-

  • नयाँ खबर

    29 October, 2016

    ग्याष्ट्रिक विग्रिएर अल्सर र क्यान्सर : डा. गुप्ता



    – खुशी शर्मा 
    मध्य नेपाल सन्देश  ।


    सबैले यो बुझेका छन् दाम, नाम र आरामका लागि काम गर्नु जरुरी छ, । काम गर्न स्वस्थ र तन्दुरुस्त शरीर चाहिन्छ । तर समयको व्यवस्थापन गरेर आवश्यकता अनुसारको पौष्टिक खाना खाने बानी विरलैको छ । जसको परीणाम स्वरुप हामी मध्ये धेरैजनालाई ग्याष्ट्रिकको समस्या छ । विशेषतः खाना समयमा नखाँदा यो समस्याले सताउँछ । ग्याष्ट्रिक भएपछि मन लागेको खाना खान र खाएको पचाउन कठीन हुन्छ । चिकित्सक भन्छन् ‘ल्याबबाट रगत, दिसा, पिसाब जाँचेर ग्याष्ट्रिक भए नभएको पत्ता लाग्दैन । उनीहरुका अनुसार यदि खानपानमा ध्यान नदिँदा हुने यो समस्या सुरु भएपछि पनि खानपानमा हेलचेक्राईं गरेमा पछि गएर ग्याष्ट्रिकको असर दिर्घकलीन हुन्छ । जेनरल सर्जन डा.मनोज गुप्तासँग खुशी शर्माले गरेको कुराकानी ।
    डा.मनोज गुप्ता
    ग्याष्ट्रिक कत्तिको जटील समस्या हो ?
    सामान्यतः पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने, कब्जियत हुने जस्ता समस्या ग्याष्ट्रिक हुँदा देखिन्छन् । ग्याष्ट्रिक आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुँदा मानसिक तनाव बढ्छ । यदि आमासयमा अल्सर भएमा कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ । लामो समय सम्म त्यस्तै रह्यो भने यसले क्यान्सरको रुप लिन सक्छ ।
    ग्याष्ट्रिक रोग होइन भने के हो त ?
    मेडिकलको भाषामा ग्याष्ट्रिकलाई ग्यास्ट्राइटिस भनिन्छ । हरेक व्यक्तिको पेटमा उत्पादन हुने हाइडूोक्लोरीक एसीडको मात्रा १ दशमलव ५ हुन्छ । मात्रा भन्दा बढी अम्ल उत्पादन हुने समस्या नै ग्यास्ट्राइटिस अर्थात आम भाषामा ग्याष्ट्रिक हो । 
    के कारणले हाइडूोक्लोरीक एसीड बढ्छ र ग्याष्ट्रिक हुन्छ ?
    हाम्रो अमाशयमा रहने कडा खालको यो अम्ल बिभिन्न कारणले बढ्छ र ग्याष्ट्रिक हुन्छ । प्रायःजसो खानपानमा अनियमितता भयो, अत्याधिक चिल्लो र मसलेदार खाना खाइयो, लामो समयसम्म पेट खाली राखियो, पानी कम पिइयो भने बढी अम्ल उत्पादन हुन्छ । धुम्रपान तथा मद्यपान गर्ने साथै बढी मोटो र मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्ट्रिक देखिन सक्छ । त्यस्तै पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरी भएमा पनि ग्यासटाइटिस हुनसक्छ ।
    ग्याष्ट्रिकबाट बच्न के उपाय अपनाउनु पर्छ ?
    ग्याष्ट्रिक हुन नदिन हरेक व्यक्तिले खाने खानामा मसला, चिल्लो, पिरो, अमिलोको मात्रा कम गर्ने,  खाना खाने समयलाई नियमित गर्ने, धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने जस्ता बानीको विकास गर्नुपर्छ ।
    ग्याष्ट्रिक भइहालेमा यसको उपचार विधि के हो ?
    सामान्यतः डाक्टरले बिरामीको लक्षणबाट नै ग्याष्ट्रिक भए नभएको पत्ता लगाउँछन् । त्यसैको आधारमा आवश्यक औषधी सेवन गर्न र खानपानमा ध्यान दिन सल्लाह दिन्छन् । तोकिएको समयसम्म डाक्टरको सल्लाह अनुसारको खानपान र औषधीको सेवन गर्दा पनि ग्याष्ट्रिक निको नभएमा इन्डोस्कोपी गरेर अम्लका कारण पेटमा घाउ भएको छ वा छैन जाँच गरिन्छ । साथै एच पिलोरी भन्ने ब्याक्टेरीयाको जाँच गरिन्छ । जाँच पछि घाउ नभएको अवस्थामा खानपानलाई व्यवस्थित गरेर ग्याष्ट्रिकको समस्याबाट राहत पाउन सकिन्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्याष्ट्रिक विग्रिएर अल्सर र क्यान्सर : डा. गुप्ता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top