-

  • नयाँ खबर

    29 October, 2016

    तिहार स्पेशल - साताको बोली


    परम्परागत माटोको दियोमा दीप बाल्ने चलन लोप हुँदै तर विद्युतीय बत्ती बाल्ने चलन स्थापित हुनु कतिको सान्दर्भिक छ या छैन ?


    सृष्टी विष्ट
    बर्दिवास, हाल वीरगंज घुमघाम
    माटोको दियो भन्दा विद्युतिय बत्ति नै राम्रो हो, किन भने तेल धेरै खर्च हुन्छ, जसले पनि खरिद गरि बाल्न सक्छ लामो समय सम्म बलिरहन्छ । 
    ====================================================================


    पवन प्रसाद देवकोटा 
    सिमरा किनमेल वीरगंज
    माटोको दियोमा बति बाल्दा जति रमाइलो हुन्छ, त्यति रमाइलो विद्युतिय बत्ति बाल्दाँ हुदैन । 
    विद्युतिय बति बाल्दाँ उज्यालो त हुन्छ तर माटोको दियोमा बति बाल्दा जस्ताको उज्यालो हुँदैन ।
    ====================================================================



    बलराम प्रसाद कानु 
    छपकैया, वीरगंज
    विद्युतिय बति राम्रो हो तर माटोको दियोमा बति बाल्ने चलन परम्परागत देखि चलि आएको हुनाले यो सिद्ध मानिन्छ । त्यसैले पुजामा पनि यहि बत्ति प्रयोग गर्नुपर्दछ ।  
    ====================================================================



    कविता खनाल 
    माईस्थान ८
    रेश्मकोठी वीरगंज
    माटोको दियोमा बत्ति बाल्नु भन्दा विद्युतिय बत्ति बाल्नु राम्रो हो । किन भने माटोको दियोमा बत्ति बाल्दा आग्लागि हुन सक्छ यसबाट स साना बच्चाहरु असुरक्षित हुन्छन् । तर विद्युतिय बत्तिबाट यसले केहीपनि क्षति गर्दैनन् र सुरक्षित पनि हुन्छन् । 
    ====================================================================


    एलिना अधिकारी
    काठमाडौँ, हाल माईत वीरगंज
    विद्युतिय बत्ति बाल्नु बैज्ञानिक पद्धति हो, तर यसबाट धेरै घटनाहरु हुन्छ, माटोको दियोमा बाल्नु पनि ठिक्कै हो तर विशेष गरि पुजाका लागि माटोको दियो उपयुक्त हुन्छ ।  
    ====================================================================




    शुशिला कार्की  
    पानिटंकी, वीरगंज
    माटोको दियोले आगो लाग्ने गर्दछन, घरमा दाग बस्ने हुदाँ विद्युतिय बति नै राम्रो हो । यसले घरको शोभा बढाउनुको साथै खर्च र जोखिमबाट बचाउँछ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तिहार स्पेशल - साताको बोली Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top