-

  • नयाँ खबर

    27 October, 2016

    मधेसको सवालमा सकरात्मक नभए एमाले विरुद्ध आन्दोलन गरिने – अध्यक्ष महतो


    कार्तिक ११ पर्सा, 
    मध्य नेपाल सन्देश । 
    सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र महतोले मधेसको सवालमा एमाले सकरात्मक नभए एमालेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । विहिवार प्रेस मंच नेपाल पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले पटक पटक यि तीनै ठुला दलले मधेशी माथि बेइमान गरिरहेको आरोप लगाउदै छठ भीत्रमा संविधान संशोधनको प्रस्ताव सांसदमा पेश नभए छठपछि ठुलो आन्दोलन हुने बताएका थिए । उनले खसवादीहरुको स्वार्थपुर्तिको लागि देश ओझेलमा पर्दै गएको आरोप लगाए । उनले देशलाई निकास दिनुको सट्टा लोकमान प्रकरण ल्याएर मधेस मुद्दालाई ओझेल बनाउने तिन ठुला दलले चलखेल गरिरहेको आरोप लगाएका थिए । 
    पत्रकार सम्मेलनमा सदभावना पार्टीका महासचिव सरोज यादव, केन्द्रिय सदस्यहरु निजामुदिन समानी, रेखा यादव, योगेन्द्र यादव, संसदिय समिती सदस्य  बिपिन यादव, वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले गरेका थिए भने पत्रकार सम्मेलन कार्यक्रम प्रेस मंच नेपाल पर्सा शाखाका उपाध्यक्ष नन्दकिसोर गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसको सवालमा सकरात्मक नभए एमाले विरुद्ध आन्दोलन गरिने – अध्यक्ष महतो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top