-

  • नयाँ खबर

    11 September, 2016

    श्रृङ्गार कस्तो गर्ने ?

    बिमला गुप्ता 
    मध्य नेपाल सन्देश
    श्रृङ्गारको विशेष महत्व राख्ने पर्व हरितालिका तीज । महिलाहरुको महान् चाडका रुपमा पनि चरितार्थ  छ । संयोगले आजै परेको हरीतालिका तीजको महत्व कम मार्मिक छैन । महिला दिदी बहिनीहरुले प्रायः रातो साडी तथा हरियो, पहेंलो वा रंगी विरंगी पहिरन र चुरापोतेमा आजको दिनलाई नै रंगीन बनाएको हुुन्छन्् । लगत्तै यसको धार्मिक महत्व पनि उत्तिकै मार्मिक रहेको छ । आजको दिन महिलाहरु श्रृगांरमा सजिएर  भगवान् शिवको पूजा आराधना गर्न व्यस्त हुन्छन् । जस्ले गर्दा माता पार्वती जस्तै सौभाग्य प्राप्त हुने र अविवाहित युुवतीहरुको लागि आफूले रोजेको वर पाइन्छ भन्ने धार्मिक मान्यता समाजमा नै  गज्जवले जमेर रहेको छ ।  त्यसैले पनि महिलाको लागि आज दिन विशेष महत्व राख्ने दिन भन्ने गरिन्छ । 
    पर्वहरु मनाउने क्रमसंगै आजका महिलाहरुले आफनो सौन्दर्य प्रति पनि सचेत हुन आवश्यक भएको छ । हुन त धेरै महिला दिदीबहिनीहरु आफै पनि सचेत हुन थालेका छन् । कुनै सभा, सम्मेलन होस् वा चाडपर्व महिलाहरु कस्तो श्रृङ्गार गर्दा आफूलाई सुहाउँछ भनेर आफूलाई सुहाउने पहिरन तथा श्रृङ्गार गर्न अझ रुचाउनु अन्यथा होइन । यो तीज त झन् सौन्र्दयकै चाड पनि भन्छन् कतिले । एकातिर गर्मीको मौसम अर्काेतिर पानी पर्न सक्ने मौसम पनि हो यो । यस्तो बेलामा आफनो श्रृङ्गार अर्थात मेकअपलाई कसरी सुरक्षित र लामो समयसम्म टिकाएर राख्ने जान्न जरुरी छ । धेरैलाई यसको चासो हुनुु पर्छ । यो तीजको दिन तपाईहरुको यही समस्या समाधानका लागि वीरगन्जमै पहिलो ब्युटी पार्लर संंचालनमा ल्याउने सन्तोषी ब्युटी पार्लरकी सञ्चालक सन्तोषी राणासंग विमला गुप्ताले गरेको सारसंक्षेप । 
    तीजमा मौसमलाई ध्यानमा राखेर कस्तो मेकअप गर्दा राम्रो हुन्छ ? 
    गर्मीमा धेरै पसिना आउने भएका कारणले कसैकसैको अनुहारमा मेकअप लामो समय सम्म रहदैन । त्यसैले मेकअप गर्नु भन्दा पहिला पानीले अनुहारलाई राम्ररी धुने र आइस भएदेखि आइसले पाँच मिनेट सम्म हल्का हातले आइस दल्ने, आइसको पानी सुकेपछि यसैले क्लिजिङको पनि काम गर्छ, त्यसैले क्लिजिङ गर्न जरुरी छैन । 
    मेकअप पाइमर भन्ने लोशन आठ दश थोपा लिएर घाँटीदेखि  विस्तारै अनुहारमा क्रिम लगाए जस्तै गरेर लगाउने ।
    कसैकसैको अनुहारमा कालो दाग या आँखा मुनी कालो घेरा भएमा कन्सिलर क्रिम दाग भएको ठाँउमा अलि अलि लगाउने त्यसपछि अनुहारको रंग सित मिल्ने खालको फाउन्डेशन लगाउने र कम्प्याट फेस पाउडर लगाउने । यस्तै आइस्याडो लगाउन छाला अनुसार लगाउनु पर्छ । गोरो छालालाई कुनै पनि कलर लगाउदा सुहाउछ भने गहुँगोरो, कालो छालालाई हल्का रंगको जस्तै हल्का गुलाबी, हल्का पिच कलरले आँखा राम्रो देखिन्छ । यस्तै लाइनर लगाउदा ठूलो आँखा भएकाहरुले आँखा भित्रबाट पनि गाजल लगाउने तर लाइनर पातलो लगाउनु राम्रो हुन्छ । सानो चिम्सो आँखामा माथिबाट आँखाको लिड लाइनमा आइलानर अगाडिबाट पातलो हुदै पछाडि मोटो गर्दै कोस चुच्चो निकाल्ने र आँखाभित्र गाजल नलगाउने । साथै मस्करा र लाइनर वाटर प्रुफ लगाउने । गालामा रोज लगाउदा गोरो छालामा मध्यम पिंक र गहुँगोरो छालामा मड कलर लगाउने र मोटो अनुहारमा चिकबोनमा रोज लगाउने । यस्तै अनुहार पातलो भएमा चिकबोन छाडेर कानको तिन चार औंला छोडेर औंला अगाडिदेखि सुरु गरेपछि पछाडि सम्म तान्दै लाने । यसरी लाउदा अनुहार मोटो र राम्रो  देखिन्छ । साथै मेकअप सीमर रोज लगाउने, ब्रसले एकदमै हल्का हातले रोज लगाएको ठाँउमा लगाउने । कसैको नाक तिखो छ भने नाकको दुई तिर साइडमा लगाउने । नाक मोटो छ भने नाकको अगाडि भागमा लगाउने । यो सगै लिविष्टिक प्रायः अहिले रातो चलेको हुनाले रातो लगाउन सकिन्छ । तर गहँुगोरो र कालो अनुहारमा धेरै रातो नलगाउने । हल्का मरुन, हल्का पर्पल कलर लगाउने । गर्मी भएको हुनाले लिविष्टिक म्याट नै लगाउने । पुरा मेकअप भइसकेपछि मेकअप अडाउनलाई मेकअप स्प्रे गर्ने । यसरी स्प्रे गर्नाले मेकअप धेरै बेर सम्म टिकिरहन सक्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रृङ्गार कस्तो गर्ने ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top