-

  • नयाँ खबर

    16 October, 2016

    खुला दिशा मुक्त अभियान र वीरगन्ज नगर


    कमला गिरी, 
    मध्य नेपाल सन्देश,
    वीरगंज उप महानगरपालिका ३० वटा वडाहरु मध्ये अहिले सम्म १८ वटा वडाहरु खुला दिशा मुतm घोषणा भई सकेका छन् । यो अभियान आफैमा निकै राम्रो अभियान हो । मानिसले खाएपछि त्यसलाई व्यवस्थित रुपले विसर्जन गर्ने कुरा बल्ल नेपालीले थाहा पाउने प्रयास गर्नु आफैमा ढिलो भएकै हो । तथापि ती खुला दिशा मुक्त भएका वडाहरुमा जताततै खुला ठाउँमा अझै मानिसले आफूले खाएको कुरा विसर्जन गर्नु निकै गलत छ । ती वडाहरुमा आवश्यक परिआएका कुराहरु सम्बन्धित निकायले पनि ध्यान दिन अपरिहार्य छ । वडावासीले पनि यसमा ध्यान दिनुपर्छ । 
    वीरगंज उप महानगरपालिकाले गरीब र असहाय अनि दुखी अनि जमिन नभई अरुको भरमा जिवन आर्जन गरिरहेका व्यतिहरुलाई सहयोग नपुरयाएको गुनासा अझ बढदो पाईरहेको जानकारी हुदा हुदै पनि कानमा तेल बसेको कुरा पनि वडा वासीहरुको जायज कुरा हो । अब ती खुला दिशा मुक्तघोषणा हुनु पर्ने बाँकी वडाहरुलाई कसरी र कुन तरिकाले घोषणा गर्नु पर्ने भन्ने कुरालाई वीरगंज उप महानगरपालिकाले ध्यान दिनु पर्ने देखिन्छ । हरेक ठाउँ, वडा, वस्ती, व्यतिहरुवाट खुला दिसा मुक्त घोषणाको बिरोधी आवाजले गर्दा यो अभियानको प्रतिकृया भने फितलो भएको छ ।  त्यसैले यो अभियानलाई कसरी सक्षम बनाउनु पर्ने र सरसफाईलाई ध्यान दिदै चेतनशिल बन्नु पर्ने अवस्था पैदा भएको छ ।  
    वीरगंज नगरी प्रकृतिले चिनिदै आए पनि पहाड र मधेशको तुलनामा ती चुरे भयजाङ्ग अनि खोला नाला संगसंगै सबै ठाउमा हरेक किसिमका जाताजाती वसेको ठाउँहरु मध्ये वीरगंज नगरीमा शिक्षित र बुद्धिजिवी अनि भद्रभलादमी बस्ने शहर त हुँदै हो । तथापि वीरगंजका ठूलठूला वस्ती अनि वडाहरुमा धन अनि आर्थिकले सम्पन्न व्यतिहरु भए पनि उनीहरुको अटेर स्वभावले गर्दा आफनो स्वास्स्थ्यलाई खतराको बिन्दुवाट बाहिर ल्याउन भने सबैको उत्तिकै प्रयास भने भएको पाइन्न । 
    कोहि व्यतिहरु यस्ता पनि छन् आफनो स्वास्थ्य अनि सरसफाईलाई ध्यानमा राखी आफनो गहना बेचेर पनि खुला ठाउँमा दिसापिसाब गर्नबाट मुक्त भएकाहरु प्नि प्रशस्तै भेटिएका छन् । तर ती आर्थिकले सम्पन्न व्यतिहरु किन यसबाट टाढा हुन्छन त ? नगरीवासीहरुले यसै कुरालाई समझ्दारिता देखाई आफनो ईज्जत र प्रतिष्ठानलाई उच्च राख्ने यस्तो अभियानलाई सफल बनाउन पछि पर्नु हुन्न । आफनो वास्तविक कुरा नढाटी बोल्ने हो भने सवैले सरसफाईलाई ध्यानमा राखी यस्ता कुराहरु आफनो र आफना परिवारका लागि सवैभन्दा महत्वर्पुूा कुरा हो भन्ने एकिन गर्नु पर्ने वेला आएको छ । त्यसमा पनि हरेक वडाबाट आएका आवाज एक कानले सुनेर अर्काे कानले उडाउने बानी जस्ताको त्यस्तै रहनु हुँदैन । सयमले मान्छेलाई कहिले पनि पर्खनदैन । जति समयको नास उति हाम्रो हुन्छ विनाश, त्यसैले समय संगसंगै हाम्रो हरेक पाईला संगसंगै महत्वपुर्ण कार्यका लागि अगाडी बढाउनु आवश्यक छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खुला दिशा मुक्त अभियान र वीरगन्ज नगर Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top