-

  • नयाँ खबर

    25 October, 2016

    रक्तदानमा महिलाको सहभागितामा वृद्धि, एक वर्षमा ६ सय ८७ जना महिलाद्वारा रक्तदान


    – माधुरी महतो
    मध्य नेपाल सन्देश ।
    पछिल्लो समय ‘रक्तदान’ गर्नेमा महिलाहरुको सहभागीता पनि बढदै गएको छ । सामान्यतः पुरुष बढी रक्तादन गर्ने भए तापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि भएको तथ्यांकमा देखिएको छ । गएको एक वर्षमा पुरुष ६,५४३ जना र महिला ६८७.जनाले रक्तदान गरेका छन् भने २०७१ मा महिला.२२४.र पुरुष ६८९५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले यस प्रति महिलाको आकर्षण बढ्दै गएको रक्त सञ्चार केन्द्रका प्राविधिक धिरेन्द्र झा बताउँछन् ।  
    शरीर स्वस्थ छ भने पुरुष वा महिला जो कोहीले पनि हरेक तीन तीन महिनामा रक्तदान गर्न सक्छन् । रक्तदान मानवीय सेवा मात्र नभइ पुण्यको काम पनि भएको ३० पटक रगत दान गरीसकेकी मधु राणाको भनाई छ । “पुरुषसरह महिलाले पनि रगत दान गर्न सक्छन् भन्ने कुरा अझै पनि धेरै महिलालाई थाहा छैन, उनी भन्छिन, त्यसैले महिलाहरुमा रक्तदानको महत्वका बारेमा चेतना जगाउन आवश्यक छ ।”
    नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ भन्छन्, “रक्तदानमा बढी भन्दा बढी महिलालाई सहभागी गराउन ग्रामीण क्षेत्रका महिलालाई पनि यसबारे अनुशिक्षण गराउँदै आइरहेका छौँ । कुन कुन अवस्थामा रक्तदान गर्दा महिलालाई समस्या नहुने तथा रक्तदानको फाईदा बारे बुझे पछि उनीहरु स्वतः यस कार्यमा अग्रसर हुन्छन् ।”
    रक्तदान गर्नमा  महिलाको सहभागीता बढाउने उदेश्यले नै वीरगन्जमा हरेक नारी दिवसको अवसरमा महिलाहरुको मात्रै सहभागीतामा रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ । उतm रतmदान कार्यक्रममा रतmदान गर्ने मधेशी महिलाहरुको सहभागीता पनि उत्साहजनक नै पाईने गरेको वुमेन फर ब्लड वीरगन्जकी सदस्य सचिव लक्ष्मी खरेलको भनाई छ । 
    जनचेतना र परामर्शको अभावमा रक्तदान गर्ने कार्यमा महिलाको सहभागिता निक्कै कम भएको पाईन्थ्यो । तर , अहिले तुलनात्मक रुपमा भने रतmदानमा महिलाको संख्या बढ्दै गएको वुमेन फर ब्लड वीरगन्जकी सदस्य सचिव खरेलको धारणा छ । शरीर स्वस्थ छ भने रक्तदान गर्न सकिन्छ , केहि शारीरीक परीस्थिती बाहेक पुरुष र महिला दुवैले रगत दिन सक्ने उनको तर्क छ । 
    पुरुष भन्दा महिला रक्तदानमा कम देखिने गरेकै कारण ,महिला कमजोर हुँदैनन् भन्ने सन्देश दिएर रक्तदानमा महिलाहरुको सहभागिता बढाउन विगत दुई वर्षदेखी निरन्तर वृहत महिला रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको वुमेन फर ब्लड वीरगन्जकी अध्यक्ष मायामितु न्यौपानेले बताएकी छन् ।  रक्तदान कार्यक्रममा यस अघि कहिल्यै रक्तदान नगरेका महिलाहरु पनि रक्तदान गर्न प्रेरित भएका छन् ,उनी थप्छिन् , रतmदानमा महिलाको उपस्थिती पनि पहिलेको तुलनामा बढी हुने गरेको छ ।   
    प्रत्येक ३ महिनामा नयाँ रगत तयार हुने चिकित्सकहरु बताउँछन् । स्वस्थ रहन चाहने तथा मानव जीवन बचाएर धर्म आर्जन गर्न चाहनेले ३÷३ महिनाको अन्तरालमा रक्तदान गर्नु राम्रो हुने स्वास्थ्यकर्मी जयमोद ठाकुरको सुझाव छ । मानव शरिरलाई जीवन्त राख्ने सबैभन्दा महत्वपूर्ण तत्व रगत हो । रगतकै अभावमा बिरामीको ज्यान पनि जान सक्ने खतरा रहन्छ । मानव शरिरलाई चाहिने महत्वपूर्ण रगत दान गर्ने कार्य मानवजातिकै सबै भन्दा उत्कृष्ट कार्य मानिन्छ । थोपा थोपा रगतको संयोजनबाट कसैको जिवन रक्षा गर्न सकिन्छ ।       
    तसर्थ साँचेर राख्दा नबढ्ने, दान दिँदा नघट्ने रगतको दान गरी जीवन दानको शुभ कार्यमा सबै जुट्नु पर्छ । र, मधेसका महिलाहरुलाइ रक्तदान गर्नका लागि अझै उत्प्रेरित गराउन जनचेतनाका कार्यक्रमहरु  शहरमा मात्र केन्द्रित नगरी गाँउ गाँउमा सन्चालन गर्नुपर्छ । रक्तदानको महत्वका बारेमा मधेसका महिलाहरुलाइ बुझाउन सकियो भने आगामी दिनमा उनिहरुको सहभागीता अझ बढ्नेछ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रक्तदानमा महिलाको सहभागितामा वृद्धि, एक वर्षमा ६ सय ८७ जना महिलाद्वारा रक्तदान Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top