-

  • नयाँ खबर

    23 October, 2016

    थोरै बोल्ने विशालको डाक्टर बन्ने चाहना


    मध्य नेपाल सन्देश, 
    – ईश्वरी श्रेष्ठ,
    भात,दाल, पापड र मासु धेरै मनपराउने ४ वर्षीय विशाल साह मिलिल्याण्ड उच्च मा.वि. बोर्डीङ्ग स्कुलमा नर्सरी कक्षामा पढ्छन् ।  विशालकोे थोरै बोल्ने र आफैमा रमाउने वानि छ । उसको एउटा सानो भाइपनि छ । उसलाई मायाँ गर्नुको साथै उससँग खेल्न खुब मन पराउँछन । घर रौतहट भए पनि विशाल अहिले आफ्नो आमा, बुबा ,र भाइसंग वीरगंजमा डेरा लिएर बस्दै आइरहेकाछन् । उनकी आमा रिन्जय साह गृहणी छिन् । फुर्सदको समयमा आमा सिलाई कटाईको काम सिकिरहनु भएको उनले बताए । उनका बुबा सुरेन्द्र साह नेपाल प्रहरीमा हुनुहुन्छ । 
    विशाल भन्छन् म आमा,बुबा र भाइको प्यारो हु , मलाई पढ्न धेरै मनपर्छ त्यसले सधै गृहकार्य गरेर मात्र स्कुल जान्छु । स्कुलमा म्यामले धेरै माया गर्नु हुन्छ पढाई संगसंगै खेल पनि खेलाउनु हुन्छ । खेल्ने बेला म साथी शिवम संग बस्छु । उ मेरो मिल्ने साथी  हो । विशाल भन्छन म आफनो कक्षाको जेहेन्दार विद्यार्थी हु ।  
    विशालकी आमाले छोराको सबै बानी राम्रो भएकोे बताईन् । स्कुलबाट आउने बितिकै विशाल गृहकार्य गर्नबस्छन ।  उसलाई कहिले पनि पढ भन्नूपर्दैन । आफै होमवोर्क गर्छन नआएको मसंग सोध्छ । म सिकाइ दिन्छु ।  विशालको एउटै बानी नराम्रो रहेको बताईन् । विशाल नुहाउन मान्दैन, नुहाउने बेलामा जहिले पनि रुन्छ र कहिले काँही धेरै बदमासि गर्ने गरेको उनकी आमाले बताईन् । 
    साथै विशालकी आमा भन्छिन् ,विशाल बुबाको मोबाइलमा धेरै कार्टुन हेर्छ कर्टुन हेर्न पायो भने खेल्न पनि जादैनन् । दुवै छोरालाई मेला घुमाउन लगेका थियौ । दुबै दाजुभाई धेरै खुशि भए । मेलामा सबै खेल खेलाएउ ।  बेलुन र खेलौनाहरु पनि किनि दियौ । दुबैजना धेरै खुसी भए ।  उनिहरु खुशी भएको देखेर हामी पनि खुशी भएको उनकी आमाले बताईन् । विशाल खाना खाए पछी सुत्छ । उनको बुबाले विशाललाई धेरै माया गर्नुहुन्छ कहिले पनि छोरालाई पिटनु हुन्न बरु कहिले काहीँ धेरै झगडा गर्यो भने बरु मै दुइचार थप्पड लगाउछु । विशालको पढाइ राम्रो छ । विशाल भन्छन् धेरै पढेर डाक्टर बन्छु अनि आमालाइ सुई दिन्छु । तिनै विशालसंग मध्य नेपाल सन्देशका लागि गरिएको कुराकानी : - 
    १) तिम्रो मिल्ने साथीको नाम के हो ?
    शिवम साह
    २) ठूलो भएर के बन्ने ?
    डाक्टर
    ३) डाक्टर बनेर के गर्ने ?
    आमालाई सुइ हाल्ने । 
    ४) के गर्न धेरै मन लाग्छ ?
    पढन ।
    ५) के गर्न मन लाग्दैन ?
    नुहाउन । 
    ६) आमाले पिटनु हुन्छकि  बुबाले ?
    आमाले । 
    ७) मेला घुम्न गयौँ त ?
    गएको । 
    ८) मेलामा के के किन्यौँ त विशाल ?
    बेलुन गाडि अनि बन्दुक किनेको । 
    ९) दशैँमा के के खायौँ त ?
    मासु भात अनि पापड खाएको । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: थोरै बोल्ने विशालको डाक्टर बन्ने चाहना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top