यमुना प्रधानाङ्ग ‘मुना’, |
मध्य नेपाल सन्देश
विविध जाति, भाषा, धर्म संस्कृतिको धनी हाम्रो देशमा आज पनि आफूलाई ठूलो जातका हांै भनी ठान्नेहरुद्धारा समाजबाट केही विभेद भइरहेको छ । हेपाइमा पारेका जाति, जसलाई राज्यले दलित वर्गमा राखेका छ ।
उनीहरुलाई सानो जाती भनि जातीय आधारका कारण हेप्ने, थिचोमिचो गर्ने, पानी नचलाउने नछुने आदि गरी निकै तल्लो दर्जाको रुपमा हेर्ने गरेको पाइन्छ । उनीहरुले सबैले भैंm समान हक अधिकारका साथ जिउन पाएका छैनन् । सबैले त नभनौं धेरैले अपमानित जीवन जिइरहेका छन् भन्दा फरक पर्दैन होला । त्यसैले त उनीहरु धेरैको जीवनस्तर माथि उठ्न सकेको छैनन् । किनकि ती समाज ती बस्तीहरुमा घामको उज्यालो अर्थात् चेतनाको लहर पुग्न सकेको छैन । जसले गर्दा त्यहाँ गरिबीले थिचिएका अशिक्षित व्यक्तिहरु धेरै भेटिन्छन् ।
समाजबाट हेपाइमा पारिएका जाति दलित वर्गका केही व्यक्तिहरुले भन्ने गरेका कुरा( ‘राज्यले हामीलाई छुट््याइएको दलित भन्ने शब्द हटाउनु प्यो’, भनी संचार माध्यमहरुद्धारा बाहिर आइरहेका छन् । माग जायज हो भन्ने मलाई पनि लाग्दैछ । किनकि समाजमा दलित भनेको के हो , को हो ? भनी कसैले सोध्यो भने, ‘ऊ क्या त्यही पानी नचल्ने जात ’ हो भनि बुझ्ने गरेका छन् जस्तो लाग्छ ।
पुर्खाले कामको बाँडफाँड गर्ने क्रममा छुट््याइएका पेशाहरुलाई उनीहरुले अंगाल्दै आइरहेका छन् । साथै भावी पुस्ताहरुलाई पनि हस्तान्तरण गर्ने क्रम जारी छ । यसलाई लोप हुन दिनु हुन्न, हाम्रो पहिचान हो भन्ने व्यक्तिहरु पनि नभएका होइनन् । समय परिवर्तनका साथ अरु समुदायहरुले पनि दलित वर्गहरुले गर्दै आएका पेशाहरुलाई आफ्नो जीवनयापनका लागि राम्रो बाटो ठानी अंगाल्दै आइरहेका पनि छन् ।
दलित समुदायका धेरैजसो व्यक्तिहरु आफू अनपढ भएको तथा आफ्ना सन्ततिलाई पढाउदा भोलीका दिनमा उनीहरु पनि अरु समुदाय जस्तै माथि पुग्न सक्छन् भन्ने कुरामा अझै पनि अनविज्ञ छन् । खास गरी अशिक्षित मानिसहरु जस्तै, दलित वर्गका धेरै मानिसहरुले आफूले जन्माएका छोरीहरुलाई कलिलैमा विवाह गरी पठाउनु नै आफ्नो दायित्व, धर्म सम्झिने गर्ने गरेका छन् भने जन्मेका छोराहरुलाई पनि कलिलैमा विवाह गरी जिम्मेवारी सुम्पिनु नै हाम्रो दायित्व हो भन्ने सोंच्ने गरेका छन् । तिनीहरु बालिग नहुँदै छोराछोरीका बाबुआमा बनिसकेका हुन्छन् । यसो त हाम्रै समाज ( हामीले ठानेका ठूला जाति ) मा पनि सानोमा विवाह गर्ने परम्परा नभएको चाहिँ होइन । समय परिवर्तनका साथ परिवर्तन भइसकेको छ । तापनि अझ पनि पहाडी भेगका केही समुदायमा अशिक्षित तथा चेतना नभएका कारण सानोमा विवाह गर्ने परम्परा अझै पनि कायमै छ ।
जातीय जुवाछूत भेदभाव गर्नु दण्डनीय कानूनी अपराध हो । यस्तो भेदभाव गर्ने माथि कडा सजाय दिइन्छ भनी नियम कानून बनाएता पनि अझ पनि रुढीवाढी कुसंस्कार विद्यमान हाम्रो समाजमा जातीय आधारमा छुवाछूत भेदभावको अन्त्य हुन सकेको छैन । जसले गर्दा छुवाछूतकै विषयलाई लिएर समाजमा आज पनि विभिन्न अपराधका घटनाहरु घट्ने गरेका छन् । पीडितले न्याय पाउँन सकेका छैनन् । राज्यले दलित वर्गका बालबालिकाहरुलाई पढाउनैका लागि भनी छुट्टै विद्यालय खोल्न लाखौं रकम खर्चिदै आइरहेका छन् । त्यो रकम दलितको नाउँमा दलित वर्ग भित्रका टाठाबाठा तथा अन्य व्यक्तिहरुका लागि खानेभाँडो नबनोस् ?
विद्या आर्जन गर्ने ज्ञानको मन्दिर अर्थात विद्यालय सबै जातजाति धर्म संस्कृति भएकाहरुका लागि साझा थलो हुनुुपर्र्ने होइन र ? सहरबजारका विद्यालयहरुमा त्यस्तो भेदभाव त्यति नहोला । तर गाउँका विद्यालयहरुमा दलित वर्गका छोराछोरीहरुलाई भेदभाव गरिन्छ भन्ने जगजाहेर नै छ । जातीय आधारमा छुवाछूत भेदभाव गर्नु नै पर्ने कारण खै कहाँ छ ? म त केही पनि देख्दिन । रूपरङ्ग, हाम्रो शरीरमा बहने तातो रातो रगत, जीवन जिउनका लागि हामीले खाने अन्नपानी, स्वास लिने हावा, हिड्ने पाइला र हेर्ने नजर पनि उस्तै ।
यहाँसम्म कि हामीले टेकेको धर्ती तथा हामी भन्दा माथि रहेको आकाश पनि एउटै । अनि जातीय र सांप्रदायिक आधारमा खासै विभेद गरिराख्नु पर्ने अवस्था भने रहेको देखिन्न ।
0 comments:
Post a Comment