– कविता खड्का |
मध्य नेपाल सन्देश ।
मधेशमा खाना ,खाजाना र जानाना यी तीनवटा कुराहरुलाई छोपेर राख्नुपर्ने कहावत नै छ । यसको अर्थ खाना र खाजाना जस्तै जनाना (महिला) हरुलाई पनि छोपेर अर्थात घरभित्र मात्रै राख्नुपर्छ भन्ने अर्थ हो । तर यस्तो धारणा पछिल्लो समयमा आएर लोप हुदै गइरहेको छ , कारण मधेशका महिलाहरु पनि समय परिवर्तन सँगै आँटिला बन्दै गएका छन् । आफनो अधिकार संगसंगै मधेशका महिलाहरुको अधिकारको वकालत गर्न समेत पछि नहटने निडर भएर समाजमा आफनो छुट्टै पहिचान बनाउन सफल हुदैछन् । यसैको एउटा जवलन्त उदाहरण बन्न सफल भएकी छन् बबीता जयसवाल । यिनले सामाजीक सेवा नै धर्म हो भनेर आफनो मुल मन्त्र बनाएकी छन् ।
०२९ कार्तिक २१ गते बारा जिल्लाको भौराटोल बगवन गा.वि.स.मा बुवा राम अयोध्या जयसवाल तथा आमा राधिका देवीको कोखबाट जेठी छोरीको रुपमा जन्मेकी बबीताको ४ दिदीबहिनी र ३ दाजु भाई छन् ।
१३ वर्षको हुदा बबिता पनि अरु मधेशी महिलाजस्तै सानै उमेरमा बाल विवाहको सिकार समेत बन्न पुगिन । त्यतिबेला पनि २० हजार दाईजो दिएर बााराकै सुरेश प्रसाद जयसवालसंग सानै उमेरमा भएको विवाहको कारणले घरजम गर्न उनलाई निकै चुनौती खेप्नुप¥यो । विवाहको तीन वर्षपछि जेठो सन्तानको रुपमा छोरा जन्माएको भएतापनि उनी र उनका परिवार भने खुसी नभएको क्षण पनि उनको मानसपलटमा ताजै छ । कारण थियो (वाल विवाह । त्यो बेला वाल विवाह भएकै कारण उनी आफनो बच्चालाई दुध खुवाउन सकेकी थिईन्न । र, यसैकारणले उनमा खुसी छाएन । बबीताको एक छोरा र तीन छोरी गरी चार सन्तान छन् ।
बिवाह पछि पतीले आफनो अध्ययनलाई निरन्तरता दिनसकेपनि आफुले दिन नसकेको उनको दुखेसो छ । पढने रहर हुदाहुदै पनि घरायसी कारणले बीचमै आफनो अध्ययनलाई निरन्तरता दिन नसकेकोमा उनको चिन्ता छ । उनी भन्छिन्(“पती अध्ययन गरेकै कारण नेपाल बिद्युत प्राधिकरण कोशी अञ्चलको ईन्चार्ज बन्न समेत सफल भए । तर , मेरो पढाई नभएकोले म जहाकोत्यही छु ।”
केहीवर्ष पछि गाउमा महिलाहरुलाई प्रौढ शिक्षा पढाउँनको कार्यक्रम सञ्चालन हुदा आफूू निकै खुसी भएको बताउँदै उनी भनिछन् ( “गाउँकै मुखियाको प्रेसर र करले मात्र घरपरिवार सहमत भयो , र म बल्लतल्ल प्रौढशिक्षामा अध्यापन गराउँन पाएँ ।” बबिता खुसीहुदै थपिन, “गाउकै म त्यतिबेला ८ कक्षा सम्म पढेको पहिलो बुहारीहुदाँ निकै खुसी लागेको थियो ।” यतिमात्र नभएर प्रौढशिक्षामा गरेको मेहिनेतले पछि बालशिक्षाको शिक्षिका भएर एक वर्षसम्म काम गर्ने अवसर समेत पाएको उनको भनाई छ ।
पतिको जागिरकै क्रममा संखुवासभामा बस्ने अवसर जुरयो, र त्यो अवसरले नै आफनो जीवनमा धेरै कुराहरु सिक्न मौका पाएको उनको दाबी छ । संखुवासभाका महिलाहरुसंग घुलमिल हुँदैजाँदा मधेश र पहाँडका महिलाहरुबीचको कार्यक्षमतामा धेरै फरक रहेको अनुभव गरेको बताउँदै आफूपनि तत्अनुरुप गर्न थालेको बताउँछिन । पहाँडका महिला वन, जङगलबाट भारि बोकेर घाँस, दाउरासंगै, उकाली ओराली गर्नुपर्ने, पिठ्युमा बच्चा बोकी गरुङ्गो काम एकैसाथ गर्ने गर्दछन् । तर ,तराईको महिलाहरुले घरकै धन्दामा रुमलिदाँ पिडित महशुस गर्ने गरेको उनले स्वकारिन् ।
पहाडी भेगका महिलाहरुको मेहनत र लगनशिलतालाई देखेर आफुले पनि केहि गर्न सक्ने कम्मर कसेर ०५६ सालमा दहियारकै स्थानीय २५ जना महिलाहरुलाई जम्मा गरेर महिला सुरक्षा समुह गठन गरिन । समुह गठन गर्दा उनले परिवारको साथसाथै छरछिमेक, टोल समाजको समेत निकै कुराहरु सुन्नु परेको थियो । तर, वास्ता नगरेको उनको भनाई छ । समाजले स्याब्सी दिनुको साटो मलाई समाज विगार्ने, घर भाँड्ुवाको उपमा समेत दिएको उनले बताईन । त्यतिमात्र नभएर महिलाहरुलाई हकअधिकारको कुरा सिकाएर समाजमा विकृति फैलाउँने महिलाको रुपमा आफनो पहिचान बनेको उनको तितो अनुभव छ । र , त्यतिबेला नै द्वन्दकालमा माओवादीको दबाबका कारण पतिलाई जागिरबाट राजिनामा दिनुपर्ने बाध्यात्मक परिस्थीतिको सामना समेत गर्नुपरेको उनी बताउँछिन ।
समाजका विभिन्न बाधा, व्यवधानलाई चिर्दै महिलाहरुलाई एकृकित गरी बचत समुह सञ्चालन गरेर बचत समुहमा कति महिलाहरुले पितृसतात्मक सोचकै कारण छुट्दै गएभने कति महिलाहरु हाम्रो कामको मुल्याङकन गर्दै जुट्दै गएको उनी बताउँछिन् । समुहमा हाल ३ सय महिलाहरु आवद्ध छन् उनले भनिन् हाँल समुहलाई कृषि सहकारी संस्थामा दर्ता रहेको र कामको तिब्रता बढाउदै जादाँ संस्थाले अहिले २ काको जग्गामा ३ कोठे भवन बनाएर सहकारी सञ्चालन गर्न सफल भएको छ । यस्तै कामहरु हेरेर त्यो बेला ०६३ सालमा संरक्षण नेपाल संस्थाले स्थापना कालका बेला त्यस संस्थामा मलाई सल्लाहकारको रुपमा राख्यो ।
कामको मुल्यांकन गर्दै, अभियानबाट ०६५ सालमा पहिलो पटक आफ्नै जिल्लामा पुुरस्कृत हँुदाको पल उनले सम्झदैँ जीवनकै पहिलो पुरस्कार पाउँदा अझै काम गर्ने बल पुगेको उनले थपिन् । कामको शिलशिलामा उनले विभिन्न संघ संस्था र सरकारी निकायहरुबाट पनि धेरै पटक पुरस्कृत भईसकेकी छिन् । उनी मध्यमाञ्चल विकास क्षेत्रको भुमि अधिकार सम्वाद् मञ्चको सचिवालय सदस्य एवम् मध्यमाञ्चल विकासको एन पिस सदस्य, महिला अधिकारकर्मीहरुको एकृकित सञ्जाल बाराको अध्यक्ष, लगायत विभिन्न संघ संस्थाहरुमा आवद्ध छिन् । विभिन्न अनुभव बटुल्दै हरेक क्षेत्रमा शिक्षाको महत्वलाई बुझेर आफुले पढाईलाई निरन्तरता दिदै हाल ठाकुरराम बहुमुखी क्याम्पसमा बि.एड.मा अध्ययनरत रहेकी बबिता पढाई पुरा गरेर अझै यस क्षेत्रमा भएको कमी कमजोरीलाई हटाउने उनको प्रण छ ।
महिलाको जीवनस्तर उकास्न राजनीति दलहरु नै उत्तरदायि नभएको आरोप लगाउदै उनी भन्छिन् (“अहिले पनि विभिन्न बाहनामा महिला माथि हिंसाका घटनाहरु भैरहेको छ , यस्ता घटनामा राजीनितीको पनि उत्तिकै ठूलो जिम्मेवारी हुन्छ । तर , नेताहरुको एउटा भन्ने र अर्को गर्ने आचरणका कारण सबै क्षेत्र अस्तव्यस्त बनेको उनको तर्क छ ।”
0 comments:
Post a Comment