-

  • नयाँ खबर

    25 October, 2016

    फेसन डिजाईनि·मा करीयर कसरी बनाउने !


    अञ्जली चौहान, 
    मध्य नेपाल सन्देश । 
    फेसन डिजाईनिङ्गमा करीयर बनाउनु भनेको एउटा राम्रो विकल्प हो । तसर्थ फेसन डिजाईनर बनेर नाम र दाम दुवै कामउन सकिन्छ । फेसन डिजाईनरको प्रमुख कार्य डूेसेजमा नयाँ नयाँ डिजाईन दिनु हो । यस्तो डिजाईन बनाउनु जसलाई मानिसहरु किन्नलाई आकर्षित होऊन । फेसन डिजाईनिङ्ग भनेको भावी फेसन अनुसारको कपडा डिजाईन गर्नु हो । बर्तमानमा मानिसहरुले मन पराउने तथा मन नपराउने कस्तो डिजाईन गर्दा बजारमा माग बढी हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर कपडा डिजाईन गरीन्छ । 
              यसरी फेसन डिजाईनिङ्गमा प्रवेश गर्नको लागि बजारमा के कस्तो डिजाईनको माग छ त्यसको बारेमा राम्ररी जानकारी लिनुपर्छ । त्यस्तै कपडाको क्वालीटी, मानिसको रुचि, सिलाई, कपडाको कलर  र डिजाईनको बारेमा उपयुतm ज्ञान पनि हुनु जरुरी छ । 
    सबैभन्दा महत्वपुर्ण कुरा फेसन डिजाईनिङ्गमा करीयर कसरी बनाउने त !
    सर्वप्रथम आफुले आफनो एम के हो त्यस्को बारेमा अटल हुनुपर्छ । आफनो रुचि फेसन डिजाईनिङ्गमा छ कि छैन त्यसबारे आफु क्लियर हुनुपर्छ । किनभने यो एकदमै क्रिएटिभ फिल्ड हो । त्यसैले यसको लागि शिक्षित हुनु अत्यन्तै आवश्यक छ । साथै यस फिल्डमा प्रवेश गर्नलाई आफुमा आत्मविश्वास पनि उतिकै चाहिन्छ । यदि तपाईको दिमागमा कपडाको डिजाईन देखेर त्यही डिजाईन मिक्स गरेर अलग अलग डिजाईन बनाउने क्षमता छ भने सम्झिनुस् तपार्ईमा फेसन डिजाईनर बन्ने क्षमता छ । यसरी आफनो यस्तो क्वालीटीलाई अझ निखार्दै आफनो रुचि भएको फेसन डिजाईनिङ्गलाई करीयरको रुपमा अगाडी बढाउन सकिन्छ । 
         फेसन डिजाईनिङ्गमा करीयर बनाउनका लागि कुनै राम्रो र मान्यता प्राप्त संस्थाबाट वा ईन्सिटच्युटबाट  फेसन डिजाईनिङ्गमा डिग्री गरी सेर्टिफिकेट लिनु अति नै आवश्यक हुन्छ । फेसन डिजाईनिङ्ग गर्नको लागि कमसे कम १२ पास भएको हुनुपर्छ । १२ पास गरीसकेपछि फेसन डिजाईनिङ्गमा धेरै प्रकारका कोर्सेजहरु गर्न सकिन्छ । जस्तै बी डिजाईन, बी फेसन डिजाईन, पोस्ट ग्रेजुएट, डीप्लोमा ईन फेसन, वी ए फेसन डिजाईन एण्ड लाईफ स्टाईल, बीजनेश मेनेजमेन्ट ईन फेसन एण्ड टेक्सटाईल डिजाईन, मास्टर अफ वीजनेश एडमीनीस्ट्रेसन ईन फेसन टेक्नोलोजी, मास्टर ईन फेसन डिजाईन टेक्नोलोनी, डीप्लोमा ईन फेसन टेक्नोलोजी लगायतकका कोर्सहरु छन् । 
         फेसन डिजाईनिङ्ग आज भोली लोकप्रिय बन्दै गएको छ । त्यसकारण हरेक ठाउँमा सम्बन्धित संस्था, ईन्सिटच्युट, कलेज, पनि धमाधम खुल्न थालेका छन् । त्यसमध्ये काठमाडौँको नमुना कलेज, आई ई सी स्कुल आफ आर्ट एण्ड फेसन ईन्सिटच्युट, सबै भन्दा धेरै नाम चलेका कलेज हुन् । 
      त्यस्तै वीरगंजमा पनि विस्तारै विस्तारै यसको लोकप्रियता बढ्दै गएको छ । वीरगंजमा सबैभन्दा पहिले फेसन डिजाईनिङ्ग कोर्स गराउने संस्था आई.ई.सी. स्कुल अफ आर्ट एण्ड फेसन ईन्स्टिच्युट हो । त्यसपछि यो संस्थाले काठमाडौमा मात्र कोर्स गराउन थाल्यो । 
    त्यसपछि वीरगंजमा दोश्रो पटक फेसन डिजाईनिङ्ग सम्बन्धि कोर्स गराउने संस्था वुमेन्स स्किल्स सेन्टर हो । यसले आफनो संस्थाबाट धेरै पटक फेसन सो हरु पनि आयोजना गरीईसकेको छ  र हाल आएर सेन्टरले सीटीईभीटीबाट पनि फेसन डिजाईनिङ्ग सम्बन्ध कोर्स गराउन थालेको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसन डिजाईनि·मा करीयर कसरी बनाउने ! Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top