-

  • नयाँ खबर

    29 October, 2016

    ग्रामीण महिलाहरुमा आत्म बल बढ्दै

    माधुरी महतो, 
    मध्य नेपाल सन्देश । 
    दुईचार जना पुरुषहरुको अगाडि उभिएर बोल्नलाई तराईका महिलाहरुलाई निकै ठूलो चूनौतिको सामना गर्नुपर्छ । मधेसी समुदायका महिलालाई कोही कसैसँग खुलेर बोल्न समाजमा राम्रो मानिदैन तर अहिले गाउँ गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था मार्फत नागरिक सचेतना केन्द्र गठन भएपछि महिलाहरुमा आत्म बल बढेको छ । सरकारले महिलाहरुको हरेक क्षेत्रमा सहभागिता र पहुँच बढाउन स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नागरिक सचेतना केन्द्र स्थापना गरी महिलाको सशक्तिकरणमा सहयोग गरेको छ । गाउँमा कार्यक्रम संचालन भएपछि अहिले बालबालिकाको जन्मदर्तादेखि गाँउमा निमार्ण हुने विकासका आयोजना र विभिन्न शिर्षकमा गाविसमा आउने बजेटहरुमा आफनो पहुँच र सहभागीता बढाउन तल्लिन भएको सारदा देवीले बताईन् ।  
    अहिले गाउँ गाउँमा वडा नागरिक मंच गठन भएपछि महिलाको लागि पनि बजेट आउँछ भन्ने थाहा भएको ग्रामीण भेगका महिलाहरुको सकारात्मक परविर्तनका कुरा सुन्न पाईन्छ । महिलालाई मात्रै होईन गाउँको पुरुषलाई पनि परीषद र बजेटबारे केही थाह हुँदैनथ्यो तर अहिले तालिम पछि सबै कुराको जानकारी भएको स्थानीय महिलाहरुको भनाई छ । पहिले अभिभावकहरुले नपढाएकै कारण समाजको अगाडि बोल्न डराउने महिलाहरुलाई विभिन्न संघसंस्थाको तालिमले पनि अहिले धेरै कुरा बोल्न सिकाएको छ  । घरको चुल्हाचौकामा मात्रै ब्यस्त हुने महिलाहरुले पनि आफनो अधिकार खोज्न थालेको अनुभव सुनाउँछिन् बडकी फुवरीया गाविसकी किरण सिँह । खास गरी यस्ता कार्यक्रमले गाउँका महिला तथा पुरुषलाई पनि धेरै सचेत र आफनो हक अधिकारीका लागि जिम्मेवार बनाएको स्थानीयवासीहरु बताउँछन्  । गाविसमा परिषद हुदाँ महिलाको उपस्थिती शुन्य नै हुन्थ्यो । तर अहिले भने महिलाहरु पनि आफनो घरभित्रको काम बाहेक कुनै पनि काममा महिला जानु हुन्न बोल्नु हुन्न भन्ने मान्यतालाई तोड्दै स्थानीय निकायले प्रदान गर्ने हरेक सेवा सुविधाबारे जानकारी लिन जागरुक भएको पर्सा विरुवागुठीका स्थानीयवासीको भनाई छ । 
    ग्रामीण भेगका महिलाहरु पहिलेको तुलनामा अहिले एकदमै जागरुक र चनाखो तथा सचेत भईसकेका गाविस सचिवहरुले पनि स्ीकार गरेका छन् । गाविस कार्यालयमा महिलाहरु नियमित रुपमा आफना कुरा लिएर जाने गरेको तथा आफना लागि आएका बजेटबारे चासो राख्ने गरेको पर्सा पचरुखी गाविसका सुनौलो बजार दिन कार्यक्रमका प्रमुख शम्भु साहले बताए । पहिले महिलाको लागि आउने बजेट बारे केही पनि जानकारी नहुने गरेको तर अब हामीलाई जानकारी गराउनुपर्छ भनेर गाविसमा गएर ताकेता गर्ने गरेका स्थानीय महिलाहरु बताउछन् । गाविसमा हुने परिषदमा पनि महिलाहरुको उल्लेख्य सभागीता हुने गरेको आगामी दिनमा पनि सहभागीता हुने पर्साका ग्रामीण भेगका महिलाहरुले बताए । ग्रामीण भेगका अधिकांश मधेसी महिलाहरु अहिले हरेक कार्यक्रमहरुमा गएर आफ्नो कुरा राख्न सक्ने भएका छन् । ग्रामीण भेगमा सञ्चालीत कार्यक्रमले मधेसी महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास गुर्नका साथै आर्थिक अवस्थामा पनि परिवर्तन ल्याएको छ । जीविकोपार्जनका लागि विभिन्न आय आर्जन तथा सीपमूलक कार्यमा लगानी समेत गरेका छन् स्थानीय महिलाहरु । अहिले त पुरुष भन्दा महिला नै अगाडी रहेको र महिलाहरु सामान्य लेखपढ गर्न सकेका छन् जुन  गा्रमीण भेगको जनताको लागि धेरै ठुलो खुशी र उपलब्धीको कुरा हो भन्छन् स्थानीय अगुवाहरु ।  महिलाहरु खाताबाट पैसा झिक्नलाई आफैले हस्ताक्षर गरेको देख्दा आनन्द लाग्ने र सकारात्मक परिवर्तनको भान हुने गरेको स्थानीवासीले बताए ।  
    अब स्थानीय निकायको जनसरोकारका हरेक कार्यमा खास गरी स्थानीय महिलाको सहभागीता र संलग्नाता बढ्दै गएको छ । स्थानीयवासी महिला बालबालिका युवा र बृद्धले आफनो हक खोज्न थालेका पछि गाँउ र गाँउवासीको जिवन नै फेरीएको र सोचेको भन्दा पनि राम्रो परिवर्तन भएको तथा   महिलाहरु आफना हक अधिकार बारे खुलेर कुरा गर्ने , गाविसमा हुने तालिम परीषदमा सहभागी हुन थालेको  बारा पिपराविर्ताका सामाजिक परिचालक अजय प्रसाद यादवले बताए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्रामीण महिलाहरुमा आत्म बल बढ्दै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top