-

  • नयाँ खबर

    23 October, 2016

    साताको बोलि — वीरगंज शहरमा जडान भएका सिसि क्यमराहरु तोडफोडबाट कसरी जोगाउने ?

    जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा सेफर वीरगन्जले झण्डै ७० लाखको लगानीमा नगरका विभिन्न स्थानहरुमा सिसि क्यामराहरु जडान गरेका छन् । यसअघि जडान गरिएका सिसि क्यामेराहरु आन्दोलनका क्रममा तोडफोड भए, अब जडान भएका क्यामराहरुलाई दिर्घकालीन रुपमा राखी रहनका लागि के गर्नुपर्ला ?

    --------------------------------------------------------------------------------------------------------------------------

    • महेश साह सोनार 
    मलङ्गवा, सर्लाही हाल वीरगंज
    यो त हाम्रो सुरक्षाको लागि हो, आन्दोलन भएपनि क्यामरालाई नतोड्नु पर्ने हो यसले हामीलाई सुरक्षा गर्छ दिर्घकालीनसम्म रहिरहनका लागि जनचेतना फैलाउनुपर्छ । यसैगरी क्यामरालाई अझै पोलको माथि राख्नुपर्छ । 




    --------------------------------------------------------------------------------------------------------------------------


    सुबोध गुप्ता 
    घण्टाघर वीरगंज
    सिसि क्यामरा जडानले अपराध नियन्त्रण हुनुको साथै यहाँका व्यापारीहरुलाई पनि सजिलो भएको छ । विभिन्न आन्दोलन जुलुसहरुमा यसलाई तोडफोड गर्नुहुन्न, यो हाम्रो लागि हो भनेर सबैले यसको सदुपयोग गर्नुपर्छ । 




    --------------------------------------------------------------------------------------------------------------------------


    पप्पु सरार्फ
    रानिघाट १४
    सिसि क्यामेराबाट बाटोघाटोमा हुने चोरी, अपहरण, झै झगडा नियन्त्रण गर्न सजिलो गर्दछ । यसलाई सुरक्षित राखी रहन जुन जुन स्थानमा सिसि क्यामराहरु जडान भएको छ त्यो स्थानका मानिसहरुलाई आफैले रेखदेख गर्नका लागि जिम्मेवार बनाउनु पर्छ । 





    --------------------------------------------------------------------------------------------------------------------------



    अनिता क्षेत्रि
    माईस्थान ८
    सिसि क्यामेराले गर्दा अपराधिक गतिविधिहरु हेर्न सकिन्छ । यसबाट जनतालाई नै फाइदा छ । यसलाई बचाउन सिसि क्यमरा भएको ठाउँमा पुलिस प्रशासनलाई रातीमा पनि डिउटी गर्न लगाउनुपर्छ । 





    --------------------------------------------------------------------------------------------------------------------------



    संगीता कटेल
    न्यू दिल्ली, वीरगंज घुमफिर
    सिसि क्यामेराले बाटोबाटोमा हुने चोकहरुको गतिविधि हेर्न सकिन्छ । यसलाई बचाउन सिसि क्यामेरा छेउछाउमा बलियो बार लगाउनु पर्छ जसले तोडफोड गर्न नसकोस । तर पनि यो सबैको साझा सम्पति हो त्यसैले यसलाई संरक्षण पनि गर्नुपर्छ । 




    --------------------------------------------------------------------------------------------------------------------------

    नारायण श्रेष्ठ 
    माईस्थान
    सिसि क्यामेराले अपराध गर्ने व्यक्तिहरुलाई चिन्न सकिन्छ । चोरी, झै झगडा जस्ता कामलाई नियन्त्रण गर्न सकिन्छ । यसलाई आन्दोलनमा फुटिनबाट जोगाउन सबैलाई जनचेतना जगाउनुपर्छ ।







    --------------------------------------------------------------------------------------------------------------------------


    गणेश लाठ
    सेफर वीरगंजका अभियन्ता एवंम्
    पुर्वअध्यक्ष, उधोग वाणिज्य संघ वीरगंज 
    यसको विषयमा हामीले वीमा गराउनका लागि पहल गरि रहेका छौँ, सुरुमा त यो सडकमा भएको सामाग्री हो भनेर, खुलेरै विमा गर्दैनौँ भनेर जवाफदियो त्यसपछि हामीले विमा समिति मार्फत पनि बैठक राखेर विमा गर्न पहल गराएका छौँ केहि कम्पनीहरु मानेका छन् । हेरौँ यसले पुर्णता पाउँछ की !


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साताको बोलि — वीरगंज शहरमा जडान भएका सिसि क्यमराहरु तोडफोडबाट कसरी जोगाउने ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top