सन्ध्या पौडेल, |
मध्य नेपाल सन्देश
एउटा जंगलमा एउटा काग बस्थ्यो । उ निकै खुशी थियो । त्यतिकैमा एक दिन उसले एउटा सेतो हाँसलाई देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो । यो हाँस त कति सेतो छ । तर म कालो । यो त संसार कै खुशी र सुन्दर चरा होला ।
उसले हाँसलाई भेटेर त्यो कुरा सुनायो । कागको कुरा सुनिसके पछि हाँसले भन्यो । जबसम्म दुई रंगवाला सुगालाई देखेको थिएन । त्यति बेला सम्म त मलाई पनि म नै संसारको सुन्दर चरा हु जस्तो लाग्दथ्यो । तर अहिले मलाई यस्तो लाग्छ कि त्यो सुगा नै संसार कै सबै भन्दा खुशी र सुन्दर चरा हो ।
हाँसको कुरा सुनिसकेपछि कागले सुगालाई पनि भेटने निश्चय ग¥यो । सुगासंग भेटेर कागले भन्यो ः तिमी त कति खुशी होउला है ? सायद संसार कै सुन्दर र खुशी रहने पंक्षी । त्यसपछि सुगाले भन्यो ः मयुरलाई नदेखुन्जेल त म पनि यस्तै सोच्दथँे । हरेक दिन खुशीका साथ बित्थ्यो र खुशी थिएँ पनि । तर जब मयुरलाई देखें त्यस पछि लाग्यो जाबो दुईवटा रंग भएको म त के सुन्दर ? सुन्दर त त्यो मयुर हो, जोसंग दर्जनौ रंगहरु छन् । कति खुशी होला मयुर ............
सुगाको कुरा सुनिसके पछि कागले मयुरलाई पनि भेटन चाह्यो । मयुरलाई भेट्ने मनसायले ऊ नजिकैको चिडिया घरमा पुग्यो । मयुरलाई हेर्न त्यहाँ संयौ मानिसहरु झुमिएका थिए । देख्दा पनि निक्कै सुन्दर थियो त्यो मयुर । कागले एक छिन चुपचाप बसी सबै गतिविधि नियाल्यो ।
मानिसहरु गइसके पछि ऊ मयुरको नजिक गयो । अनि भन्यो, तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरिरमा छ । तिमीलाई हेर्ने जो कोही पनि मोहित हुन्छन । कति खुशि छौ होला है ? कागको कुरा सुनेर मयुरले भन्यो । मलाई हमेसा लाग्दथ्यो म नै संसारको सवै भन्दा खुशी र सुन्दर पंक्षी हुँ । तर पछि महसुस भयो मेरो यहि सुन्दरताको कारणले चिडिया घरमा थुनिएको छु । मैले यो चिडिया घर निक्कै ध्यानपूर्वक नियालें । म जस्तै अन्य सुन्दर पंक्षीहरु यहाँ थुनिएका रहेछन् । तर काग कतै देखिन माथि तिर हेरें, काग आफ्नै संसारमा मस्त थिए । जता मन लाग्यो त्यतै पुग्थे । जे मन लाग्यो त्यही खान्थे । त्यस पछि आज भोली मेरो दिमागमा एउटा कुरा खेलिरहन्छ । यदि म पनि काग भएर जन्मेको हुन्थें भने कति खुशी हुन्थें होला । मयुरको कुरा सुनिसके पछि कागले निश्चय ग¥यो । म नै संसारको सबैभन्दा खुशी रहने पंक्षी हँु । त्यसपछि खुशी हुदै फर्किएको कागले कहिल्यै आफूलाई अरुसंग तुलना गरेन । अनि पहिले झंै खुशीका साथ बस्न थाल्यो । कथाका कागको जस्तो सधैं आफ्नो अवस्था हेरेर अरु तिर नफर्कने व्यक्तिलाई आफ्नै एकोहोरो सोचले पिरोलिरहेको पनि हुन हुन्छ । त्यसैले आफू र अरुलाई नियालेर सबैकुरा गर्ने मानिस नै सधैं सुखी र खुशी रहन्छ । अनि उनसको आधा चिन्ता पनि घटेर जान सक्छ ।
सन्देश,
एउटा कागको कथाले निक्कै राम्रो शिक्षा दिएको छ । काग सोच्थ्यो, हाँस सवै भन्दा खुशी छ, हाँसलाई लाग्थ्यो, म त के हो र त्यो सुगा पो खुशी छ, उता सुगा मयुरको सुन्दरतामा मोहित थियो । उसलाई मयुर नै सबै भन्दा खुशी र सुन्दर जस्तो लाग्थ्यो । तर मयुरको नजरमा काग सबै भन्दा खुशी थियो । यसबाट के प्रष्ट हुन्छ भने अरुसंग तुल्ना गर्नाले आफुलाई सधै दुखि तुल्याउछ । त्यसैले आफुमा जे छ त्यसैमा खुशि हुन सिक्नु पर्छ । सारा समस्या र पिडाहरु बिस्तरै कम हुदै जान्छ ।
0 comments:
Post a Comment