मध्य नेपाल सन्देश
रौतहटमा ठूलो उधोगको रुपमा दोस्रो चिनीमिलको सिलान्याासबाट किशानहरु हर्षित भएका छन् । स्थानीय पिप्रापोखरीया गाविस ८ डुमरीया टोलस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उधोगको बिहिवार सिलान्यास भएपछि किसानहरु हर्षित भएका हुन् ।
बिहिवार एक समारोह बिच बाबा डिस्टिलरी र ज्योती डिस्टिलरीका संस्थापक रामाश्रय प्रसाद जयसवालले बिधिवत रुपले नयाँ चिनिमिलको डुमरिया टोल भन्दा उतरपटी सिलान्याास गरे गरे ।
सिलान्यास समारोहमा सांसद सुनिल यादव ( जितेन्द्र) ,पुर्व मन्त्री एवं तमलोपाका राष्ट्रिय उपाध्यक्ष गोविन्द चौधरी,नेपाली कांग्रेसका जिल्ला सभापति कष्णा यादव,सचिव हृदय नाराायण यादव,लगायतले मिल समय भित्रै निर्माण,सञ्चालन र उदेश्य प्राप्तिको कामना गरेका थिए ।
कुल १ अर्ब २५ करोडको लागतमा निमार्ण हुन लागेको मिलले दैनिक २५ हजार क्विन्टल उँखु क्रसिंग, तथा २५ सय देखि तिन हजार बोरा चिनि उत्पादन गर्ने क्षमता रहेको जनाइएको छ ।
जिल्लामा श्रीराम शुगर मिलको अलावा अर्कौ चिनिमिल सिलान्यासको खबरले रौतहट, बारा, र सर्लाहीका किशानहरु हर्षित भएका छन् ।
0 comments:
Post a Comment