चारवटा म्युजिक भिडिओमा अभिनय गरिसकेका केसरीको फेरी यो भिडियो आउने तयारीमा छायाँकन सुरु भएको हो । पाँचौ म्युजिक भिडिओ तिहार र छठ पर्वको उपलक्ष्यमा बजारमा ल्याउने तयारी भइरहेको निर्माता निरबिक्रम कार्कीले बताएका छन् । 
    वीरगंजका चर्चित मोडलहरुसंग युवराजले खेलेको मायालु तिमीमा भारती गुरुङ्ग, जिन्दगीमा प्रिया क्षेत्रि, तिमीलाई देखेर कास्मा अधिकारी, तिम्रो खुशीमा श्रेया मानन्धरका साथ सफलता चल्दै आएको बुझिएको छ । पाँचौ म्युजिक भिडिओ मोनिका श्रेष्ठका साथ छायाँकन कार्य शुरु गरिएको कोरीयोग्राफर एवं निर्देशक बिजय ठाकुरले बताए । 
    २०१४ मा वीरगंज मोडेल भएका युवराज केसरी विभिन्न ईभेन्टहरुमा फैसन शो, व्युटि प्रेजेन्ट प्रतियोगिता र निर्णायकको भुमिका समेत रहँदै आएको जनाइएको छ । 
    म जुन तिमी तारा म्युजिक भिडियोको वीरगंज, सिमरा र जितपुरमा सुटिङ्ग हुने सहायक निर्देशक एवं क्यामरा मैन बिकास गुरुङ्गले  बताए । 
    म्युजिक भिडियोमा मैकअप म्यान धिरेन्द्र ठाकुर र गायक अनुप तिवारी रहेको गुरुङ्गले बताए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: म जुन तिमी तारा आउँदै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top