-

  • नयाँ खबर

    29 October, 2016

    फेसनेबल ड्रेससंगै ड्रेसिङ्ग सेन्स टिप्स




    – अन्जली चौहान
    मध्य नेपाल सन्देश 
    हामीलाई फेसन अनुसारको कपडा पहिरन गर्न खुब रुची हुन्छ । तर जस्तो पायो त्यस्तो ड्रेसअप गर्दा कहिले काँही आफनो पर्सोनालिटीमा नै असर परि रहेको हुन्छ । त्यसकारण हामीले फेसनेबल ड्रेससंगै ड्रेसअप गर्ने बानी बसाल्नु पर्छ । सबैजना अरु मान्छेको नजरमा आकर्षित र परफेक्ट देखिन मन पराउँछन् । अरुको अटेन्सन पाउनका लागि आफनो ड्रेसिङ्ग सेन्स पनि राम्रो बनाउनु पर्छ । 
    यदि तपाईलाई आफनो ड्रेसिङ्ग सेन्स को बारेमा केही थाहा छैन भने र त्यसको बारेमा जान्ने ईच्छा छ भने विभिन्न तरिका अपनाउन सकिन्छ । त्यसको लागि सबभन्दा पहिले आफनो जिउलाई मेनटेन गर्नुपर्छ । मान्छे कम पढेलेखेको होस् तर उसको ड्रेसअप देखि लिएर हरेक कुरा परफेक्ट छ । उसको व्यक्तित्व राम्रो छ भने सबैको अटेन्सन उसैमाथि जान्छ । उसको व्यक्तित्वले गर्दा सबैलाई आफूतिर आकर्षित गर्न सक्छ । आजभोली त झन् फेसन बढ्दै गएको छ । यदि तपाई पनि आफनो ड्रेसिङ्ग सेन्स लाई इम्प्रुभ गर्न चाहनु हुन्छ भने विभिन्न उपाय अपनाउन सकिन्छ । 
    १. आफू परफेक्ट लुकमा आउनका लागि अलिकति मेहेनत त गर्नैपर्छ । आफनो व्यक्तित्व बढाउन, आकर्षक बनाउन फेसन सो देखाउने, पहिरन बारे जानकारी दिने विभिन्न टीभि च्यानलका कार्यक्रमहरु हेर्न सकिन्छ । लेटेस्ट ड्रेस, कलर , ड्रेसिङ्ग स्टाईल, हेयर स्टाईल, सुज कम्बिनेशन ईत्यादी यी सबै कुराहरु फेसन अन्तर्गत नै पर्नेगर्छन् । त्यसरी नै हामी विभिन्न म्यागजिनबाट पनि हाल मार्केटमा चलिरहेको नयाँ ड्रेसेज स्टाइल बारे थाहा पाउन सक्छौँ । 
    २. अर्को तरिका आफूलाई मनपर्ने मोडेल, सेलिब्रेटीबाट पनि धेरै कुरा सिक्न सकिन्छ । गुगलमा उक्त व्यक्तिबारे सर्च गरेर, मनपर्ने कलर, उसको रुचि, ड्रेसिङ्ग स्टाइल ईत्यादी धेरै कुरा जान्न सकिन्छ ।
     ३.साथिहरुसंग आफूलाई थाहा नभएको कुराहरु, अथवा मार्केटमा आएका नँया नँया स्टाइलबारे थाहा पाउन सकिन्छ । तपाई आफुलाई आकर्षक र एकदमै परफेक्ट बनाउन चाहनुहुन्छ तर फेसन र स्टाईल बारे खासै जानकारी छैन भने फेसनमा आइडिया भएका आफूसंग नजिक भएका साथीभाइ , आफन्त वा परिवारकै अन्य सदस्यबाट कपडा , सुज इत्यादि छनोटमा मद्दत लिएर आफूलाई एक नँया लुक दिन सकिन्छ । 
    आफनो फेसको कलर कम्बिनेशनसंग कस्तो डे्रसअप गर्ने , कस्तो किसिमको मेकअप गर्ने भन्ने कुराको जानकारी छैन भने पार्लरमा गएर पनि धेरै कुराको आइडिया लिन सकिन्छ । 
    ४. यदि तपाईलाई फेसन अनुसारको ड्रेसअप बारे बढी जानकारी छैन भने जानकारी लिने अर्को विकल्पको रुपमा सामान किन्न नपरे पनि मार्केटमा नियमित रुपमा घुमफिर गर्न जाँदा पनि लेटेस्ट कपडा , नँया स्टाइल, डिजाइन र ड्रेसको बारेमा अपडेट हुन पाईन्छ । 
    ५.कपडा छनौट गर्दा आफनो फेसको बनावट अनुसार र कलर कम्बिनेशन अनुसार ड्रेसको छनौट गर्नुपर्छ । आफनो ड्रेसअप संगै हेयर स्टाइलमा पनि ध्यान दिनु आवश्यक छ । त्यसैले ड्रेस छनौट गरेसंगै त्यही अनुसार हेयर स्टाइल पनि परिवर्तन गरिराख्नु पर्दछ । अनुहारको रंग अनुसार कपडाको रंग छनौट गर्ने कला पनि जानी राख्नुपर्छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसनेबल ड्रेससंगै ड्रेसिङ्ग सेन्स टिप्स Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top