-

  • नयाँ खबर

    04 September, 2016

    आफैमा नारीको महिमा कम छैन


    सवनम श्रेष्ठ
    जीवनको हरेक संघर्षमा एउटा सिंढीको रुपमा लिने, सदैव मुस्कुराइरहने सुन्दर सुशील र सहनशील भएका नारीको जीवनमा कतिपय चुनौतीपूर्ण यात्रा तय भएको हुन्छ । उनीहरुको जीवन निकै संघर्षमय हुन्छ । घरदेखि अफिससम्मको जिम्मेवारी सम्हाल्नुपर्छ । संगसंगै परिवारका अन्य सदस्यको पनि उत्तिकै ख्याल राख्नु पर्ने हुन्छ । 
    मानिसको जब जन्म हुन्छ र क्रमश हुर्कदै जान्छ । आफ्ना अनि परायी आफन्त र आफन्त परायी भएर जान्छन् । यहाँ सम्म कि आफैलाई जन्म दिने आमा बुबा र जन्म घर समेत छाडेर पराई खुशीमा रमाउनु पर्ने हुन्छ । पराइ घरको हरेक समस्यामा ढाल भएर उभिनु पर्छ । आमाका लागि सन्तानको माया भन्दा ठूलो केही हुदैन । उनले सन्तानका लागि जुन सुकै मुल्य पनि चुकाउन पछि पर्दिनन् । त्यसैले त आमालाई महान् भनिन्छ   । धर्ती भनिन्छ । ममताकी खानी भनिन्छ । तर मलाई अचम्म लाग्छ, यिनै नारीको फेरी किन अपमान हुन्छ ? हुन त म आफै पनि नारी हुँ । कतिपय नारीहरुले नारी भएको हिनताबोध भएको बताउँछन् । तर मलाई भने नारी हुनुमा गर्व छ । दुर्गा, देवी, लक्ष्मी त्यसै भनिएको होइन । 
    अझ यो २१ आंै शताब्दीमा नारीहरुको कुरा गर्ने हो भने त, घर र अफिस दुवै ठाउँमा घर परिवार र अरुले साथदिनु अपरिहार्य हुनेमा त्यो अलि देखिन्न । आफनो दायित्व तथा दुःखमा साथ दिने महिलालाई साथ दिने र जीवनमा सधैं अगाडि बढन हौसला दिनुको सट्टा खुट्टा तान्ने पनि उत्तिकै हुन्छन् । आफनै खुशीको लागि पनि अगाडि बढदा विभिन्न किसिमले कुरा काटनेको पनि कमि छैन यो समाजमा । तर सही काम गर्नका लागि के को डर र लाज भनेर हिम्मत पनि दुर्गादेवी, लक्ष्मीले दिएका छन् नारीलाई । 
    यति मात्र होइन, अहिले त धेरै नारीले राम्रा राम्रा उदाहरणीय कार्य पनि गरेका छन् । नारीलाई अगाडि बढाउन पनि विभिन्न सौन्दर्य प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि भएका छन् । नारी उत्थानकै लागि केही गर्ने एनजिओ आइएनजिओहरु पनि छन् । जसले चेलीबेटी बेचविखन रोक्ने जस्ता कार्यमा पनि महत्वपूर्ण सहयोग गरेको छ । अनुराधा कोइरालाको उहाहरण हामी लिन सक्छौं  । यस्तै एफएम टेलिभिजन मार्फत पनि महिलाहरु सेलिब्रेटी भएका छन् । जसले पुरुषहरुलाई पनि एउटा चुनौति नै दिएको छ । 
    आफनो पीर व्यथा दुःख पीडा साट्न र आफना हक अधिकारका लागि लड्नका लागि भनेर नारी दिवस पनि मनाइन्छ । यो नारीका लागि एक दिन दिऊ भनेर दिए जस्तो लाग्छ । हामी त भन्छौ हाम्रा लागि कुनै त्यस्तो दिवस दिन जरुरी छैन । बरु एउटा अनुरोध छ । त्यसको बदलामा पुरुष दिवस नै राखि दिए पनि हुन्छ । यस्तै लेडिज फस्ट भनिन्छ । अचच्म लाग्छ । नारीलाई सम्मान रे । यदि सम्मान नै हो भने किन जिस्काउनु, किन दया गर्नु ? जस्तो लाग्छ मलाई । अरुलाई लाग्छ कि लाग्दैन थाहा छैन । तपाईहरुले कुनै काम सुरुमा गर्न नसक्ने भएर लेडिज फस्ट भन्नु भएको हो कि ? हामी त सक्छौ र गरेर देखाउन पनि तयार छौ । त्यसको लागि कसैले लेडिज फस्ट भनिरहन जरुरी छैन । हामी आफै उपस्थित हुन्छौं ।  नारीको महिमा जति नै गरे पनि कमै हुन्छ । नारीका विषयमा लेख्दा शब्द कहिले सकिदैन । त्यसैले मेरा यी शब्दहरु जबसम्म रहन्छ तबसम्म मेरा हातले पनि कलम समाउन पाइरहोस् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आफैमा नारीको महिमा कम छैन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top