-

  • नयाँ खबर

    16 October, 2016

    स्पेशल मासुको आचार बनाउने तरिका


    – पुष्पा राणा 
    मध्य नेपाल सन्देश
    सामाग्री : खसीको ठूलो दुई खुट्टालाई १० पिस बनाउने, अनि प्याज आधा किलो, हरियो खुर्सानी ५० ग्राम ,रातो हरियो टमाटर आधा किलो, लहसुन ३ वटा, अदुवा ५० ग्राम, नुन स्वाद अनुसार, बेसार आधा चिया चम्चा, तोरीको तेल १०० ग्राम, लप्सी ८/१० वटा । 
    बनाउने विधि : खुट्टालाई राम्रोसंग सफा गर्ने र तीन ईन्च लामो गरेर काटने, ठूलो टमाटर ६ /७ पिस हुने गरी काटने, प्याज मासुमा हाल्ने जस्तो भुजिया काटने, खुर्सानीलाई लामो २ चिरा पार्ने, अदुवा खुर्केर, धोएर पातलो २ वटा गरी हाफ लामो २ टुक्रा काटने, लहसुन पोटी छिलेर सिंगै २ वटा राख्ने । यी सवै सामग्रीलार्ई बट्टामा हालेर नून स्वाद अनुसार, बेसार हाफ चिया चम्चा र तेल हालेर हलुका हातले मुछने ( चलाई दिने - सामग्रीलाई कुकरमा हाल्ने ५ लिटरको कुकरमा पकाउने पानी नहाल्ने, १०/१२ सिठी पकाउने । धेरै सुख्खा हुनु हुदैन । यो अचार बिहान खानु छ भने राती पकाउने, राती खानु छ भने बिहान पकाउने अलि चिसो जमेको हुनु पर्छ । खादा नतताई खाने । यो भात चिउरा, भुजा, रोटीसंग खाए मिल्छ । अझ डिूक गर्नेहरुलाई डिूकसंग खाए अझ स्वादिष्ट लाग्छ । राणा सन्तोषी व्यूटिपार्लरकी संचालिका छिन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्पेशल मासुको आचार बनाउने तरिका Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top