-

  • नयाँ खबर

    23 October, 2016

    सर्ट मूभीको धन्दा

    युवराज खत्रीद्वारा निर्देशित सर्ट मूभी नाठो को एक दृश्य।

    यूट्यूबको माध्यमबाट पैसा कमाउने उद्देश्यले केही समूह खुलेआम अश्लील फिल्म बनाइरहेका छन् । अपवाद छाड्ने हो भने, यूट्यूबमा नेपाली श्रव्य – दृश्य सामग्रीको ’भ्यूअर्स’ लाखको हाराहारीमा पुग्न हम्मे पर्छ । तर, ’सर्ट मूभी’ को हकमा यो ठ्याक्कै उल्टो छ । यस्ता कथित सर्ट मूभीका दर्शक करोड नाघेका छन् । उदाहरण हो, कलेज बंक । 
    इन्जोय नेपाल नामबाट अपलोड भएको यो भिडियो अहिलेसम्म करीब दुई करोड ९३ लाख भन्दा बढी हेरिएको छ । कुलन टिभीले अपलोड गरेको गेस्ट हाउस हेर्नेको संख्या पनि करोड नाघेको छ । यस्ता थुप्रै ’सर्ट मूभी’ छन्, जसका दर्शक करोडौं छन् । तर, यी सर्ट मूभीहरु न सार्वजनिक रुपमा हेर्न मिल्छ, न बनाउन नै । अधिकांश भिडियोमा द्विअर्थी संवाद, कामोत्तेजक दृश्य छन् । कथावस्तु र प्रस्तुतिमा कुनै कलात्मकता छैन । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको ठम्याइमा यस्ता भिडियो कलाको श्रेणीमा पर्दैनन् ।
    सर्ट मूभी निर्माणमा चल्तीका कलाकारदेखि नवप्रवेशीहरुको ठूलो झुन्ड सक्रिय छ । यसको मुख्य ध्येय भनेकै पैसा कमाउनु हो । यूट्यूबमा कामोत्तेजक ’सर्ट मूभी’ अपलोड गर्छन् र त्यसैको भ्यूअर्सको आधारमा गुगल एडबाट पैसा आर्जन गर्छन् । यूट्यूब अकाउन्टमा कुनै सामग्री अपलोड गरेपछि उक्त सामग्री कहाँबाट, कति समय, कति पटक हेरियो? त्यसैको आधारमा गुगल एडमार्फत पैसा ब्यांक खातामा जम्मा हुन्छ । ूतर, कति भ्यूअर्सको पैसा कति हुन्छ भन्ने ठ्याक्कै हिसाब हुन्न । त्यो भ्यूअर्स रहेको मुलुक र उक्त सामग्री हेरेको समयावधिको आधारमा पैसा पाइन्छू, टेलिचलचित्रमा ’दर्शने’ नामबाट चिनिएका र केही सर्ट मूभी बनाइसकेका सुरेश थापा भन्छन्, आम्दानी भने राम्रै हुन्छ ।
    अश्लीलता बेच्दै
    ’सिम्पल सिम्पल कान्छीको’ गीतका गीतकार शंकर अधिकारी ’घायल’ पनि सर्ट मूभीको निर्देशनमा लागेका छन् । हास्यकलाकार सुरवीर पण्डित पनि ’सर्ट मूभी’ मै व्यस्त छन् । एकाध यस्ता पात्र पनि छन्, जसले सर्ट मूभीबाटै चर्चा पाएका छन् । सपना लामिछाने सर्ट मूभीमा छाएकी छिन् । उनले थुप्रै सर्ट मूभीमा अभिनय गरेकी छिन् । म्यूजिक कम्पनीहरु आम्दानीका लागि सर्ट मूभीको कारोबारतिर आकर्षित छन् । म्यूजिक नेपालले फिप्टी रुपिज र रुम नम्बर १०३ नामका कामोत्तेजक ’सर्ट मूभी’ अपलोड गरेको छ ।
    हाइलाइट नेपालले लोग्ने मान्छे त, बूढा सुब्बा डिजिटल प्रालिले नानीको महीनावारी जस्ता भिडियो राखेको छ । त्यसबाहेक कुलन टिभी, एनपीलाइट टिभी, सर्ट मूभी नेपाल, एन्जोए नेपाल, एनएचएस मिडिया जस्ता थुप्रै यूट्यूब च्यानल छन्, जसको धन्दा सर्ट मूभी हो । यूट्यूब च्यानल सञ्चालन गर्नेहरुले एउटा सर्ट मूभी निर्माणका लागि रु.५ हजारदेखि रु.१५ हजारसम्म लगानी गर्छन् । कलाकार सुरेश थापा भन्छन्, ूकेही बिचौलिया पनि छन् । उनीहरुले च्यानलवालाबाट एकमुष्ट पैसा लिन्छन् र त्यसको केही अंश मूभी बनाउनेलाई दिन्छन् ।ू
    सर्ट मूभी निर्माणका लागि एउटा डीएसएलआर क्यामेरा, रिफ्लेक्टर भए पुग्छ । अधिकांश एकै कोठा वा स्थानमा छायांकन गरिन्छ । धेरैजसोले काठमाडौं आसपासका सुनसान क्षेत्रहरुलाई सुटिङ स्पट बनाएका छन् । थापाका अनुसार कतिपयले सर्ट मूभी खिच्नकै लागि कोठा भाडामा लिएका छन् । एक टीमले एकै दिनमा तीन वटासम्म सर्ट मूभीको सुटिङ भ्याउने गरेका छन् । शंकर अधिकारी ’घायल’ भन्छन्, ूदिमागमा अवधारणा भएपछि सुटिङ गर्न समय लाग्दैन । सञ्चारमाध्यममा कुनै अपराध(घटना आउनासाथ उनी त्यसै घटनामा आधारित सर्ट मूभी बनाउन तम्सिहाल्छन् । आफूले ’छाडा’ सर्ट मूभी नबनाएको उनको दाबी छ । सर्ट मूभी खेल्ने धेरै युवायुवतीलाई पारिश्रमिक दिनु पर्दैन । कपडा, मेकअप सबै व्यवस्था उनीहरुले नै गर्छन् ।
    छैन सेन्सर
    सेक्सी अफिसर, हन्टर ब्वाई, जवानीको रन्को जस्ता शीर्षकका सर्ट मूभी छन्, जो सि ग्रेडका हिन्दी सिनेमा जस्तै लाग्छ । सुरेश थापाका अनुसार कति त ’पोर्न मूभी’ भन्दा कम छैनन् । सार्वजनिक सरोकारको विषयमा तयार हुने श्रव्यदृश्य सामग्री ’प्रसारण ऐन’ अन्तर्गत दर्ता हुनुपर्ने प्रावधान छ । यसका लागि नेपाल चलचित्र विकास बोर्डमा श्रव्यदृश्य सामग्रीको पटकथासहित आवेदन दिनुपर्छ । यस्ता सामग्री सार्वजनिक प्रसारण हुनुअघि सेन्सर हुनुपर्छ । ूयो प्रक्रियामा नभएकाहरु अनधिकृत हुन् । उनीहरु कारबाहीको भागीदार हुनुपर्छू, चलचित्र विकास बोर्डका अध्यक्ष राई भन्छन् ।
    चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावलीले यस्ता सामग्रीलाई नियमन गर्ने व्यवस्था गरेको छ । तर, २०२६ सालमा बनेको चलचित्र ऐनमा कारबाहीको प्रावधान भने कमजोर छ । ऐनमा अनधिकृत रुपमा निर्माण हुने कुनै पनि श्रव्यदृश्य सामग्री (सार्वजनिक सरोकारको) सामान जफत हुने र रु.५ हजारसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ । प्रसारण ऐनको यही कमजोरीमाथि टेकेर जथाभावी सर्ट मूभी बनिरहेको बोर्डका एक सदस्यको जिकिर छ । अध्यक्ष राई कारबाहीको दायरा बढाउन बोर्डले नयाँ नियमावली तयार गरिरहेको र यसले यस्ता विसंगति रोक्ने दाबी गर्छन् । चाँडै नै यस्ता गतिविधिलाई नियमन गर्नेछौंू, उनी भन्छन् । हिमाल खबर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्ट मूभीको धन्दा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top