-

  • नयाँ खबर

    25 October, 2016

    कपालमा कस्तो कलर गर्ने ?



    बिमला गुप्ता,
    मध्य नेपाल सन्देश ।
    चाडपर्वको बेला चल्दैछ । यस्तो बेलामा हामीले आफ्नो अनुहारको सौन्दर्यको साथै कपाल पनि राम्रो बनाउँन चाँहन्छौ ताकि हाम्रो कपाल आकर्षक देखियोस् । यसको  लागि सबैभन्दा पहिले हाम्रो दिमागमा आउँछ कपाल कलर गर्ने । तर कलरको बारेमा जानकारी नभएर चाँहदा÷ नचाहदै जस्तो पाए त्यस्तो कलर गरेर आफनो कपाललाई हामी अनाकर्षक बनाउँछौ । त्यसैले हेयर कलर गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा हाम्रो कपालको कलर टिकाउ र आकर्षक पनि देखियोस । यसै सन्दर्भमा फेमिन व्यूटि होमकी प्रिया जोशीसँग गरिएको कुराकानी । 
    कपाललाई कलर गर्नुभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ? 
    सबभन्दा पहिले त कपालमा कतिको टुट्ने र झर्ने समस्या छ । यो कुरामा ध्यान दिनुपर्छ । त्यसपछि कस्तो कपालमा कलर गर्नुछ  । सेतो कपाल कलर गर्ने हो, कि फेसनको लागि कलर गर्ने हो । सेतो कपालमा गर्नु छ, भने उमेर अनुसारको कलर एप्लाई गरिन्छ । किनभने हामीले कपालमा कलर गर्दा कलरमा एमोनिया (केमिकल)  प्रयोग गरिएको हुन्छ । जसले हाम्रो कपालमा हिट दिन्छ । यहि हिटको कारण हाम्रो कपालमा कलर बस्ने हो । कालो कपाललाई रातो बनाउने कारण पनि यहि हो । 
    कस्तो कपाललाई कलर गर्नु हुदैन ?
    रोगी व्यक्तिलाई एलर्जी हुने, कपाल झर्ने जस्तो समस्या छन् भने कपाल कलर गर्नु हुदैन । कपाल कलर गर्दा केही कुरामा अझै ध्यान दिनुपर्छ । कपाल कलर गर्ने व्यक्तिले कुनै औषधीको सेवन, ब्लड प्रेसर उच्च भएका व्यक्तिहरुलाई पनि कहिलेकाही कलरले समस्या हुने गर्दछ । त्यसैले सम्बन्धित ब्यक्तिले यो कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ । 
    कलर गरेको कपाललाई कलर टिकाउँन कस्तोखाले सेम्पु र कण्डिसनर प्रयोग गर्नुपर्छ  ?
    यो एकदमै गलत कुरा हो कि ,कलर सेम्पुले मात्रै टिकाउन सकिन्छ । यो सब कम्पनीको टेक्निक हो । सेम्पु बेच्नmे किनभने हामी जति पटक कपाल सेम्पुले धुन्छौं, कलरको चमक त्यसरी नै मध्यम हुँदै जान्छ । झन कलर गरेको दिन त सैम्पुको प्रयोग नै गर्नु हुँदैन । कण्डिसनर पनि कम्पनीले नै डब्बामा दिएको हुन्छ । कलर गरेपछि कपाल धुनको लागि, कलर गरेको कपालमा ( झर्ने रुखो पन, चाया, पातलो जस्तो समस्या छ भने त्यही अनुसारको सेम्पु र कण्डिसनर प्रयोग गर्दा राम्रो हुन्छ । 
    कलर गरिसकेको कपाललाई अझै टिकाउँ बनाउँन के के कुरामा ध्यान दिनुपर्दछ ? 
    कलर गरेको दिन हामीले रातीमा तेल लगाउनु पर्छ र राम्ररी कपाल मसाज गरेर रातभरी छोड्ने र त्यसपछि भोलीपल्ट कपाल सेम्पु गर्ने । यसरी गर्नाले तीन महिनामा जाने कलर छ महिना सम्म रहन्छ । कलर गरेको कपाललाई सधैं राम्रो राख्नको लागि तेलले मसाज गर्न एकदम जरुरी छ । 
    कलर गरिसके पछि कपालमा के (के गर्नु हुँदैन ?
    कलर गरिसकेको कपालमा स्टेट, पमिङ्ग या यस्ता केही पनि गर्नुपरे सबभन्दा पहिले कलर गरेको अवधि थाहा राख्ने र त्यसकोे एक महिनापछि विज्ञ व्यूटिसियनको सल्लाह अनुासर मात्र हेयर स्टेट, हेयर स्मुदिङ्ग, हेयर रिम्बोण्डिङ्ग गराउँन सकिन्छ । नत्रभने कलर गरेको कपालमा हामी व्यूटिसियनले ३ महिना सम्म केही पनि गर्न सल्लाह दिंदैनौं । 
    कलर गरेको कपाललाई सर्वसाधारणले प्रयोग गर्ने कुन प्याक हुन्छ ?
    कलर गरेको कपालमा कलर लामो समयसम्म टिकाइ राख्नु छ भने मेहंदीको प्याक १५ दिनमा एक पटक लगाएमा धेरै राम्रो हन्छ । त्यसको लागि एक दिन पहिले रातीमा चियापत्तिको रसमा मेहंदीको मात्रा अनुसार थोरैकफी, आदि चम्चा चिनी मिसाएर रातभरी भिजाएर छोड्ने र भोली पल्ट कपालमा लगाउने । यो प्याक कलर्ड हेयरको साथै कपालको अरु समस्यामा पनि लाभकारी हुन्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कपालमा कस्तो कलर गर्ने ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top