-

  • नयाँ खबर

    02 October, 2016

    सामुदायिक मेलमिलापको राम्रो प्रभाव

    माधुरी महतो,
    मध्य नेपाल सन्देश
    गाउँघरमा हुने सामान्य विवाददेखि झैझगडाहरुको छिनोफानो गर्ने परम्परागत कचहरी अहिले विस्तारै सामुदायिक मेलमिलापको रुपमा परिमार्जित भएको छ । 
    घरपरिवारको झगडा देखि छिमेकीसँग पर्ने मुद्दा मामिलालाई गाउँघरकै महिला र पुरुषहरुको सहभागीतामा समाधान गर्ने गरिएको छ । 
    विभिन्न गैरसरकारी संघ संस्थाहरुले संचालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमले महिलाहरु पनि जागरुक र सचेत हुदैँ गएका छन् । जसले गर्दा समाजमा सकारात्मक परिवर्तन भएको छ । गाउँघरमा हुने गरेको घरपरिवार वा छरछिमेकमा हुने सामान्य झैझगडा र विवाद गाउँमै सामुदायिक मेलमिलाप केन्द्रको माध्यमबाट विवाद सुल्झाउन महिलाहरु बाहिर निस्केपछि विभिन्न आरोप लागे पनि अहिले राम्रो भएको छ ।  
    पहिले कसैसँग बोल्नु पर्दा पर्सा ग्रामीण भेगका महिलाहरुलाई दश पटक सोच्नुपर्ने बाध्यता थियो । अहिले उनीहरु कसैसँग पनि खुलेर कुरा गर्छन् र कुनै डर लाग्दैन । मधेसी समुदायका महिलालाई कोही कसैसँग खुलेर बोल्न समाजमा राम्रो मानिदैनथ्यो । समाजमा पहिले पहिले महिला प्रति एकदमै हीन भावना राखिन्थ्यो ,कुनै काममा पनि महिलालाई पछाडी पारिन्थ्यो । तर अहिलेको स्थितिमा महिला आफै जागरुक भई विभिन्न समस्या समाधान गर्न सक्षम भईसकेको ग्रामीण महिलाहरुको भनाई छ । 
    पहिले पहिले घरबाट निस्किन नसक्ने अवस्था थियो भने यो मेलमिलाप परियोजनाले समाजमा शान्ति स्थापना हुनुका साथै आफु पनि स्वतन्त्र भई समाजमा काम गर्ने अधिकार प्राप्त गरेको अनुभव छ प्रसौनीभाटाकी किरण देवीको  । समाजमा हुने महिला सम्बन्धी विभिन्न समस्यालाई महिलाले नै समाधान गर्दा सजिलो भएको ग्रामीण भेगको पुरुषहरुको पनि अनुभव छ  ।  महिलाहरु हरेक कुरामा अझ पनि पछाडी परेका छन् । तर अहिलेको अवस्थामा मेलमिलापको रुपमा गरिने पञ्चायतीमा पुरुष सरह महिलाको समान सहभागीताले पहिलेको तुलनामा ग्रामीण महिलाहरुमा निर्णय लिने क्षमताको विकास भईसकेको र समाजमा सकारात्मक परिवर्तन भएको देखिन्छ । 
    सबै भाषा भाषी, जातजाति, धर्म, संस्कृतिका समुदाय बसोवास गर्ने समाजमा विभिन्न विवादहरु पनि त्यस्तै रहन्छ । गाउँमा बस्ने व्यक्ति व्यक्ति बीचको असमझदारीले पनि कहिलेकाही सानो विवादले पनि ठूलो रुप लिन सक्छ । तर  गाउँमा संचालन भएको सामाजिक मेलमिलापले गर्दा ठूला(ठूला विवादलाई पनि सहज रुपमा समाधान गरेपछि समाजलाई धेरै फाईदा पुग्ने गरेको छ । गाउँघरमा बसोवास गर्ने नागरिकहरुमा चेतनास्तरको विकास भएकै कारण जस्तोसुकै विवादलाई पनि समाधान गर्न स्वयं सक्षम भएका छन् । समाजमा घटेको सानो विवाद भनेर वेवास्ता गर्दा त्यसले कहिले काही ठूलै क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।  त्यसैले समयको बचत, आर्थिक भारबाट बच्दै विवादलाई दुवै पक्षको सहभागितामा समाधान गर्न सामाजिक मेलमिलाप समिति प्रभावकारी देखिएका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सामुदायिक मेलमिलापको राम्रो प्रभाव Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top