सुप्रिया ढकाल,
सिमरा, बारा,
मध्य नेपाल सन्देश ।
नेपालीहरुको दोस्रो ठुलो माहान पर्व शुभ–दिपावली नजिकिदै जादा बाराका बिभिन्न बजारमा सर्बसाधारणको चहलपहल बढ्न थालेको छ ।
अरु समय मानिसको चहलपहल पातलो देखिने बजारमा तिहार लागेसंगै महिला दिदिबहिनीहरुको भिड बढि देखिएको छ । तिहारका लागि चाहिने खाद्यान्न होस् । या तिहारको समायमा आफ्ना दाजुभाईका लागी आवश्यक पर्ने भाईमसला, फुलमाला लगायत टिकाको सामाग्रीहोस् । यि प्राय समान किन्ने महिला दिदिबहिनीहरुको बजारमा निकै भिड बढेको स्थानिय ब्यापारीहरुले बताएका छन् ।
तिहारमा सबैभन्दा बढि महत्व दिने भाईमसला र फुलमाला बढि बिक्रि हुने गरेको ब्यापारीहरुले बताएका छन् । तर यता उपभोक्तहरुले भने अन्य दिनको तुलनामा भन्दा दशै तिहार जस्ता चार्डबाडमा अन्य दाल, चामल लगायतका उपभोग्य सामानको मुल्य बृद्धि हुने गरेको उपभोक्ताहरुले गुनासो गरेको छन् । तराईसंगै प्राय शहरमा पर्वको मौकाको फाईदा उठाउदै व्यापारीहरुले मुल्यवृद्धि गर्ने गरेका हुन्छन् । यता बाराका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद ढुङ्गानाले चाडपर्वको समयमा मुल्यबृद्धि हुनसक्नेभन्दै त्यसको प्रभावकारि अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । साझेदारि दैनिकसंगको प्रमुख जिल्ला अधिकारि ढुङ्गानाले शर्वसाधारणबाट मुल्यबृद्धि भएको गुनासो आए त्यसको अनुगमन गरि तत्काल कारबाहि गर्न निर्देशन दिनुभयो ।
बजार अनुगमनको काम प्रभावकारि रmपमा भईरहेकोभन्दै मुल्यबृद्धि गरेको पाईए कडा कारबाहि गर्ने उहाले बताउनुभयो । स्थानिय तहको अनुगमन गर्ने अधिकार ईलाका प्रशासन कार्यालयलाईसमेत हुनेभन्दै उहाले चाडपर्वको समयमा प्रभावकारि अनुगमन गर्न आग्रह गर्नुभयो । उता दिपावली र छठ नजिकदै गर्दा बाराको सिमरा, जितपुर, पथलैया, डुमरवाना, कलैया, प्रसौनी, गण्डक, तिरबेनी, बेहारा, छतापिपार, नितनपुर लगायतका बिभिन्न ठाउंमा जुवा तास ब्यापक रुपमा खेल्न थालीएको छ । दिपावली र छठ नजिकदै जांदा जुवा तास खुलेयमा रुपमा खेल्न थालिएको छ । प्रहरी प्रशासनले कडा कार्वाहि गर्न नसक्दा यसरि जुवातास जस्ता प्रबृत्ति मौलाएको शर्वसाधारणले बतएका छन् ।
यसबर्ष दिपावली नआउदैदेखी नै बाराका बिभिन्न भागेमा ब्यापक रुपमा जुवा तास भईरहेका सिमराका स्थानिय किरण खड्काले बताए । ५ बर्ष देखि ७० बर्षका उमेर मानिसहरुले सार्वजानिक ठाउमै बसेर दिनभरी जुवा तास तथा रातमा कौडा खेल्ने प्रबृत्ति देख्न सकिन्छ ।
जुवा र तास खेल्न घरबाट धान चामल बेच्ने तथा अभिभाबकहरुको खाल्तीबाट रकम निकालेर खर्चीने जस्ता क्रियाकलाप पनि बढ्दै गएको छ । जसले गर्दा पारिवारिक कलह बढिरहेको छ । दिपावली र छठ जस्ता पर्वको अघिल्लो दिन तास खेलेर साईत बनाउने भन्ने प्रचलनलाई मानिसहरुले लत बनाएका छन् । यस प्रथालाइ रोक्न नसकिएको खण्डमा कयौ बेघर हुने अवस्थासम्म पुग्ने स्थानीबासी राम नारायण कुर्मीले बताएका छन् । दिपावली र छठको अगाडी नै सार्वजानिक ठांउमा जुवा र तास खेल्दा समेत प्रहरीको निगरानी नरहेको स्थानीबासीहरुको आरोप लगाएका छन् ।
0 comments:
Post a Comment