-

  • नयाँ खबर

    03 October, 2016

    मेहनतले नै मान्छेको जीवन परिवर्तन हुन्छ : खातुन


         निलम पन्त,
    मध्य नेपाल सन्देश, मुस्लिम समूदायमा जन्मिएर पनि आफ्नो संघर्षबाट उज्वल भविष्य बनाउन अग्रसर मोमिला खातुन पछिल्लो समयमा पर्साको चर्चित नाम बनेको छ । पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नम्बर-२ छपकैयामा बुबा अतिउल्लाह मिया र आमा जैनब खातुनको कोखबाट जन्मेकी मोमिला खातुन आफ्नै कडा मेहेनतबाट यति चर्चित बनेकी हुन् ।  सातजना बालबच्चाकी आमा समेत रहेकी खातुनको विवाह २५ वर्ष अगाडी वीरगन्जकै अनुवर मिया चुरिहार सिद्दीकी संग भएको हो । 
    आफ्नै समाजका महिलाहरु अतिनै पिछडिएको कारण मुस्लिम परिवारमा जन्मिएर पनि अब घुंघटबाट बाहिर निस्किनु पर्छ भन्ने अठोटका साथ सुरुका दिनमा निकै कडा मेहनत गरेको उनले आफ्नो अनुभव सुनाइन् । सुरुका दिनमा गाउँ र वडामा तल्लो तहसम्म पुगी महिलाहरुलाई भेला गराई महिलाहरुको जिवनस्तर उकास्ने अभियानका रुपमा समूह बनाएर १०(१० रुपैयाँ बचत संकलन गर्न थालेको उनले बताइन् । त्यहि १० रुपैया संकलन गर्न थालेको समूहको विस्तारित रुप २०६४ असोज ३० मा एकता महिला बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो । सुरुमा ९ जना महिलाहरु मिली संस्था दर्ता गराई ९ जना नै संचालक समिति रहने गरी यो संस्था संचालनमा ल्याएका थियौं । सहकारी संस्था स्थापना अघि विभिन्न ( गुलिया ) समूहबाट संकलन भएको एकलाख पच्चीस हजार रकम आपसमा लगानी गर्न सहकारी संस्थाको आवश्यकता महसुस गरियो । फलस्वरुप सो संस्थाको समृद्धिमा लुमन्ती भन्ने संस्थाको श्रेय ठूलो रहेको खातुनले बताइन् । आफूहरुले सुरुका दिनमा घुम्टोभन्दा बाहिर निस्कने प्रयास नगरेको भए आजको एकता बचत तथा सहकारीको जन्म र यो संस्थाको साथमा आफ्नो आर्थिक अवस्था माथि उठाउने सयौं व्यक्तिको अवस्था पुरार्नै हुने थियो । 
    यही संस्थाको माध्यमबाट यो संस्थाको गरिमामय पदमा अध्यक्ष समेत रही विदेश भम्रण गर्ने मौका म जस्तो नपढेको मान्छेले पाउनु कम चानचुने कुरा होइन । यहि सुरुको आँट र मेहनतले म बङ्गलादेश, बैंकक लगायत विभिन्न ठाउँमा गएर आउँदा जादाँ न्य, क्ष् पलयध, यप, जस्ता भाषा समेत बोल्न सिकें । अनि बचत कसरी गरिन्छ । लेनदेन व्यवहारको तरिका लगायतका विधिहरु थप प्रभावकारी कसरी बनाउँन सकिने जस्ता टिप्स पनि सिकेर आएँ । सो अनुसारको प्रयोग आफनो संस्थामा पनि गर्दा अहिले एकता बचत तथा ऋण सहकारी संस्थाको अहिलेको कारोबार २ करोड सम्म भएको छ । यहाँ सम्म आईपुग्दा मेरो श्रीमान् र छोराको प्रेरणाबाट अझ अगाडी पुगेकी छु । तिनै आफनो जिवनकालमा सर्घषले नै जीवनलाई बद्लिदिन्छ भन्ने अठोटका साथ कर्तव्य पथमा लागेको मोमिला खातुनसँग मध्य नेपाल सन्देशका लागि गरिएको थप कुराहरुः-
    – तपाईको पहिचान यस क्षेत्रमा कसरी स्थापित भएको हो ?
    लुमन्ती नामको एक सहकारी संस्थाले महिलाहरुको जिवनस्तर उकास्ने कार्यक्रम लिएर गाउँघर आउँदा सो कुरा राम्रो लागेर अझ आफ्नो समूह सहित अग्रसर भई निरन्तर संघर्ष गरिरहँदा अहिले आफनो नाम, दाम र पहिचान स्थापित भएको महसुस गरिरहेकी छु ।  
    – तपाई एक मुस्लिम महिला । तपाईको कार्य सम्पादनमा समाजले हेर्ने दृष्टिकोण र समाज तथा परिवारको कस्तो रहेको छ ?
    म एउटा मुस्लिम परिवारकी महिला भएको कारणले यो कार्यमा लाग्दा केही आलोचनात्मक कुराहरु सुरुका दिनमा सुन्न नपरेको भने होइन । तर मेरो उद्देश्य राम्रो भएको कारणले ठूलो सोच राखी आफनो कार्यमा लागिरहँदा पछाडी फर्कनु परेको छैन । त्यसमा पनि मेरो घर परिवारको सहयोग र स्नेह रहेपछि परिमाणमुखी उपलब्धि भइरहेको छ । 
    – तपाईको जिवनसंग सहकारी कसरी जोडियो ?
    गरिबी हटाउँ, महिलालाई अगाडी बढाउँ भन्ने नाराका साथ लुमन्ती संस्था अगाडी बढिरहेको र हामी लगायतका महिलाहरुलाई चेतना मुलक कार्यक्रम गर्दै रहँदा बचत गर्नु पर्छ भन्ने थप प्रेरण मिल्यो । त्यसको निम्ति सहकारीमा लाग्नुको कुनै विकल्प नभएकोले सहकारीमा जोडियो ।
    – कसको प्रेरणाले घरबाट निस्किनु भयो ?
    मेरो श्रीमान् र छोराको प्रेरणाबाट घरदेखि बाहिर निस्किएकी हुँ । 
    – विदेश भ्रमणको अनुभव कस्तो रह्यो ?
    विदेश भ्रमणले केही भाषा र बचत तथा ऋणका थप व्यवहारिक पक्षहरु पनि सिक्ने मौका मिल्यो । 
    – ९ जना मिलेर सुरुका दिनमा अगाडी बढेको भन्नु भयो । त्यसमा चाही को को हुनुहुन्थ्यो ? 
    एक्लैले समूहको काम कहिले पनि सफल हुँदैन । त्यसैले मेरो एक्लो योगदान मात्र होइन । मसँगै हातमा हात मिलाएर अगाडी बढ्ने सुरुका साथीहरुमा मोमिला खात्ुन, उसा देवी, मजबुन खातुन, आशमा खातुन, मिनादेवी, सुनिता कानु, मन्जु देवी रमावती तुराहा र कल्मा खातुन थियौं । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेहनतले नै मान्छेको जीवन परिवर्तन हुन्छ : खातुन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top