-

  • नयाँ खबर

    11 September, 2016

    फेसन अनुसारको पहिरन


    अञ्जली चौहान
    हरेक व्यति सुन्दर अनि आकर्षक देखिन चाहन्छ । अरु भन्दा सुन्दर देखिन सकेसम्म पैसा खर्च गर्न तम्सिनेहरु पनि हाम्रो समाजमा उतिक्कै छन् । त्यसैले नेपालमा फेसन जगत द्रुत गतिमा अघि बढिरहेको छ भने फेसन डिजाइनरहरु पनि बढिरहेका छन् । 
    सन् २००० देखि नेपालमा फेसन डिजाईनिङ्गको अध्ययन अध्यापन तथा बुटिक खोल्ने होड बढ्न थालेको छ । त्यस्तै वीरगंजमा पनि एक पछि अर्को बुटिक खोल्ने होड बढ्दो छ । बुटिक खुल्ने संख्या जति बढे पनि ग्राहकहरुको कमि देखिदैन । व्यतिmत्व विकासका लागि पनि पहिरन अति नै आवश्यक भएकोले र सादा खाउँ, राम्रो लगाउँ भन्ने अवधारणा बढेकै कारण बुटिकको कमाई वीरगंजमा पनि बलियो देखिन थालेको छ । फेसन डिजाईनिङ्गको बारेमा पहिले विदेशमा मात्र सुन्न र हेर्न पाईन्थ्यो । अहिले आएर नेपाली भूमिमा पनि फेसन डिजाईनरहरु प्रख्यात हुँदै गएका छन् । पछिल्लो समयमा वीरगंजमा पनि डिजाईनदार कपडाको महत्व बढ्दै गएको पाईन्छ । समयसंगै खास गरी युवायुवती अथवा जुनसुकै उमेर समूहका व्यतिmहरु आफुलाई मन परे अनुसारको कपडा लगाउन लालायित भएका छन् । 
    चाडपर्व, विवाह, पार्टी, विभिन्न अवसर, प्रतीयोगीता अनुसार भिन्न र आकर्षक देखिन चाहने युवतीहरु बुटिकसम्म पुग्ने गरेको बताउँछन् । यसपाली बजारमा कस्ता डिजाईनका कपडाहरुको माग बढिरहेको देखिन्छ त ? 

    ब्राईडल वेयर

    ब्राईडल वेयरमा बढि जस्तो बोर्डर राखिएको साडी लेहेंगा कुर्ताको फेसन बढि चलेको छ । अचेल कुनै पनि विवाह, पार्टीमा बोर्डर राखिएको हेभी सल, हेभी ब्लाउज, तथा प्लेन लेहेंगा चल्तीमा रहेको छ । जसमा ओपन हेभी चोली राम्रो देखिन्छ । अहिले साउन महिनामा तिज र पञ्चमीको रमझमसंगै मिठो खाने, राम्रो लगाउने चलन चलेको छ । तीज र पञ्चमीलाई लक्षित गरी वीरगंज लगायत नेपालको विभिन्न बुटिक कपडा पसलहरुमा राता, हरिया , पहेंला, तथा मल्टी कलरमा साडी , कुर्ता, सलवार, लेहेंगा, जस्ता कपडाहरु उपलब्ध छन् । यस पटक तिजमा लेहेंगा फिक्स साडी, तथा लेयरवाला कुर्ताको माग बढि भएको देखिन्छ । 
    तीज भन्नासाथ राता, गोल्डेन र हरिया रंगका पहिरन प्रयोगमा ल्याइने गरेको पाइन्छ । कुर्तामा नयाँ लुक्स दिन रानी, हरीयो, पहेंलो, तथा ब्राईट कम्बिनेशन लोकप्रिय हुने गरेको छ । प्रायः साडीहरुमा सिफनबाट बनेका कतिपय एक्रेलिक, तास तथा जर्जेटका साडीहरु हल्का र आरामदायी हुन्छन् । यस्ता डिजाईनका साडीहरु महंगा देखिए पनि बढी नै उपयोगी हुन्छन् । अहिलेको माग अनुसार थ्रिपिस लेहेंगा, बाहिर आउटर  भएको लेहेगां, साडीमा हल्का वर्क गरेको, स्टोन वर्क, तथा फिक्स साडीको माग अत्याधिक रहेको देखिन्छ । अहिले साडी वा लेहेगांमा गोल्डेन कन्ट्राष्ट, ओरेन्ज ग्रिनको कम्बिनेशन पनि युवतीहरुले बढी रुचाउने गरेको पाइन्छ ।   

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसन अनुसारको पहिरन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top